Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

उत्तर कोरियाली नेता किम जोङ उन कहाँ छन् ?

जनता भ्वाइस by जनता भ्वाइस
April 27, 2020
in फिचर, समाचार
0
उत्तर कोरियाली नेता किम जोङ उन कहाँ छन् ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख १५।


काठमाडौं । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन लामो समयदेखि सरकारी सञ्‍चारमाध्यममा अनुपस्थिति रहेपछि उनको स्वास्थ्य स्थितिका विषयलाई लिएर विभिन्‍न हल्लाहरु फैलाइएका छन् ।  बाबुको मृत्युपछि सन् २०११ मा सत्ता सम्हालेका तेस्रो पुस्ताका नेता किमपछि आणविक सशस्त्र राष्ट्र उत्तर कोरियाको नेतृत्व कसले गर्ने भन्‍ने कुरा देखिने गरी कुनै व्यक्ति अघि सरेको छैन ।

कोरोना भाइरसको त्रासका कारण किमले आफूलाई आइसोलेट गरेका छन् अथवा गम्भीर रोग वा चोटका कारण उनको अनुपस्थिति बढेको हो भन्‍नेजस्ता अनुमानहरु विभिन्‍न अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमहरुले गरेका छन् । 

केही अन्तर्राष्ट्रिय सञ्‍चामाध्यमहरुले ‘किम जोङ उनको मृत्यु भएको हल्ला’ लगायतका शीर्षकमा समाचारहरु लेखेका छन् भने सामाजिक सञ्‍जालमा विभिन्‍न मुलुकमा #KIMJONGUNDEAD ह्‍यासट्याग ट्रेन्डिङमा आएको छ । 

३६ वर्षीय किम विभिन्‍न विषयका लागि उत्तर कोरियाली सरकारी सञ्‍चारमाध्यममा आइरहने भए पनि लामो समयदेखि उनी मिडिया कभरेजमा छैनन् । सन् २०१४ मा पनि उनी करिब एक महिनाभन्दा लामो समय उत्तर कोरियाली मिडिया कभरेजबाट बाहिरिएका थिए । पछि उत्तर कोरियाली टेलिभिजनले उनी लंगडोजस्तो भएर हिडिरहेको देखाएको थियो । 

वासिङ्‌टन डिसीस्थित उत्तर कोरियाली अनुगमन परियोजना, ३८ नर्थले सार्वजनिक गरेको स्याटेलाइट टेलिभिजनमा किम एक ट्रेनमा गएको देखिएका थिए । उक्त ट्रेनमा देखिएका उन नै भएको अनुमान गरिए पनि शतप्रतिशत उनी नै भएको भने दाबी गरिएको थिएन । 

उक्त ट्रेन २१ अप्रिल र २३ अप्रिलमा वनसनस्थित लिडरसिप स्टेसनमा पार्क गरिएको थियो भने किमको परिवारको प्रयोजनका लागि प्रयोग गरिएको ३८ नर्थले जारी गरेको रिपोर्टमा भनिएको थियो । 

किन भए अनुमानहरु ?

किम यो वर्ष हजुरबुबाको जन्म दिनमा अनुपस्थिति रहे । किमले यसअघि यो अवसर कहिल्यै छुटाएका थिएनन् । उनी त्यहाँ उपस्थित नहुँदा यसलाई गम्भीर रुपमा व्याख्या गर्न थालियो । 

यससँगै उनी किन उपस्थित भएनन् भनेर विभिन्‍न अनुमानहरुका साथ भ्रम सिर्जना गरिए । किम १२ अप्रिलमा पछिल्लो पटक सरकारी मिडियामा आएका थिए । त्यसअघि ११ अप्रिलमा मुख्य राजनीतिक बैठकको अध्यक्षता गरेका थिए । त्यसपछि उनी सरकारी सञ्‍चारमाध्यममा देखिएनन् । 

गत साता गरिएको मिसाइल परीक्षणमा समेत किमको उपस्थितबारे त्यहाँका सरकारी मिडियाहरुले पनि कतै उल्लेख गरेका छैनन् । यसअघिका अधिकांश मिसाइल प्रक्षेपणमा उनी देखिन्थे । 

यी महत्त्वपूर्ण अवसरमा किम उपस्थित नहुँदा उनी नेतृत्वबाट बाहिरन लागेका हुन् कि भन्‍ने अनुमानहरुसमेत लगाइएको थियो । उत्तर कोरियाका आन्तरिक कुराहरु सहजै बाहिर आउँदैनन् । यसपटक त झनै महामारीका कारण जनवरीदेखि नै उत्तर कोरियाले सीमा नाका बन्द गरेको छ । 

बिरामी भएको पहिलो रिपोर्ट !

अघिल्लो मंगलबार उत्तर कोरियाबाट सञ्‍चालन भएको एक समाचार वेबसाइटमार्फत् उनी बिरामी भएको रिपोर्ट सार्वजनिक भएको थियो । एक गोप्य स्रोतले डेली एनकेलाई बताए अनुसार उनी कार्डियोभास्कुलर समस्यासँग गत अगस्टदेखि लडिरहेको बताइएको थियो । “पछिल्ला दिनहरुमा उनको अवस्था थप बिग्रिँदै गएको थियो ।”

यही समाचारलाई आधारमान्दै विभिन्‍न अन्तर्राष्ट्रिय मिडियाहरुले शृंखलाबद्ध रिपोर्टिङहरु गरे । अन्य केही समाचार एजेन्सीहरुले दक्षिण कोरिया र अमेरिकास्थित गुप्तचर निकायलाई उदृत गर्दै किम बिरामीको रिपोर्टिङ गरेका थिए । 

रिपोर्टिङकै क्रममा विस्तारै अमेरिकी मिडियामार्फत् सनसनीपूर्ण शीर्षकहरु सार्वजनिक हुन थाले । ती समाचार संस्थाले ‘उत्तर कोरियाली किमको मुटु सर्जरीपछि स्वास्थ्य अवस्था गम्भीर भएको’ उल्लेख गरे ।

यद्यपि दक्षिण कोरिया र चिनियाँ सरकारी स्रोतका अनुसार बाहिर आएका समाचारहरुमा सत्यता नभएको बीबीसीले जनाएको छ । उत्तर कोरियाली नागरिकलाई वास्तवमै उनका नेताको स्वास्थ्य स्थितिबारे जानकारी गराइँदैन । – बीबीसी 

उनी पछिल्लो पटक कहिले देखिएका थिए ? 

किमले ११ अप्रिलमा मुख्य राजनीतिक बैठकको अध्यक्षता गरेका थिए । त्यसपछि उनी सरकारी सञ्‍चारमाध्यममा देखिएनन् । 

त्यसको चारदिनपछि १५ अप्रिलमा भएको किमका हजुरबुबा किम यी सङको जन्मदिनमा पनि उनी उपस्थित थिएनन् । त्यो वर्षकै ठूलो उत्सव थियो, मुलुकका सर्वोच्च नेताका हजुरबुबाको जन्म दिन तर, किमको अनुपस्थिति । किमले यसअघि यो अवसर कहिल्यै छुटाएका थिएनन् । उनी त्यहाँ उपस्थित नहुँदा यसलाई गम्भीर रुपमा व्याख्या गर्न थालियो । 

दक्षिण कोरियास्थित उत्तर कोरियाली अध्ययन केन्द्र सेजोङ इन्स्टिच्युटका निर्देशक चिओङ सिओङ-चाङले न्युयोर्क टाइम्ससँगको कुराकानीमा उनका हजुरबुबाको जन्मोत्सवमा उनको अनुपस्थिति ‘सोच्‍न नसकिने’ कुरा हो । यो उत्तर कोरियाको ठूलो उत्सव हो । 

उत्तर कोरियाली अधिकारीहरुले किमको पछिल्लो स्थितिको बारेमा केही खुलाएका छैनन् । उत्तर कोरियाली मिडियाले १४ अप्रिलको मिसाइल परीक्षणका क्रममा उनको उपस्थितिका बारेमा कुनै तस्बिर सार्वजनिक गरेका छैनन् । उनी हरेक महत्त्वपूर्ण मिसाइल परीक्षणमा अनिवार्य उपस्थित हुन्थे । 

यद्यपि कोरियन सेन्ट्रल न्युज एजेन्सीले शनिबार किमले संघीय रुसको कम्युनिस्ट पार्टीका प्रमुखले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको ‘किम समिट’ को पहिलो वर्षको अवसरमा पठाएको शुभकामना प्राप्त गरेको जनाएको थियो । 

मिडिया रिपोर्टहरु के भन्छन् ? 

सिओलस्थित डेली एनके अनलाइनले एक गोप्य स्रोतलाई उदृत गर्दै उत्तर कोरियाली नेता राजधानी प्योङयाङबाट उत्तरतर्फ रहेको ह्याङसान प्रान्तमा किमको उपचार भइरहेको उल्लेख गरेको थियो । २२ अप्रिलमा उनको मुटुको सर्जरीपछि त्यहाँ अस्पतालको निगरानीमा राखिएको बताइएको छ । मोटोपन, अत्यधिक चुरोट सेवन र थकानका कारण उनको मुटुका समस्या आएको डेली एनकेले उल्लेख गरेको थियो । 

सीएनएनले एक जानकार स्रोतलाई उदृत गर्दै किम ‘गम्भीर खतरा’मा भएको उल्लेख गरेको थियो । रोयर्टसले दक्षिण कोरियाली सरकारी स्रोतलाई उदृत गर्दै उक्त समाचारको खण्डन गरेको थियो । 

रोयटर्सले उक्त अवस्था बुझेका तीनजनलाई उदृत गर्दै चीनले चिकित्सकसहितको टोली उत्तर कोरिया पठाएको उल्लेख गरेको थियो । ट्रम्प प्रशासनलाई उदृत गर्दै रोयटर्सले किमको अवस्था बारे उत्तर कोरियाली मिडियाको मौनताले उनीप्रतिको चासो बढाएको उल्लेख गरेको थियो । 

एनकेको रिपोर्टहरुलाई आधार बनाएर अन्य मिडियाहरुले किम वनसन क्षेत्रमा रहेको उल्लेख गरेका थिए । 

शुक्रबार दक्षिण कोरियाली खुफिया स्रोतलाई उदृत गर्दै दक्षिण कोरियाली वेबसाइट न्युजिसले वनसनमा किमका लागि विशेष ट्रेनको व्यवस्था गरिएको र किमको निजी विमान प्योयाङमै रहेको उल्लेख गरेको थियो । न्युजिसले किम कोभिड-१९ को त्रासका कारण वनसनमा आइसोलेट भएर बसेको उल्लखे गरेको थियो । 

अन्य मुलुकको प्रतिक्रिया के छ ? 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार किम बिरामी भएको खबरहरु गलत भएको बताएका थिए । उनले भनेका थिए, “किमसम्बन्धीका रिपोर्टहरु गलत भएको मलाई लागेको छ ।” तर, उनले आफू उत्तर कोरियाली अधिकारीहरुसँगको सम्पर्कमा रहेको अथवा नरहेको भने खुलाएनन् । 

लामो समयदेखि आणविक निशस्त्रीकरण गराउन पहल गरेको अमेरिकाका राष्ट्रपति ट्रम्पले किमलाई तीनपटक भेट गरेका थिए ।  मंगलबार दक्षिण कोरियाले पनि किमसम्बन्धीका रिपोर्टहरु गलत भएको प्रतिक्रिया दिएको थियो ।  गत साता गरिएको मिसाइल परीक्षणमा समेत किमको उपस्थितबारे त्यहाँका सरकारी मिडियाहरुले पनि कतै उल्लेख गरेका छैनन् । यसअघिका अधिकांश मिसाइल प्रक्षेपणमा उनी देखिन्थे । 

अलजजिरा र एजेन्सीको सहयोगमा 

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

२५ वैशाखसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

Next Post

नेपालमा संक्रमितको संख्या ५२ पुग्यो ,१६ जना निको भएर घर फर्किए,

Next Post
नेपालमा संक्रमितको संख्या ५२ पुग्यो ,१६ जना  निको भएर घर फर्किए,

नेपालमा संक्रमितको संख्या ५२ पुग्यो ,१६ जना निको भएर घर फर्किए,

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.