चैत्र २७
काठमाडौं । भोलि र पर्सि काठमाडौं बाहिर जान चाहनेहरुलाई जान दिने विषयमा गरेको निर्णयबाट सरकार पछि हटेको छ । सरकारले लकडाउन जारी रहेकै बेला भोलि र पर्सी काठमाडौंबाट बाहिरिनेहरुका लागि जान दिने र काठमाडौं आउन भने नदिने निर्णय गरेको थियो ।
बिना तयारी सरकारले यस्तो निर्णय गरेको भन्दै चौतर्फी विरोध भएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको छ ।
उच्चस्तरी समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले यस विषयमा बैठकमा केही सदस्यहरुले कुरा उठेको भए पनि आधिकारिक निष्कर्षमा पुगेर निर्णय भइनसकेको बताउनुभयो।