Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बाग्लुङकी १९ वर्षीया युवती कोरोनामुक्त, निको हुनेको संख्या ११ पुग्यो

जनता भ्वाइस by जनता भ्वाइस
April 25, 2020
in समाचार, स्वास्थ्य
0
बाग्लुङकी १९ वर्षीया युवती कोरोनामुक्त, निको हुनेको संख्या ११ पुग्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

शनिबार, वैशाख १३, २०७७

बेल्जियमबाट आएकी बाग्लुङकी १९ वर्षीय युवती कोरोनाबाट निको भएकी छन्। धौलागिरी अञ्चल अस्पतालमा उपचारत उनलाई शुक्रबार डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले जानकारी दिए। योसँगै कोरोनाबाट निको हुनेको संख्या ११ पुगेको छ।

गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल आएकी उनमा चैत १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। पछि उनीसँगै बेल्जियमबाट आएकी नाताले हजुरआमा पर्ने ६५ वर्षीया महिलामा पनि संक्रमण देखिएको थियो। महिला भने यसअघि नै निको भएर घरमा छिन्।

युवतीको पाँचौ पटकको परीक्षणको नतिजा नेगेटिभ आएसँगै उनलाई अस्पतालले निको घोषित गरेको हो। यसअघि चारवटै परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको थियो।

हिजो झापाको दमकका ६२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ। योसँगै कोरोना संक्रमितको संख्या ४९ पुगेको छ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

यस्तो छ लकडाउन अन्त्य गर्ने तयारी युरोपमा , इटलीमा दोश्रो चरण सुरु

Next Post

मुस्लिम समुदायको पर्व रमदान शुरु

Next Post
मुस्लिम समुदायको पर्व रमदान शुरु

मुस्लिम समुदायको पर्व रमदान शुरु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.