वैशाख, ०५,
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघले जिल्लामा अलपत्र परेका कामदारको उद्दार गरेको छ । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलस्थित लिखु खोलामा निर्माणधिन जलविद्युत आयोजनामा काम गर्ने ७ जनालाई बिहिबार खाना, बस्नसहितको ब्यवस्था गरेको संघका कार्याकारी अधिकृत नविन केसीले जनता भ्वाईसलाई जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो–हामीले तीन दिनदेखी पैदल हिडेर अएकाहरुलाई खाना, बस्नको ब्यवस्था गरेयौं । उनीहरुलाई सम्बन्धीत निकाएको पहलमा सम्बन्धीत स्थानतर्फ पठाएका छौं । उनीहरूलाइ उनीहरूकाे गाउँ पठाउन भने हामी एक जिल्लाबाट अर्काे जिल्ला प्रवेश गर्न नपाइने भएकाले असफल भयाैं, र साेही काम चलिरहेकाे ठाउमै पठाएका छाैं ।
अलपत्र पर्नेमा पर्सुराम लामा, यल्कना तामाङ, शान्ता तामाङ, दिपक तामाङ, आन्नद तामाङ, कर्ण गुरूङ र समीर तामाङ रहेका थिए ।
उनीहरुसबै नवलपरासी जिल्लाको वर्दघाटका स्थानीय रहेको बताएको छ । उनीहरु मजदुरीका लागि लामो समयदेखी रामेछापको उमाकुण्डामा आएका थिए ।
काम बन्द भएपछि भोकै बेकामे भएर बस्न नसकेपछि गाउँ फर्कीएको एक मजदुरले बताउनुभयो ।
संघले उनीहरुलाई ना १ ज ३७०० नम्बरको सुमो गाडीमार्फत सोही काम स्थलमा पठाएको संघ अध्यक्ष केशव प्रसाद घिमिरे बताउनुभयो ।
साथै उनीहरुलाई निर्माणधिन जलविद्युत स्थलमा पनि सम्बन्धीत निकायसंग जिल्ला प्रशासनले समन्वय गरेको र काम स्थलतर्फ पठाएको बताएको छ ।
उनीहरुलाई सम्बन्धीत निकायमा जिल्ला प्रशासन कार्यालय रामेछाप, मन्थलीकाका नगर प्रमुख रमेश कमार बस्नेत, जिल्ला प्रहरी कार्यालय, ट्राफिक, संचारकर्मीहरुको पहलमा उनीहरुको उद्दार सम्भव भएको रामेछाप उद्योग वाणिज्य संघकाले जनाएको छ ।