Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अमेरिकामा एकै दिन १९ सयले ज्यान गुमाए, विश्वमा १५ लाख बढी संक्रमित

जनता भ्वाइस by जनता भ्वाइस
April 9, 2020
in समाचार
0
अमेरिकामा एकै दिन १९ सयले ज्यान गुमाए, विश्वमा १५ लाख बढी संक्रमित

Medical workers wearing personal protective equipment wheel bodies to a refrigerated trailer serving as a makeshift morgue at Wyckoff Heights Medical Center, Monday, April 6, 2020, in the Brooklyn borough of New York. The new coronavirus causes mild or moderate symptoms for most people, but for some, especially older adults and people with existing health problems, it can cause more severe illness or death. (AP Photo/John Minchillo)

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत, २७,
काठमाडौं । अमेरिकामा तीव्र रुपमा फैलिएको कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा १९ सय मानिसले ज्यान गुमाएका छन। अमेरिककाको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा १८ सय ९७ को मृत्यु भएको हो। त्यहाँ थप २९ हजार ९ सय ३६ नयाँ बिरामी फेला परेका छन्। त्यहाँ संक्रमितको संख्या ४ लाख ३० हजार पुगेको छ। अमेरिकामा मृत्यु हुनेको संख्या १४ हजार ७ सय ३८ पुगेको छ। अमेरिका पछि स्पेनमा मृततको संख्या बढेको छ। स्पेनमा मृत्यु हुनेको संख्या १४ हजार ७ सय ९२ पुगेको छ भने विगत २४ घण्टामा ७ सय ४७ जनाले ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितको संख्या १ लाख ४८ हजार भन्दा माथि छ। त्यस्तै, इटालीमा १ लाख ३९ हजार ४ सय २२ मा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

संक्रमणबाट मृत्यु हुनेको संख्या भने इटालीमा सर्वाधिक छ। त्यहाँ १७ हजार ६ सय ६९ ले ज्यान गुमाइसकेका छन्। २६ हजार ४ सय ९१ जना उपचारपछि निको भइसकेका छन् फ्रान्समा पनि कोरोना संक्रमितको संख्या लाख नाघेको छ।

त्यहाँ १ लाख १३ हजार ९ सय ५९ जनामा कोरोना संक्रमित भइसकेका छन्। त्यहाँ १० हजार ८ सय ६९ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन्। त्यस्तै २१ हजार उपचारपछि निको भएका छन्। अर्को देश जर्मनीमा पनि संक्रमितको संख्या लाख नाघेको छ। त्यहाँ १ लाख १३ हजार २ सय ९६ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ। त्यस्तै, २ लाख ३ सय ४९ जनाले ज्यान गुमाइसकेका छन्। ४६ हजार ३ सय निको भएका छन्।

विश्वभर कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८८ हजार ४ सय ५ पुगेको छ। बिहीबार बिहानसम्मको तथ्यांक अनुसार १५ लाख १३ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, ३ लाख २९ हजार ७ सय ३१ जना उपचारपछि निको भएका छन्। एजेन्सी

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

उच्च ज्वरोको कारण मृत्यु भएका थापामगरको रिपोर्ट नेगेटिभ

Next Post

कोरोना महामारीमा राजनीति नगर्न डब्ल्यूएचओको आग्रह

Next Post
कोरोना महामारीमा राजनीति नगर्न डब्ल्यूएचओको आग्रह

कोरोना महामारीमा राजनीति नगर्न डब्ल्यूएचओको आग्रह

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.