Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एसईई र कक्षा १२ को परीक्षा सँगै हुनसक्छ : परीक्षा बोर्ड

जनता भ्वाइस by जनता भ्वाइस
April 5, 2020
in जनता स्पेसल, शिक्षा, समाचार
0
एसईई र कक्षा १२ को परीक्षा सँगै हुनसक्छ : परीक्षा बोर्ड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत्र, २३,

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईई र आगामी बैशाखमा हुने कक्षा १२ को परीक्षा सँगै गर्न सकिने जनाएको छ । कोभिड–१९ का कारण गत चैत ६ गतेबाट हुने एसईई रोकिएको छ ।

त्यसैगरी बोर्डको निर्धारित तालिकाअनुसार आगामी बैशाख ८ गतेबाट कक्षा १२ को परीक्षा हुनेछ । कक्षा ११ को परीक्षा तालिका बैशाख २१ गतेबाट हुने रहेको छ।

‘एसईई परीक्षा बिहान र कक्षा १२ को परीक्षा दिउँसो सञ्‍चालन गर्न सकिनेछ,’ बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कान्तिपुरसित भने, ‘यसो गर्दा एउटै परीक्षा केन्द्रमा एकसाथ दुवै परीक्षा सम्पन्न हुनेछ। लकडाउन खुलेपछि तत्कालै परीक्षा प्रक्रिया अघि बढ्छ।’

यो वर्ष ४ लाख ८२ हजार ७ सय ७ जनाले एसईई दिने तयारीमा छन्। देशभरिमा १ हजार ९ सय ९७ परीक्षा केन्द्र विस्तार गरिएका छन्। प्रश्नपत्र सबै केन्द्र नजिकको प्रहरी चौकीमा सुरक्षित गरी राखिएका छन्।

त्यसैगरी कक्षा १२ को सबै प्रश्नपत्र जनक शिक्षा सामग्री केन्द्रले छापिसकेको अध्यक्ष पौडेलले बताएका छन्। ‘सुरक्षण प्रेसमा सबै प्रश्नपत्र छापिइसकेका छन् र प्याक भइसक्यो,’ अध्यक्ष पौडेलले भने, ‘लकडाउने खुलेलगत्तै सम्बन्धित परीक्षा केन्द्रमा प्रश्नपत्र पुर्‍याइने छ।’

कक्षा ११ र १२ का गरी ४ लाख ८० हजारभन्दा बढी परीक्षार्थी रहेका छन्। त्यसनिम्ति १ हजार १ सय परीक्षा केन्द्र तोकिएका छन्। ekantipur ले लेखेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछापका जनता काठमाडौँ लगायतका ठाउँमा भोकभोकै छन – नेतालाई खुल्ला पत्र

Next Post

रामेछाप प्रशासनद्वारा लकडाउनमा थप कडाइ : अब सवारी पास जारी नगर्ने

Next Post
जिल्लामा सबै कार्यक्रम चैत्र मसान्त सम्म बन्द गर्न निर्देशन

रामेछाप प्रशासनद्वारा लकडाउनमा थप कडाइ : अब सवारी पास जारी नगर्ने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...