Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मुस्लिम समुदायको पर्व रमदान शुरु

जनता भ्वाइस by जनता भ्वाइस
April 25, 2020
in समाचार
0
मुस्लिम समुदायको पर्व रमदान शुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख १३,

काठमाडौं :  मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व रमदान शुरु भएको छ। एक महिना चल्ने यो पर्वमा मुसलमान समुदायका मानिस दिनभर निराहार बस्छन्। बिहान ३ः४० बजेबाट बेलुका ६ः४० बजेसम्म निराहार बस्नुलाई रोजा भनिने मुस्लिम समाज नेपालका केन्द्रीय सदस्य सोहेब मोहम्मदले जानकारी दिए। 

यो अवधिभर कुरान पाठ गर्ने र अल्लाहप्रति कृतज्ञता प्रकट गर्ने प्रचलन छ। यो महिनामा विधिपूर्वक व्रत बस्नाले अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास रहेको उनले बताए।  रमदान उर्दू क्यालेण्डरअनुसार हिजरी संवत् १४४० हो भने रमदान महिना नवौँ महिना हो। रमदान महिनामा मुसलमानको पवित्र ग्रन्थ कुरान अवतरण भएको विश्वास गरिन्छ। दान दिनु, गरिब र दीनदुःखीको सेवा गर्नु र जकात निकाल्नु यो महिनाको विशेषता हो। 

त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा रोजा बस्नुलाई गर्वको विषय मानिन्छ। नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य नभएको मोहम्मदले जानकारी दिए। लकडाउनका कारण घर बाहिर ननिस्कन मुस्लिम ओयोगले सबैमा अनुरोध गरेको छ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले घरमै नमाज पढ्न र लकडाउनको पालना गर्न सबै मुस्लिम समुदायलाई आग्ह गरेका छन्। thahakhabar

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

बाग्लुङकी १९ वर्षीया युवती कोरोनामुक्त, निको हुनेको संख्या ११ पुग्यो

Next Post

बाह्रखरी कथाको नतिजा घोषणा सर्‍यो, नयाँ मिति चाँडै सार्वजनिक गर्ने

Next Post
बाह्रखरी कथाको नतिजा घोषणा सर्‍यो, नयाँ  मिति चाँडै सार्वजनिक गर्ने

बाह्रखरी कथाको नतिजा घोषणा सर्‍यो, नयाँ मिति चाँडै सार्वजनिक गर्ने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.