वैशाख ०६,
रामेछाप । रामेछाप जिल्लामा शनिबार सम्म गरिएको १ सय २ जनाको र्यापिड टेष्ट रिपोर्ट नेगेटिभ आएको छ ।
१ सय २ जनाको र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट (कोभिड १९) को परीक्षण गरिएमा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार मन्थली नगरपालिकामा १० जना , रामेछाप नगर पालिकामा २४ जना , लिखुतामाकोशी गाउँपालिकामा ६ जना , सुनापति गाउँपालिकामा २१ जना र गोकुलगंगा गाउँपालिकामा ४१ जनाको परिक्षण गरिएको थियो ।
परिक्षण विभिन्न कारण वैदेशीक रोजगारीमा गएर फर्कीएकाहरु रहेको बताएको छ ।
परिक्षणकै क्रममा उच्च ज्वरो आएपछि उपचारका लागि शनिबार अस्पतालमा आएका मन्थली नगरपालिका वडा नम्बर १ का २६ वर्षीय युवकलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले उनलाई आईसुलेशनमा राखेर उपचार गरिरहेको र उनको स्वाब परीक्षणको लागी धुलिखेल पठाइएको बताएको छ ।