Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोना: विश्वभर मृत्यु हुनेको संख्या १ लाख २ हजार नाघ्यो,

जनता भ्वाइस by जनता भ्वाइस
April 11, 2020
in समाचार
0
पहिलो पटक नेपालभित्रै एकबाट अर्को व्यक्तिमा सर्‍यो कोरोना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत २९,

विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ लाख नाघेको छ । शनिबार बिहानसम्मको तथ्याँकअनुसार विश्वभर भाइरस संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ लाख २ हजार ६ सय ६४ पुगेको छ ।

कोरोनाको सङ्क्रमण फैलिने देशको संख्या २ सय १० पुगेको छ । यमनमा एक जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमण फैलिएको देशको संख्या २ सय १० पुगेको हो । यमन विश्वको सबैभन्दा धेरै मानव संकट झेलिरहेको देश हो । यहाँका नागरिक खाद्य सहायतामा आश्रित छन् । हैजा, डेंगू र औलोसहित केही रोगका बिरामी यमनमा पहिलेदेखि नै छन् ।

तर वर्षौदेखि गृहयुद्धमा रहेका कारण यमनमा स्वास्थ्य सुविधा लगभग नभएको भन्दै सहायता एजेन्सीहरुले चिन्ता व्यक्त गरेका छन् । गैरसरकारी संस्था अक्सफामले यमनमा कोरोना सङ्क्रमित भेटिनु निकै ठूलो झट्का भनेको छ भने अन्तर्राष्ट्रिय उद्धार समितिले यसलाई नराम्रो सपना भनेको छ ।

यसैबीच २ सय १० र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिँदा साढे १६ लाख भन्दा धेरै मानिसमा कोरोना सङ्क्रमण भएको छ । ३ लाख ७६ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।

१ लाख २ हजार जनाको भने ज्यान गएको छ । गएको २४ घण्टामा अमेरिकामा मात्रै २ हजार भन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा साढे १८ हजारभन्दा धेरैको ज्यान गएको छ भने ५ लाख भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै इटालीमा साढे १८ हजारभन्दा धेरै, स्पेनमा १६ हजारभन्दा धेरै, फ्रान्समा १३ हजारभन्दा धेरै, बेलायतमा झण्डै ९ हजार मानिसको ज्यान गएको छ । यसैबीच इटलीका प्रधानमन्त्रीले आउँदो मे ३ तारिख अर्थात वैशाख २१ गतेसम्मका लागि लकडाउन बढाउने घोषणा गर्नुभएको छ । एजेन्सि

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

ब्रेकिङ : रामेछापको गेलुमा भिषण आगो लागि

Next Post

अमेरिकामा कोरोना भाइरसको औषधि परीक्षण शुरू

Next Post
अमेरिकामा कोरोना भाइरसको औषधि परीक्षण शुरू

अमेरिकामा कोरोना भाइरसको औषधि परीक्षण शुरू

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.