वैशाख,०९
रामेछाप । देशका विभिन्न ठाउँमा अलपत्र परेका जिल्ला बासिहरु जिल्ला प्रवेश गर्न थालेका छन् । लकडाउनका कारण राजधानीमा अलपत्र परेकाहरु गाउँ आउन याँहा स्थानीय तहरुले सुचनाको माध्यमबाट बाटो खुकुलो बनायसंगै आउन सुरु गरेका हनु ।
गएको सोमबार रातीमात्रै ३ सयभन्दा बढी नागरिक रामेछाप प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलका जानकारी दिनुभयो । उहाँका अनुसार मंगलबार बिहानसम्म दुईवटा राजमार्गबाट ३ सय १६ जना रामेछाप प्रवेश गरेका छन् ।
यता प्रशासनले नागरिकहरु बाहिरी जिल्लाबाट जिल्ला प्रवेशमा रोक लगाएको छ । यद्ययपी नागरिहरु भोकै पैदल हिडेर गाउँ आउ थालेपछी स्थानीय तहहरुले आफ्ना नागरिको उद्दार गर्ने निर्णय गरेका कारण तिनीहरुको उद्दारमा भने समन्वय गर्ने प्रशासनको भनाई छ ।
नागरिकहरु रातारात जिल्ला प्रवेश गरेको सन्दर्भलाई लक्षित गर्दै रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले लकडाउन खुकुलो नभएको तर स्थानीय तहहरुले आफ्ना नागरिकको उद्दार गर्ने चाहेकाले समन्वय गरेको छ, लकडाउन यथावत रुपमै लागु हुने छ, जनता भ्वाईस संग भन्नुभयो ।
उहाँले जिल्लाको अवस्था सामान्य रहेको बताउदै विभिन्न ठाउँमा अलपत्रमा परेकाहरुको स्थानीय तहहरुको माग र सम्बोधनलाई समन्वय प्रशासनले गरेको हो । त्यसको लागि प्रशासनलेको नियम नीतिमा गर्नुपर्ने हुन्छ ।
उहाँका अनुसार जिल्लामा कुनै पनि यातायातका साधनलाई काठमाडौं वा काठमाडौंबाट रामेछाप आउन अनुमती छैन । सोमबार रामेछापमा भएको बैठकमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले ‘लकडाउनका बेला जो जहाँ छ त्यहीँ रहने’ भन्ने सरकारको निर्णय भएकाले सवारी साधनलाई अनुमति दिन नसक्ने उहाँको भनाई छ ।
तर जिल्ला प्रवेश गर्नेहरु रातारात सावारी रिजव गरेर आइरहेका छन् । बाहिरबाट नागरिकहरु गाउँ आएसंगै गाउँमा कोरोनाको उच्च जोखिम बढेको छ ।