चैत, २५,
रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले कोरोना भाइरस संक्रमण रोकथामका लागि १० लाखको कोष खडा गरेको छ । मंगलबार बसेको आपत्कालिन बैठकले सो कोष खडा गरेको हो ।
गाउँ कार्यपालिकाको आज बसेको बैठकले कोरोना संक्रमण रोक्नको लागि महत्वपूर्ण ३ निर्णयहरु गरेको छ ।
बैठकले कोरोना भाइरस नियन्त्रण राहत तथा उपचार कोष स्थापना गर्ने र उक्त कोषमा गाउँपालिकाको तर्फबाट १० लाख जम्मा गर्ने, मार्ग दर्शनको सिमा भित्ररही असहाय र विपन्नको छनोट गरि राहत वितरण गर्ने, नेपाल सरकाले घोषण गरेको लक डाउनको पुर्ण पालना गराउने, बाहिरबाट हुने आगमनलाइ थप कडाइ गर्ने, विदेश तथा संक्रमित स्थानबाट प्रवेश गर्ने व्यक्तिहरूलाइ अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्ने, बाम्तिभण्डारको देउराली, प्रितीको सिंगटी, गुप्तेश्वरको कालोचौतारा र भुजीको विमिरेमा हेल्थ डेस्क स्थापना गर्ने र औषधि तथा सुरक्षा सामान खरिद गरि वितरण गर्ने, लगाएतका निर्णय गरेको जानकारी पालिकाकी उपप्रमुख उर्मिला कार्कीले जानकारी दिनु भयो । ।