Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको विपक्षी तीन पार्टीको ठहर

जनता भ्वाइस by जनता भ्वाइस
April 28, 2020
in समाचार
0
सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको विपक्षी तीन पार्टीको ठहर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख १६,

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका तीनओटा विपक्षी दलले केपी शर्मा ओली सरकारविरुद्ध संघर्ष गर्ने निर्णय गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको कांग्रेस, जनता समाजवादी पार्टी र राप्रपाको संयक्त बैठकले सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै संघर्ष गर्ने निर्णय गरेका हुन् ।

उनीहरुले सरकारको स्वेच्छाचारी र सर्वसत्तावादी प्रवृत्तिविरुद्ध सम्पूर्ण लोकतान्त्रिक शक्तिहरु एकताबद्ध भइ संघर्ष गर्नुपर्ने बताएका छन् ।

बैठकले सांसद डा. सुरेन्द्र यादव अपहरण प्रकरणमा संलग्नहरुलाई तत्काल कानुनी कारबाही अघि बढाउन पनि माग गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

यस्तै, बैठकले लकडाउनको अवधिमा जनताका न्यूनतम् आवश्यकता पूर्ति गर्न तथा अर्थतन्त्रमा परेको नकारात्मक प्रभावलाई न्यून गर्न ठोस कार्ययोजना ल्याउन पनि सरकार असफल भएको निष्कर्ष पनि निकालेको छ ।

बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, प्रकाशमान सिंह, प्रवक्ता विश्वप्रकाश शर्मा र राधेश्याम अधिकारी रहेका थिए ।

त्यस्तै, जनता समाजवादी पार्टीबाट महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र यादव, शरतसिंह भण्डारी, अशोक राई र राजेन्द्र श्रेष्ठ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका डा. प्रकाशचन्द्र लोहनी सहभागी थिए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछापमा १ सय ७० जनाको र्यापिड टेष्ट रिपोर्ट नेगेटिभ

Next Post

नेकपाका नेताहरुको अनौपचारिक छलफल, आज सचिवालय बैठक

Next Post
नेकपाका नेताहरुको अनौपचारिक छलफल, आज सचिवालय बैठक

नेकपाका नेताहरुको अनौपचारिक छलफल, आज सचिवालय बैठक

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.