काठमाडौं, वैशाख १२ : अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभले ४ खर्ब ८४ अर्ब अमेरिकी डलरको नयाँ राहत प्याकेज पारित गरेको छ । यो दोस्रो चरणको राहत प्याकेज हो ।
कोरोनाभाइरसको महामारीबाट पीडित साना व्यवसायी र अस्पताललाई राहत दिन तथा कोरोना परीक्षण तीब्र पार्न दोस्रो चरणको राहत खर्च हुने बताइएको छ ।
अहिले कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ८ लाख ४७ हजार मानिस संक्रमित भइसकेका छन् भने ४९ हजार ८ सयले ज्यान गुमाएका छन्।
यसअघि पनि अमेरिकाले २० खर्ब डलरको राहत प्याकेज घोषणा गरेको थियो । साना ब्यापारीलाई राहत दिन यो राहत त्यसैको पूरक प्याकेज ल्याइएको जनाएको छ।
संसदले पारित गरेको नयाँ प्याकेज अनुसार ३ खर्ब १० अर्बको कोष साना ब्यापारीले आफ्ना कर्मचारीलाई तलब दिनका लागि हो ।नयाँ राहत प्याकेजअनुसार अस्पतालले ७५ अर्ब अमेरिकी डलर पाउनेछन् भने कोरोना भाइरस टेस्टका लागि २५ अर्ब डलर पाउनेछन् ।