Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सम्बन्ध गास्नु भन्दा पनि टिकाउन निकै कठिन हुन्छ

जनता भ्वाइस by जनता भ्वाइस
April 7, 2020
in फिचर, विचार
0
सम्बन्ध गास्नु भन्दा पनि टिकाउन निकै कठिन हुन्छ
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

चैत,२५

पछिल्लो समय हाम्रो समाजमा धेरै सम्बन्धहरु टुट्ने गर्छन् । ती सम्बन्धहरु प्राय एक अर्कोको बिच कुरा नमिलेर टुट्ने गरेको पाइन्छ । उदाहरणको लागी मैले कसैलाई असाध्यै माया गरे  तर त्यो माया मात्रै केहि समयको लागी रह्यो अथवा त्यो सम्बन्ध त्यहि अन्त्य भयो । हाम्रो समाजमा धेरै सम्बन्ध बिच्छेदका घटना  सुन्ने गरेकाछौ । अझै नेपालको स्थिति हेर्ने हो भने सम्बन्ध बिच्छेद ठुलाठुला सेलिब्रेटीहरुले धेरै गर्ने गरेको देखिन्छ । साच्चै सम्बन्ध जोड्नेको त दिनदिनै लर्को आउछ तर त्यो सम्बन्ध टिकाउन गर्नु पर्ने भुमिका भने सुन्य रहन्छ ।

आज केही कुराहरु यहाँहरुलाई बताउने छु । सम्बन्ध चाहे बिहे गरे पछिको होस् वा चाहे प्रेमि प्रेमिका बिच होस् ,,

भनिन्छ नी जोडीहरु स्वर्गमै तय गरिएको हुन्छ ।

सम्बन्ध बनाउन जति सजिलो छ, त्यसलाई निर्वाह गर्न उत्तिकै गाह्रो हुन्छ । जीवनमा खुशीहरु राम्रो सम्बन्धबाटै आउछन् । भनिन्छ नी जोडीहरु स्वर्गमै तय गरिएको हुन्छ । तपाईंको सम्बन्ध तपाईको व्यवहार, तपाईंको बोली तथा एक–अर्कालाई सम्झन सक्ने क्षमतामा निर्भर गर्दछ ।

हाम्रो समाजमा केटाकेटी एकअर्कामा टाढिनुका कारणहरु :

एकअर्कामा स–साना कुराहरुमा रिसाउनु,अनि झर्किनु, दुबैमा अहंकारको स्थिति उत्पन्न हुनु अथवा घमण्ड देखाउनु,

संस्कारको कमी हुनु ,सम्बन्धलाई दिमागले तौलिनु ,साथै पैसासँग तुलना गर्नु, एकअर्कोलाई राम्रो सँग बुझ्न नसक्नु पनि हो ।

प्राय हाम्रो नेपाली समाजमा युवायुवतीहरु बाहिरी बनावटलाई हेरेर माया गर्छन् । जसको परिणाम केहि समय मै आउछ ।  रुपमा हेरेर गरेको माया बिबाहमा परिणत भए पनि बिबाह पछि एकअर्कामा आउने बास्तबिक ब्यबहारले झगडा निम्त्याउछ । फलस्वरुप सम्बन्ध बिच्छेदको समेत स्थिति आउन सक्छ । हाम्रो गाउँ समाजमा बिबाह पछि केहि महिलाहरुको सम्बन्ध बिच्छेद गरी खाने भाँडो समेत भएको छ ।

रुपमा हेरेर गरेको माया बिबाहमा परिणत भए पनि बिबाह पछि एकअर्कामा आउने बास्तबिक ब्यबहारले झगडा निम्त्याउछ । फलस्वरुप सम्बन्ध बिच्छेदको समेत स्थिति आउन सक्छ ।

सम्बन्धमा आउने खटपटले ल्याउने समस्याहरु :

सुरुमा सोचबिचार मिलेर सम्बन्ध गासिएको हुन्छ तर बोल्दै जादा बिभिन्न कारणले खटपट हुने गर्दछ। जब एक प्रेमी र प्रेमिका बिच खटपट आउछ तर मृत्युको मुखमा पुग्ने समेत स्थिती नआउला भन्न सकिन्न । प्रेमी प्रेमिका बिचको त्यो खटपटले मानसिक चिन्ता, एकोहोरिनु, रिस उठ्नु, कमजोर हुनु, खान मन नलाग्नु, काम गर्ने उत्हास नजाग्नु इत्यादि हुन्छन ।

प्रेमिप्रेमिका बिचमा आएको खटपटले धेरैको ज्यान गएको समेत बिश्वको स्थिति हेदा होइन भन्न सकिदैन । एकअर्को बिच भएको खटपट मात्रै उनीहरुलाई थाहा हुन्छ तर उनीहरुको परिवारलाई थाहा हुदैन जसको कारण परिवारले केहि भन्यो भने झनक्क रिसाउने गरिन्छ ।

त्यस्तै बिबाहित जोडीको कुरा गरौ । बिहे पछि आएको दरारले सम्बन्ध बिच्छेद्धको स्थिति आउछ जसको कारण उनीहरुलाई समाजले समेत नराम्रो दृष्ट्रिकोणले हेर्ने गर्दछ ।

चाहे बिबाहित जोडी होस् चाहे प्रेमी प्रेमिका बिचमा होस् त्यस्तो सम्बन्ध बिगार्ने स्थिति सम्म जानुभन्दा पनि सुरुमै होसियार हुन जरुरी छ ।

प्रेमीप्रेमिकाले पनि आफुलाई बुझेर,अनि राम्रो बिचार गरेर मात्रै सम्बन्ध अगाडि बढाउनु पर्छ किनकी पछि त्यो सम्बन्ध बिबाहमै परिणत होस् ।

अर्को कुरा बिबाहित जोडीमा खटपट देखिनुभन्दा बिहे गर्नु भन्दा पहिले केटाकेटी बिच राम्रो सँग चिनजान अनि बोलचार र ब्यबहारको बारेमा बुझेर मात्रै बिहे जस्तो बन्धनमा बाधिन जरुरी हुन्छ ।

सबै भन्दा पहिले आफु नै परिवर्तन हुन जरुरी छ । पहिले आफुमा सकरात्मक सोचको बिकास भए सम्बन्ध टिकाउन सकिन्छ । हामीले हरेक कुरालाई नकरात्मक रुपमा सोच्न थाल्यौ भने त्यो सम्बन्ध टिकाउन निक्कै गाह्रो छ । आफ्नो सम्बन्धमा मिठास भर्ने आफुले गरेको प्रेम र आफुले आफ्नालाई दिएको समयले हो । सम्बन्धलाई समय दिनु पर्छ । केही कुरा सहनु पर्छ भने केही कुरा मनाउनु पर्छ ।

आफुले सकरात्मक सोच राखी अरुलाइ पनि सकरात्मक बनाउन जरुरी छ । त्यसपछि सम्बन्ध टिकाउन सकिन्छ ।

किशोरावस्थामा परिपक्वता र अनुभवकवको कमि पनि हुन सक्छ । त्यसैले सके सम्म सकरात्मक सोच,बिचार राख्न जरुरी छ । आफुले सकरात्मक सोच राखी अरुलाइ पनि सकरात्मक बनाउन जरुरी छ । त्यसपछि सम्बन्ध टिकाउन सकिन्छ ।

हामीले मनमा उब्जिएका कुराहरुलाई सेयर गर्न सकेनौ भने आफ्नो मनमा संका उत्पन्न हुन सक्छ जसले झगडा निम्त्याउछ , सम्बन्ध बिर्गाछ ।

मानिसहरू मनमा धेरै कुरा खेलाउछन् । बाहिर ल्याउदैनन्, जसले मान्छेलाई कमजोर बनाउछ । सम्बन्धलाई थप प्रगाढ बनाउनको लागी आफ्नो मनमा उब्जिएका सम्पुर्ण भावनालाई प्रेमि प्रेमिका वा श्रीमान श्रीमतीको बिचमा खुलस्तसँग राख्न सक्नुपर्दछ जसले सम्बन्ध बलियो बनाउन मदत गर्दछ । यदि हामीले मनमा उब्जिएका कुराहरुलाई सेयर गर्न सकेनौ भने आफ्नो मनमा संका उत्पन्न हुन सक्छ जसले झगडा निम्त्याउछ , सम्बन्ध बिर्गाछ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

गाउँ प्रवेश गर्नु अघि अनिवार्य हात धुनुपर्ने

Next Post

उमाकुण्डमा १० लाखको कोरोना कोष स्थापना

Next Post
उमाकुण्डमा  १० लाखको कोरोना कोष स्थापना

उमाकुण्डमा १० लाखको कोरोना कोष स्थापना

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.