Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

ब्रिटेनले कोरोना भाइरसको खोप मानिसमा परीक्षण गर्दै

जनता भ्वाइस by जनता भ्वाइस
April 23, 2020
in जनता स्पेसल, समाचार
0
ब्रिटेनले कोरोना भाइरसको खोप मानिसमा परीक्षण गर्दै
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बैशाख,११

रामेछाप । ब्रिटेनले यसै साता कोरोना भाइरसको खोप मानिसमा परीक्षण शुरु गर्ने घोषणा गरेको छ । ब्रिटिश स्वास्थ्य मन्त्रालयले बिहीबार मानिसमा खोप परीक्षणसम्बन्धि योजना सार्वजनिक गरेको हो ।

स्वास्थ्य सचिव मैट हैनककले अक्सफोर्ड यूनिभर्सिटीका वैज्ञानिक र लण्डनमा इम्पेरियल कलेजको अलग टीमले कोेभिड–१९ को खोप विकसित गरिरहेको जानकारी दिए ।

डाउनिङ स्ट्रिटमा आयोजित नियमित पत्रकार सम्मेलनमा हैनककले यी दुबै परियोजनामा निकै तीब्र ढंगले काम भइरहेको जानकारी दिँदै यस कार्यमा सरकारको सम्पूर्ण सहयोग रहने विश्वास दिलाएको बताए ।

प्रोफेसर सारा गिल्बर्टको नेतृत्वमा अक्सफोर्ड समूहले यसै साता मानिसमा खोपको परीक्षण शुरु गर्ने छन् । सरकारले दुबै परियोजनाका लागि ३९ मिलियन डलर छुट्टयाएको पनि उनले बताए । परीक्षण सकिएसँगै उत्पादन पनि थालिने उनको भनाइ छ ।

खोपले सुरक्षित ढंगले काम गर्ने भयो भने तत्कालै उत्पादनका लागि सम्पूर्ण क्षमता लगाइने भन्दै उनले ब्रिटिश जनताका लागि चाँडोभन्दा चाँडो खोप उपलब्ध गराइने बताए ।

कोरोनाको कारण नागरिक मृत्यु हुने यूरोपको खराब देशमध्येमा रहेको ब्रिटिश अधिकारीहरुका लागि खोप परीक्षणसम्बन्धि खबर ठूलै राहत बनेर आएको जनाइएको छ ।एजेन्सी

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

धनुषामा पनि भेटिए कोरोना संक्रमित : ४७ पुग्यो संख्या

Next Post

नियमित पत्रकार सम्मेलन लाईभ वैशाख,११ (Live)

Next Post
नियमित पत्रकार सम्मेलन लाईभ वैशाख,१० (Live)

नियमित पत्रकार सम्मेलन लाईभ वैशाख,११ (Live)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.