Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

यस्तो छ लकडाउन अन्त्य गर्ने तयारी युरोपमा , इटलीमा दोश्रो चरण सुरु

जनता भ्वाइस by जनता भ्वाइस
April 25, 2020
in समाचार, स्वास्थ्य
0
यस्तो छ लकडाउन अन्त्य गर्ने तयारी युरोपमा , इटलीमा दोश्रो चरण सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

शनिबार, वैशाख १३, २०७७ ।

एजेन्सी । युरोपियन मुलुक चेक रिपब्लिकले शुक्रबारदेखि जनतामाथि लगाएको प्रतिबन्ध (संकटकाल) हटाएको छ । चेक स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारदेखि १० जनाभन्दा बढी व्यक्तिहरुको समूह जमघट गर्न पाउनेछन् । उक्त संख्यामा मानिसहरु हिँडडुल पनि गर्न सक्ने छन् । त्यहाँ १६ मार्चदेखि संकटकाल लगाइएको थियो ।

आगामी सोमबारदेखि त्यहाँका नागरिकलाई देश बाहिर जान पनि छुट दिइएको छ । तर देशबाहिर जानेहरुले सरकार र विश्व स्वास्थ्य संगठनहरुले अघि सारेका कडा सर्तहरु भने पालना गर्नुपर्नेछ । तर युरोपियन युनियन बाहिरका व्यक्तिहरुले भने सीमामा स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश पाउनेछन् । उनीहरुमा हालसालै कोरोना संक्रमण नभएको प्रमाण पुष्टि हुनुपर्छ ।

त्यस्तै कोरोना महामारीबाट विश्वकै सबैभन्दा बढी प्रभावित देशहरुमध्येमा पर्ने इटालीमा पनि लकडाउन समाप्त गर्दै लैजाने तयारी सरकारले गरेको छ । इटालीमा लकडाउन समाप्त गर्ने दोश्रो चरणको तयारीमा सरकार लागिरहेको छ । १४ अप्रिलदेखि त्यहाँ लकडाउनलाई सिमित गरिँदै लगिएको छ ।

पहिलो चरणमा त्यहाँ खाना र औषधी पसलका साथै साना पसलहरुलाई खोल्न अनुमति दिइएको थियो । अब दोश्रो चरणमा सार्वजानिक यातायातका अतिरिक्त निर्माण लगायतका काम सावधानीका साथ गर्नका लागि खोल्ने तयारीमा सरकार लागेको छ ।

श्रोतहरुकाअनुसार सोमबारबाट इटालीमा पनि लकडाउन खोल्ने दोश्रो चरणको तयारी सरकारले गरेको छ । त्यहाँ मार्च १२ देखि पूर्णरुपमा लकडाउन घोषणा गरिएको थियो । इटाली अहिले कोरोना महामारीबाट अमेरिकापछिको सबैभन्दा बढी प्रभावित मुलुक हो । त्यहाँ २५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भैसकेको छ भने १ लाख ९२ हजारभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ । 

त्यस्तै, अर्को युरोपियन मुलुक बेल्जियमले पनि मे ४ देखि लकडाउनलाई केही खुकुलो पार्ने तयारी गरेको छ । विज्ञहरुको एउटा टोलीले मे ४ देखि केही खुकुलो बनाउन योजनाहरु अघि सारेका छन् । त्यहाँ १८ मेदेखि सर्वसाधारणहरुका लागि निकै राहत हुने किसिमले लकडाउन खोल्ने तयारी हुँदैछ ।

मे १८ पछि सर्वसाधारणहरुका लागि कपाल काट्ने सैलुनदेखि विद्यालयहरु सम्म खुलाउन सकिने विज्ञहरुले सुझाव दिएका छन् । बेल्जियममा कोरोना संक्रमणबाट मर्नेको संख्या ६ हजार ६ सय ७९ पुगेको छ भने संक्रमितको संख्या ४४ हजार २ सय ९३ पुगेको छ । –बीबीसी 

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोभिड-१९ पुष्टी भएकाहरूको संख्या ४९ पुग्यो

Next Post

बाग्लुङकी १९ वर्षीया युवती कोरोनामुक्त, निको हुनेको संख्या ११ पुग्यो

Next Post
बाग्लुङकी १९ वर्षीया युवती कोरोनामुक्त, निको हुनेको संख्या ११ पुग्यो

बाग्लुङकी १९ वर्षीया युवती कोरोनामुक्त, निको हुनेको संख्या ११ पुग्यो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.