Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख नाग्यो,विश्वमा २९ लाख संक्रमित

जनता भ्वाइस by जनता भ्वाइस
April 26, 2020
in समाचार
0
अमेरिकामा एकै दिन १२ सय को मृत्यु, विश्वमा मृतकको संख्या ६९ हजार नाघ्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख १४,

काठमाडौं : कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । २९ लाख बढीमा यसको संक्रमण पुष्टि भइसकेको छ। वर्ल्डोमिटर्सले आज बिहान सार्वजनिक गरेको तथ्याङ्कअनुसार शनिबारसम्म विश्वमा कोरोना भाइरसका कारण २ लाख ३ हजार २ सय ५५ जनाले ज्यान गुमाइसकेका छन् ।

विश्वका २९ लाख २० हजार ७ सय ३८ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भइसकेको छ।संक्रमितमध्ये ८ लाख ३६ हजार ६ सय ३६ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्केका छन्। हाल विश्वमा १८ लाख ७८ हजार  कोरोना भाइरस संक्रमित उपचारत छन्। उपचारतमध्ये ५८ हजार १ सय ७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको वल्डोमिटरले जनाएको छ। त्यस्तै  १८ लाख २० हजारको अवस्था सामान्य छ।

हालसम्म कोरोना भाइरसका सबैभन्दा बढी संक्रमित र मर्नेको संख्या अमेरिकामा रहेको छ। शनिबारसम्म अमेरिकामा ९ लाख ६० हजार ४ सय ४६ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ, जसमध्ये ५४ हजार २ सय ५६ जनाको मृत्यु भइसकेको छ। हिजो मात्रै २ हजार भन्दा बढीको ज्यान गएको छ।

स्पेनमा २ लाख २३ हजार ७ सय ५९ जना कोरोना संक्रमित रहेकोमा २२ हजार ९ सय २ जनाले ज्यान गुमाइसकेका छन्। इटालीमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ९५ हजार ३ सय ५१ छ । यीमध्ये २६ हजार ३ सय ८४ जनाको मृत्यु भएको छ । जर्मनीमा कोरोना भाइरस संक्रमित १ लाख ५६ हजार ४ सय १८ जना छन् भने ५ हजार ८ सय ७३ जनाको मृत्यु भइसकेको छ ।

फ्रान्समा १ लाख ६१ हजार ४ सय ८८ जना कोरोना भाइरस संक्रमित रहेकाछन्, जसमध्ये २२ हजार ६ सय १४ जनाको मृत्यु भएको छ। बेलायतमा १ लाख ४८ हजार ३ सय ७७ जना कोरोना भाइरस संक्रमित रहेकोमा हालसम्म २० हजार ३ सय १९ जनाको मृत्यु भएको छ । टर्कीमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ७३ पुगेको छ। यीमध्ये २ हजार ७ सय ६ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसका कारण हालसम्म इरानमा ५ हजार ६ सय ५०, चीनमा ४ हजार ६ सय ३२, रुसमा ६ सय ८१, ब्राजिलमा ४ हजार ४५, क्यानाडामा २ हजार ४ सय ६५, बेल्जियममा ६ हजार ९ सय १७, नेदरल्याण्ड्समा ४ हजार ४ सय ९, स्वीट्जरल्याण्डमा १ हजार ५ सय ९९, आयरल्याण्डामा १ हजार ६३, स्वीडेनमा २ हजार १ सय ९२, पोर्चुगलमा ८ सय ८०, भारतमा ८ सय २५ र पेरुमा ७ सय जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा हालसम्म ४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमितमध्ये १२ जना उपचारपछि निको भइ घर फर्किसकेका छन् ।

३७ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्। नेपालमा कोरोना भाइरसको पहिलो बिरामी गत माघ ९ गते देखिएको थियो। गत  वर्षको डिसेम्बर अन्तिम सातामा चीनको वुहानमा देखिएको यो भाइरस अहिले विश्वका २ सय १० देश तथा क्षेत्रमा फैलिसकेको छ।

कोरोना भाइरसबाट अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, बेलायत, टर्की, इरान, चीन, रुस, ब्राजिल, क्यानडा, बेल्जियम, नेदरल्याण्ड्स, स्वीट्जरल्याण्ड, भारत, पेरु र पोर्चुगल सबैभन्दा बढी प्रभावित भएका छन्।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोरोना कोषमा २ अर्ब १३ करोड जम्मा

Next Post

आज मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन लम्ब्याउनेबारे छलफल

Next Post
एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई सरकारको आग्रह

आज मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन लम्ब्याउनेबारे छलफल

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.