Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

ट्रेड युनियन कांग्रेसले खुवायो ५२६ श्रमिकलाई खाना

जनता भ्वाइस by जनता भ्वाइस
April 25, 2020
in समाचार
0
ट्रेड युनियन कांग्रेसले खुवायो ५२६  श्रमिकलाई खाना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१३ बैशाख ।

काठमाडौ।यतिखेर विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस र लकडाउनका कारण श्रमिकहरु ठुलो मारमा छन् । विशेषगरी अनौपचारिक र स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकहरुको अवस्था झनै दिनप्रतिदिन नाजुक बन्दै गईरहेको छ । यहि महामारी कै कारण नेपालमा पनि लकडाउन गरेको महिना दिन भन्दा बढि भईसकेको छ । लकडाउनले ज्यालादारी र स्वरोजगार श्रमिक अझ बढि प्रताडित रहेकोको ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले बताउनु भयो । बिहान बेलुकी छाक टार्न कठिन भएका श्रमिकहरुको समस्यामा विभिन्न राहत र सहयोग गरि मलम बनिरहेको छ ट्रेड युनियन कांग्रेस । युनियनले विगत केहि दिनदेखी अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुलाई विभिन्न ठाँउमा खाना खुवाउनकासाथै हिडेरै घर फर्किरहेकालाई यातायातको व्यवस्था समेत गरि रहेको हो ।

निरन्तर राहत वितरण गर्ने क्रममा हिजो मात्र करिब ५ सय २६ जनालाई निशुल्क खाना वितरण गरेको जानकारी ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष तेजेन्द्रजंग कार्कीले जानकारी दिनु भयो । उहाँका अनुसार गोङ्गबु का २ सय जना रिक्सा ठेला र निर्माण श्रमिक, बागलुङका १००, सर्लाही,प्युठान र कैलालीका हिडेका २ सय २६ जनालाई कलङ्कीमा निशुल्क खानाको व्यवस्था गरेको हो । हिजोको उक्त राहत वितरण कार्यको समन्वय युनियनका उपाध्यक्ष तेजेन्द्रजंग कार्की,महासचिव योगेन्द्र कुवर,उपमहासचिव गणेश केसि,राधिका कुईकेल, कोषाध्यक्ष मोहन कुमार बस्नेत, स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरे लगायतको उपस्थितिमा भएको थियो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

बा-आमा कै अंशबण्डा

Next Post

मधुमेहका बिरामीका लागि अचुक औषधी प्याज

Next Post
मधुमेहका बिरामीका लागि अचुक औषधी प्याज

मधुमेहका बिरामीका लागि अचुक औषधी प्याज

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.