Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप प्रशासनबाट पनि ई–पास मात्र पाइने, देशैभरी पास लिने यस्तो छ, प्रक्रिया

Milan Ghimire by Milan Ghimire
April 16, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछाप प्रशासनबाट पनि ई–पास मात्र पाइने, देशैभरी पास लिने यस्तो छ, प्रक्रिया
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वैशाख ०३,

रामेछाप । रामेछाप जिल्ला प्रशासन कार्यालय रामेछापले ई–पासको व्यवस्था लागू गरेको छ । अत्यावश्यक काम भएका सवारी अनुमति चाहिएमा एसएम मार्फत पासको लागि अनलाइनबाट वितरण दिनुपर्ने भएको छ ।

लकडाउनलाई थप प्रभावकारी बनाउन बुुधबारदेखि यस्तो नियम लागुुगरिएको हो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माद्धारा जारी विज्ञप्तीमा मोबाइलको म्यासेज बक्समा गई जुनसुकै कोर्ड हानी १११२ मा एस एम एस गर्न सकिने उल्लेख गरिएको छ ।

प्रशासनले सवारी पास पाउनको लागि बिरामीको हकका अस्पतालले डिस्चार्ज गरेको कागजात, मृत्युको हकमा मुत्यु खुल्ने कागजात, तस्बीर वा अन्य प्रयोजनका लागि सम्बन्धित वडाको सिफारिस लगायतका कागजात अपलोड गरी अनलाईनमा फारम भर्नुपर्ने पनि उल्लेख गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुचना

त्यसपछी पासको लागि फारम पेश गरेका प्रमाणको आधारमा पास दिने नदिने निणर्य जिल्ला प्रशासन कार्यालयले गर्ने छ ।

यस्तो छ पास लिन प्रक्रिया

यता काठमाडौं लकडाउनपछि अत्यावश्यक सेवाका लागि सवारी पास बनाउने भीड जिल्ला प्रशासन कार्यालयमा लाग्यो। भीडका कारण काठमाडौं जिल्ला प्रशासनको कार्यालय बबरमहललाई सवारी पास दिन हम्मेहम्मे पर्यो।

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लकडाउन गर्दा जिल्ला प्रशासनको भीड देखेपछि जेनेक्स प्रालिका प्रवन्ध निर्देशक सोहन श्रेष्ठलाई डिजिटल पास उपलब्ध गराउने आइडिया फुर्यो। उनले गृहसचिव महेश्वर न्यौपानेलाई डिजिटल पासको व्यवस्था गर्न सकिने सुझाब दिए।

उनको यो सुझाबले न्यौपानेलाई पनि उत्साहित बनायो र तत्कालै श्रेष्ठलाई मन्त्रालय बोलाए। बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल समेत थिए। डिजिटल पासको बारेमा विफ्रिङ गरिरहेका बेला दाहालको दुई वटा मोबाइल निरन्तर बजिरहेका थिए। ती फोन अरु कुनै कारणले होइन पासकै लागि बजेका थिए।

पासका लागि फोन गर्ने पत्रकार, व्यवसायीदेखि सांसद समेत थिए। श्रेष्ठले डिजिटल पासका बारेमा विफ्रिङ गर्ने वित्तिकै सबैले तत्कालै गर्न सुझाए । सुचना प्रविधि र साइबर सेक्युरिटीमा काम गरिरहेको जेनेक्स र भारतको कम्भिभा टेक्नोलोजी मिलेर दश दिनको अवधिमा सिस्टम तयार पार्यो। दश दिनको अवधिमा तयार पारेको सिस्टम सोमबार कम्पनीले मन्त्रालयलाई हस्तान्तरण गरिसकेको छ। मंगलबारदेखि ई(पास ७७ वटै जिल्ला प्रशासनले जारी गर्न थाल्नेछन्। तर त्यसका लागि भने अति फर्म भर्नुपर्नेछ। ई–पास लिनका लागि http://www.epass.moha.gov.np मा गएर विवरण भर्नुपर्ने हुन्छ।

ई–पास कसरी लिने ?

लकडाउनका लागि अत्यावश्यक सेवा संचालनका लागि जिल्ला प्रशासनले कागजी पास दिएको छ। त्यो कागजी पासको म्याद मंगलबार सकिन्छ।

सिडिओ कार्यालयले दुई साता अघि दिएको पासलाई मंगलबारसम्मका लागि मान्य गरेको छ। तर अब ई-पासका आधारमा मात्रै सवारी साधन चल्न पाउँछ।

तपाईँले लकडाउनका बेलामा इमर्जेन्सी सवारी साधन चलाउनुपर्ने भएमा मोबाइलमार्फत १११२मा म्यासेज गर्नुपर्छ। यो म्यासेज http://www.epass.moha.gov.np गर्नेवित्तिकै लिंक आउँछ। त्यो पेजमा आफूले सवारी साधन चलाउनुपर्ने कारण उल्लेख गर्नुपर्छ। पत्रकार भएमा प्रेसपास, खाद्यान्न, खानेपानी, ग्यास भए कम्पनीको विवरण हालेर सबमिट गर्नुपर्छ।

त्यसपछि कुन जिल्लाका लागि आवश्यक हो त्यो पनि हाल्न सकिने अप्सन छ। त्यो वाहेक चितवनबाट काठमाडौं आउने भएमा त्यो क्षेत्र उल्लेख गर्नुपर्छ। त्यो सबमिट भएपछि सिडिओ कार्यालयले हेरेर एसेप्ट वा रिजेक्ट गर्छ। सिडिओ कार्यालयले रिजेक्ट गरेको जानकारी पनि मोबाइलमा दिन्छ। एसेप्ट गरेमा ६ अंकको नम्बर आउनेछ।

सुरक्षा निकायले कसरी हेर्छन् ?

अहिले कागजको पास सवारी साधनमा टाँसिएको हुन्छ। प्रहरीले त्यही कागज हेरेर सवारी साधन चलाउन दिएको छ।

तर ई –पासका बारेमा सुरक्षा निकायले कसरी जानकारी पाउँछन्रु श्रेष्ठले भने-‘यसका लागि पनि हामीले सबै प्रहरीले हेर्ने गरेर मेकानिज्म डेभलप गरेका छौं।’ उनका अनुसार सवारी साधनधनीले प्रहरीलाई ६ अंकको नम्बर दिन्छ। त्यो नम्बरलाई प्रहरीले आफ्नो मोबाइलमा राखेर हेर्छ। मोबाइलमा राख्ने वित्तिकै गाडीको सबै डिटेल आउने गरि सिस्टम बनाएको श्रेष्ठले बताए।

‘हामीले कम्पिलिट डिजिटल सिस्टम बनाएका छौं। यो व्यवस्थापछि कुनै व्यक्तिलाई इमर्जेन्सी परेर पास लिन जिल्ला प्रशासन आउनुपर्दैन्। तत्कालै ई -पास भरेर लिनसक्छ’, उनले भने।

सिस्टम निस्शुल्क

कम्पनीले सामाजिक उत्तरदायित्व वहन गर्दै निस्शुल्क रुपमा सिस्टम बनाएको हो। ‘काठमाडौं जिल्ला प्रशासनको भीड देखेर त्यसले पास लिन जाने र त्यहाँको कर्मचारी दुबैलाई जोखिम देखेर हामीले यो सिस्टम बनाएका हौं’, उनले भने, ‘यो गृह प्रशासनलाई दीर्घकालसम्म काम लाग्छ। निर्वाचन, कर्फ्यु लगायत हुँदा यही सिस्टमबाट पास वितरण गर्न सकिन्छ।’

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

नियमित पत्रकार सम्मेलन लाईभ वैशाख ०३ (Live)

Next Post

बारीको डिलबाट लडेर एकको मृत्यु

Next Post
नेशनल मेडिकल कलेजले उपचार नगरी फिर्ता पठाएको बिरामीको मृत्यु

बारीको डिलबाट लडेर एकको मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...