Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

वाग्मती प्रदेश सरकारले विशेषज्ञसहित १६६ डाक्टर, नर्स तथा स्वास्थ्यकर्मी नियुक्त गर्ने

जनता भ्वाइस by जनता भ्वाइस
April 12, 2020
in समाचार
0
वाग्मती प्रदेश सरकारले विशेषज्ञसहित १६६ डाक्टर, नर्स तथा स्वास्थ्यकर्मी नियुक्त गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत ३०,

काठमाण्डौ । वाग्मती प्रदेश सरकारले विशेषज्ञ चिकित्सकसहित १६६ चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी नियुक्त गर्ने भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले विभिन्न ३६ पदमा स्वास्थ्यकर्मी नियुक्त गर्न लागेको हो । प्रदेश मातहतका अस्पताल तथा स्वास्थ्य संस्थामा व्यवस्थापन गर्ने गरी करारमा कर्मचारी भर्ना गर्न लागेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले नवौँ तहमा काम गर्ने गरी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ तीन, हाडजोर्नी विशेषज्ञ तीन, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट पाँच, कन्सल्टेन्ट जनरल फिजिसियन चार, कन्सल्टेन्ट डर्माटोलोजिस्ट एक, कन्सल्टेन्ट पिडियाट्रिसियन चार, कन्सल्टेन्ट प्याथोलोजिस्ट दुई, कन्सल्टेन्ट माइक्रोबायोलोजिस्ट एक, कन्सल्टेन्ट रेडियोलोजिस्ट पाँच, कन्सलटेन्ट सर्जन पाँच, कन्सल्टेन्ट साइक्याट्रिक पाँच, जनस्वास्थ्य प्रशासक र शिक्षा स्वास्थ्य प्रशासक दुई–दुई र नर्सिङ प्रशासक एक जनाको विज्ञापन प्रकाशन गरेको छ ।

त्यस्तै आठौँ तहका लागि मेडिकल अधिकृत १७, दन्त चिकित्सक दुई, आयुर्वेद चिकित्सक तीन जनाका लागि दरखास्त आह्वान गरिएको छ । मन्त्रालयद्वारा प्रकाशित विज्ञापनमा सातौँ तहमा नर्सिङ अधिकृत, फिजियो थेरापिस्ट र फार्मेसी अधिकृत दुई–दुई, मेडिकल ल्याब टेक्नोलोजिस्ट छ, कनिष्ठ नर्सिङ अधिकृत तीन, जनस्वास्थ्य अधिकृत १०, बायोमेडिकल इञ्जिनियर एक जना माग गरिएको छ ।

त्यस्तै पाँचौँ तहका लागि डेन्टल हाइजेनिस्ट, एनेस्थिेटिक सहायक, फार्मेसी सहायक, बायोमेडिकल टेक्निसियन, मेडिकल रेकर्डर सुपरभाइजर, सहायक डाइटिसियन, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियनको माग गरिएको छ भने चौथो तहका लागि अनमी, अहेब र ल्याब सहायकको माग गरिएको छ । यो समाचार ujyaaloonline ले लेखेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

लिखु तामाकोशीमा भिरबाट लडेर एकको मृत्यु

Next Post

नेपाली कांग्रेसका प्रवक्ता भिडियो Live

Next Post
नेपाली कांग्रेसका प्रवक्ता भिडियो Live

नेपाली कांग्रेसका प्रवक्ता भिडियो Live

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.