चैत, २३,
कञ्चनपुर । कोरोना भाइरसबारे अफवाह फैलाएको आरोमा कञ्चनपुरको बेलडाँडी गाउँपालिका २ का २३ वर्षीय गोपाल सुनारलाई प्रहरीले पक्राउ गरेको छ।
फेसबुकमा महेन्द्रनगरको अञ्चल अस्पतालम कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको पुष्टि भएको छ भन्दै सुनारले स्टाटस लेखेका थिए। फेसबुकमा स्टाटस पोस्ट गरी सर्वसाधारणमा अफवाह, डर, त्रास र भ्रम फलाउने कार्य गरेकाले सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताउनुभयो ।
सुनारलाई निवासबाटै पक्राउ गरी अनुसन्धानको कार्य भइरहेको उहाँले बताउनुुभयो । सुनारले चैत २० गते फेसबुकमा कोरोनाबारे अफवाह फैलाउने स्टाटस पोस्ट गरेका थिए। थाहा खबरलेलेखेको छ ।