Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोना महामारीमा राजनीति नगर्न डब्ल्यूएचओको आग्रह

जनता भ्वाइस by जनता भ्वाइस
April 9, 2020
in टिभि, समाचार
0
कोरोना महामारीमा राजनीति नगर्न डब्ल्यूएचओको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत,२७

काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई राजनीतिकरण नगर्न विश्वका प्रमुख नेताहरुसँग आग्रह गरेको छ ।

बुधबार डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम घेब्रेससले बुधबार अमेरिका र चीनलाई यो महामारीमा कुशल नेतृत्व दिन आग्रह गरेका हुन् ।

सीएनबीसीका अनुसार उनले यो महामारीलाई राजनीतिकरण गरे अझै धेरै मानिसको मृत्यु हुन सक्ने चेतावनी पनि दिए ।

यसअघि मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन केन्द्रित भएको भन्दै डब्ल्यूएचओको आलोचना गरेका थिए । उनले डब्ल्यूएचओलाई दिँदै आएको कोष पनि रोक्ने चेतावनी दिएका थिए ।

बुधबार डब्ल्यूएचओको घेब्रेससले विश्वभरका सबै दलहरुले आफ्नो ध्यान नागरिकहरुलाई बचाउनमा केन्द्रित गर्नुपर्ने बताएका हुन् । उनले धेरै मानिसलाई मृत्युबाट बचाउने हो भने यो विषयमा राजनीति गर्न नहुने बताए । एकता नदेखाउने हो भने विकसित मुलुकले भनै अझै धेरै समस्या र संकटको सामना गर्नुपर्ने उनको भनाइ थियो ।

उनले आफूमाथि पछिल्लो दुई –तीन महिनाभन्दा लामो समयदेखि व्यक्तिगत रुपमा विभिन्न किसिमको आलोचना र आरोप लागिरहेको बताउँदै आफूले कहिल्यै पनि यसको वास्ता नगर्ने उल्लेख गरे ।

जनवरीको मध्यमा डब्ल्यूएचओले कोरोना भाइरसबारे विश्व समुदायलाई सचेत गराएको थियो । जनवरी ३० मा डब्ल्यूएचओले यस विषयलाई लिएर स्वास्थ्य आपतकाल घोषणा गरेको थियो । जतिबेला यो भाइरस १८ मुलुकमा फैलिएको थियो र संक्रमितको संख्या पनि केवल आठ हजार दुई सय मात्र थियो । अहिले यो भाइरसका संक्रमितको संख्या १५ लाख नाघिसकेको छ भने ८८ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

अमेरिकामा एकै दिन १९ सयले ज्यान गुमाए, विश्वमा १५ लाख बढी संक्रमित

Next Post

कोरोना महामारीमा राजनीति नगर्न डब्ल्यूएचओको आग्रह भिडियो चैत २६,

Next Post
कोरोना महामारीमा राजनीति नगर्न डब्ल्यूएचओको आग्रह

कोरोना महामारीमा राजनीति नगर्न डब्ल्यूएचओको आग्रह भिडियो चैत २६,

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.