बैशाख १२, अप्रलि अधिकारी,
रामेछाप । युवाहरुको सक्रियतामा संचालित रामेछापका सहयोगि मनहरु नामक समुहले जिल्ला को मन्थली नगरपालिका १ भैसेश्वर चोकमा कोरोना संक्रमण न्युनीकरण गर्नका लागि स्यानिटाइजर कक्षको स्थापना गरेको छ ।
यातायातका साधन सहित मान्छेको आवागमन बाक्लो हुने भएकोले संक्रमण रोकथामका लागि चोकमा नै हेल्थ डेस्क समेत संचालन गरिएकाले युवाहरुको समुहले स्वयंसेवी रुपमा स्यानिटाइजर कक्षको स्थापना गरि मन्थली नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
रामेछापका सहयोगी मनहरु नाम अभियानका युवाहरुको पहलमा नेशनल फार्म, विराज दाना सप्लायर्स, तामकोशी ग्रिल, ढकाल पोल्ट्री सप्लायर्स, गुगल डिजिटल सप्लायर्स, एल पि इलेक्ट्रिक सप्लायर्स लगायतको सहयोगमा कक्ष निर्माण गरिएको हो ।
मोटरको मदतले औषधी फोहोराबाट पठाएर मानिसको सम्पूर्ण बढी स्प्रे गर्ने प्रबन्ध मिलाइएको अभियानका एक सदस्य रुद्र श्रेष्ठले बताए । यसमा मानिस भित्र छिरेर ढोका लगाएपछि अटोमेटिक रुपमा औषधी मिसिएको पानीको फोहोराले मानिसको सम्पुर्ण शरिरमा स्प्रे गर्छ र मानिस निस्किए पछि आफै बन्द हुन्छ श्रेष्ठले बताए ।
हामी अन्यत्र ठाउको प्रयोगलाई पनि हेरौ र मन्थलीमा पनि आवश्यक रहेको ठहर गर्दै यसको स्थापनका गरेर संचालन गर्ने जिम्मेवारी मन्थली नगरपालिकालाई दिएका छौ अभियानका युवा जयराम मानन्धरले बताए । उनले कस्तो औषधी प्रयोग गर्न सकिन्छ भन्ने कुरा पहिचान गरी संचालनको जिम्मेवारी मन्थली नगरपालिकालाई दिएको बताए ।
मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतले चिकित्सकहरुसँगको आवश्यक परामर्श र छलफल पश्चात तत्कालै संचालन गर्ने प्रतिवद्धता समेत जनाएका छन ।