Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विश्वभर काेरोनाले ज्यान गुमाउनेकाे स‌ख्या २ लाख नजिक, ७ लाख ९८ हजार ३ सय ३१ जना निको भए,

जनता भ्वाइस by जनता भ्वाइस
April 25, 2020
in समाचार
0
गोकुल गंगामा विदेशबाट आएका ४१ जनाको रिपोर्ट नेगेटिभ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख १३,

विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुईलाख नजिक पुगेको छ।  वल्डोमिटरले शनिबार विहान सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ९७ हजार तीन रहेको छ। 

अमेरिकामा सबै भन्दा बढी ५२ हजार ९७ जनाकाे मृत्यु भएकाे छ। त्यहाँ ९ लाख २३ हजार आठ सय १२ जना संक्रमित छन्। अमेरिकमा विगत २४ घण्टामा एक हजार आठ सय ६३ जनाले ज्यान गुमाइसकेका छन।

अमेरिका पछि सबै भन्दा धेरै इटालीमा मृतकको संख्या रहेको छ। त्यहाँ मृत्यु हुनेको संख्या २५ हजार ९ सय ६९ छ।

त्यस्तै स्पेनमा २२ हजार ५ सय २४ जनाले ज्यान गुमाएका छन्। २ लाख १९ हजार ७ सय ६४ जनामा संक्रमण देखिएको छ।

फ्रान्समा एक लाख ५९ हजार ८ सय २८ जनाले ज्यान गुमाइसकेको छन्।

त्यस्तै जर्मनीमा एक लाख ५४ हजार ९९९ संक्रमति छन्। मृतकको संख्या ५ हजार ७ सय ६० छ। बेलायमा ज्यान गुमाउनेको संख्या झण्डै २० हजार रहेको छ।

त्यहाँ १९ हजार ५ सय ६ जनाको मृत्यु भइसकेको छ। बेलायतमा १ लाख ४३ हजार भन्दा बढीमा संक्रमण देखिएको छ।

टर्कीमा पनि संक्रमितको संख्या एक लाख नाघेको छ। टर्कीमा १ लाख चार हजार ९ सय १२ जनामा संक्रमण देखिएको छ।

त्यस्तै इरानमा ८८ हजार १ सय ९४ जनामा संक्रमण देखिएको छ भने पाँच हजार पाँच सय ७४ जनाको मृत्यु भएको छ।

चीनमा अहिले सम्म चार हजार ६ सय ३२ जनाको मृत्यु भएको छ। त्यहाँ विगत दुई दिन अघि कुनै पनि मृतक फेला  परेका छैनन्।

चीनमा संक्रमितको संख्या ८२ हजार आठ सय चार जना छन्।  चार महिनादेखि कोरोना भाइरसको महामारीले सिंगो मानव समुदायलाई सताइरहेको छ।

विश्वभर संक्रमितको संख्या २८ लाख २७ हजार ३ सय ९१ पुगेका छन्। त्यस्तै ७ लाख ९८ हजार ३ सय ३१ जना निको भएर घर फर्किएका छन्। एजेन्सि

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कृष्ण प्रसाद काफ्लेको लोक दोहोरि गित ‘एउटा चिनो छ’ सार्वजनिक

Next Post

एक हजार कुखुरा जलेर नष्ट-सात लाख बराबरको क्षति

Next Post
एक हजार कुखुरा जलेर नष्ट-सात लाख बराबरको क्षति

एक हजार कुखुरा जलेर नष्ट-सात लाख बराबरको क्षति

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.