Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

युवा पुस्ता हह तारे हह माले भनेर खटिएको देख्दा समृद्ध पालिकाको सपना देख्छु

जनता भ्वाइस by जनता भ्वाइस
April 10, 2020
in जनता स्पेसल, फिचर, राष्ट्रिय समाचार, समाचार
0
युवा पुस्ता हह तारे हह माले भनेर खटिएको देख्दा समृद्ध पालिकाको सपना देख्छु
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

चैत,२८,रामेछाप । कुमार श्रेष्ठ/मिलन वि.क.

बारीहरू बाँझो थियो । केहि काम नलाग्ने जस्तो देखिन्थ्यो । कृषि प्रधान देश भनेर नेपाल सरकारले कैयौँ लगानी गर्दा पनि खेति योग्य जमिनमा समेत उत्पादन हुन सकेको थिएन । विश्वको सामु मात्र हामी कृषि प्रधान देशका नागरिक भनेर भन्नुको अर्को विकल्प थिएन । तर अहिले बाँझो बारिहरू जोतिन थालेका छन् । बर्षौ देखि बाली विउ, ठिट्टा , ठिट्टि, हलोको फाली नभेटेका माटोले अहिले सबै भेट्न थालेको छ । खान नपाए गहिरो कोदालो खन्नु भन्ने उक्ति अहिले चरितार्थ हुन थालेको छ । जनता भ्वाईस सँगको कुराकानीमा खाँडादेवी गाउँपालिकाका प्रमुख प्रेम बहादुर तामाङ केहि खुसी मुद्रामा भन्दै हुनुहुन्थ्यो ।

बाँजो खेत बारीमा युवाहरूको जमात खटिरहेको देखेर किसानहरुको यो किसानी उत्साहलाई पालिकाले कदापी कम हुन दिदैन ।


कोरोना भाईरसले विश्वमा आतंक त फैलाएको छ । हामी पनि कोरोना भाईरसको संक्रमणबाट बाच्न र बचाउन लागि परिरहेका छौँ । जनचेतनाका लागि खटिई रहेका छौँ । क्वारेन्टाईन, आइसोलेसन, हेल्थ डेस्क भन्दै दौडिरहेका छौँ । यहि दौडाहमा खेत बारीमा युवा पुस्ता हह तारे हह माले भनेर खटिएको देख्दा समृद्ध पालिकाको सपना देख्छु । कृषीमा लगानी गर्न, व्यवसायमा लगानी गर्न पालिका तयार छ, थियो, हुनेछ । हो, मैले देखेको सुरुवाती सपना यहि हो । पालिका भित्रका युवा पुस्तालाई सँधै पालिका भित्रै देख्न पाईयोस् । देश विदेशमा गर्ने संघर्ष पालिकामै गरुन् ।
खाँडादेवी माता हाम्रो शिरमा हुनुहुन्छ। हामीलाई उहाँको आशिर्वाद छ । हामी सचेतनामा पनि खटिई रहेका छौँ । यहाँको अवस्था सामान्य छ । कोरोना भाईरसको संक्रमण कसैलाई भेटिएको छैन र नभेटियस् पनि । म पालिकाको प्रमुख भएको कारणले पालिका भित्रको स्वास्थ्य सेवामा पुर्ण रूपमा खटिई रहेको छु । सबै देशवासी तथा विश्ववासी यो महामारीबाट छिट्टै बाहिर निस्किन सफल होउन् ।

मैले देखेको समृद्ध पालिकाको सपनामा यी सबै नागरिक साथ त छन् । तर म चाहन्छु पालिकाका सबै पालिकामै रोजगार, स्वरोजगार तथा उद्दमी बनुन ।


किसानहरु विगतमा बाँजो रहेको बारीमा खेती गर्न लागेका छन् । काठमाण्डौं लगाएत बाहिरबाट आएकाहरु लकडाउनमा आफ्नो बाँजो बारी,खेतमा रमाउन थालेका छन्, । घरमा मात्रै बसेर समय खेर फालेका छैनन् । समयको सदुपयोग गर्न लागेका छन् । बाँजो खेत बारीमा युवाहरूको जमात खटिरहेको देखेर किसानहरुको यो किसानी उत्साहलाई पालिकाले कदापी कम हुन दिदैन । त्यसैले त पालिकाको पशु शाखा र कृषि शाखाले कृषक लक्षित कार्यक्रम तयार पारी सकेको छ । यो कार्यक्रम केही दिनमा नै घोषणा गर्ने छौँ ।
सरकारले लकडाउनको घोषण गरेपछि मात्रै करिब १५ सय स्थानियहरू रातारात भित्रीएका छन् ।पालिका चाहन्छ सबै जना यहि व्यस्थ होउन र समृद्ध पालिका बनाउने अभियानमा लागुन । नागरिक यहि समृद्ध बनुन र पालिकालाई समृद्ध बनाउन् । मैले देखेको समृद्ध पालिकाको सपनामा यी सबै नागरिक साथ त छन् । तर म चाहन्छु पालिकाका सबै पालिकामै रोजगार, स्वरोजगार तथा उद्दमी बनुन ।
कोरोना भाईरसको संक्रमणबाट सबै जना पिडित छन् । तर ज्याला मजदुरी गरि खाने पालिकावासीहरू भोकै नबसुन् भनेर राहात वितरण गर्नको लागि नामावाली संकलनको काम गरिरहेको छौँ । छिटो भन्दा छिटो राहत वितरण गर्छौँ । कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि पालिकाले उच्च सर्तकता अपनाएको छ ।

खाँडादेवी गाउपालिकामा किसान ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

फौजी किराले मकै नष्ट, किसान चिन्तित् : कृषि ज्ञान केन्द्र सम्पर्कमा आएन

Next Post

कोरना कहर”

Next Post
कोरना कहर”

कोरना कहर"

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...