वैशाख, १०,
रामेछाप । बितेको १२ घण्टामा रामेछाप जिल्लामा २ हजार भन्दा बढी यात्रु जिल्ला प्रवेश गरेका छन् । मंगलबार साँझ ६ बजेदेखी बुधबार बिहान ६ बजे सम्म २१ सय भन्दा बढी नागरिकहरु जिल्ला भित्रीएका हनु ।
लकडाउनले काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, लगाएत विभिन्न ठाउँमा खाना बस्न नपाएर आलपत्र परेकाहरु विभिन्न निकाय, स्थानीय तह, जिल्ला प्रशासनको समन्वयमा जिल्ला भित्रीएका हनु ।
जिल्लामा १२ घण्टामा ७८ वटा बस, ३० वटा सुमो र ३५ वटा मोटरसाइकल मार्फत २१ सयभन्दा बढी यात्रु आएका हुन । जिल्ला आएका बस र सुमो सबैले पास लिएर आएको सेलेघाट चेक पोस्टबाट प्रहरी निरीक्षक प्रकाश कुमार पौडेलले जनता भ्वाईसलाई जानकारी दिनुभयो ।
त्यस्तै खाद्यन्न बोकेका १५ मालबहक ट्रक आएका छन् । यो लकडाउन यताकै उच्च यात्रुभित्रीएको पहिलो पटक हो ।
यो संगै गाउँमा बाहिरबाट आउनेको संख्या बढेको छ । संख्या बढेसंगै कोरोना भाइरस संक्रमणको उच्च जोखिम बढेको छ । स्थानीयत तहहरुमा उचित सावधानी नअप्नाए अब रामेछाप र दोलखाका विभिन्न गाउँमा संक्रमण जोखिम बढेको आंकलन गर्न सकिन्छ ।
हाल सम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४२ पुगिसकेको र नेपालमा कोरोना भाइरस संक्रमण विज्ञहरुले पनि तेस्रो चरणमा प्रवेश गरेको बताइसकेका छन् । त्यसैले स्थानीय तहहरुले उचित ध्यानदिन आवश्यक छ ।