Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पहिलो पटक नेपालभित्रै एकबाट अर्को व्यक्तिमा सर्‍यो कोरोना

जनता भ्वाइस by जनता भ्वाइस
April 4, 2020
in समाचार
0
पहिलो पटक नेपालभित्रै एकबाट अर्को व्यक्तिमा सर्‍यो कोरोना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत, २२,

काठमाण्डौ । नेपालभित्र पहिलो पटक कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको छ।

कैलालीमा यसअघि दुबईबाट फर्किएका एक जना पुरूषमा कोरोना भाइरस देखिएको थियो।

शनिबार उनकी आफन्त एक जना ३४ वर्षीया महिलामा पनि कोरोना भाइरस पुष्टि भएको छ। ती महिला संक्रमित युवककी भाउजु भएको बुझिएको छ।

नेपाल सरकार Fb Page

योसँगै पहिलो पटक नेपालभित्रै एकबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा युरोप र खाडीबाट आएका नेपालीमा मात्र कोरोना भाइरसको संक्रमण देखिएको थियो। कोरोना भाइरस संक्रमित भएकाहरूको परिवारका सदस्यहरूको पनि परीक्षण गरिएको थियो। तर उनीहरू कसैमा कोरोना भाइरस पुष्टि भएको थिएन।

शनिबार भारतबाट आएकाहरूमा पनि कोरोना भाइरस देखिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका अर्का ४१ वर्षीय पुरूषलाई पनि कोरोना भाइरस पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ९ पुगेको छ। तीमध्ये एक जना निको भइसकेका छन् भने ८ जना उपचाररत् छन्। यो समाचार सेतो पाटीले लेखेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेपालमा एकै दिन तीन जनामा कोरोना, संक्रमितको संख्या ९ पुग्यो

Next Post

भाग्य आफ्नो आफ्नो

Next Post
भाग्य आफ्नो आफ्नो

भाग्य आफ्नो आफ्नो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...