Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीबीच टेलिफोन संवाद

जनता भ्वाइस by जनता भ्वाइस
April 28, 2020
in समाचार
0
राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीबीच टेलिफोन संवाद

/fi6«klt ;L zLtn lgjf;df sf7df8f}F, @% c;f]h -/f;;_ rLgsf /fi6«klt ;L lrglkmªnfO{ /fi6«klt lgjf; zLtn lgjf;df zlgaf/ ;fFem :jfut ug'{x'Fb} /fi6«klt ljBfb]jL e08f/L . t:jL/ M /f]zg ;fksf]6f

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख १६,

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी जिनपिङबीच हाल विद्यमान विश्वव्यापी महामारी कोभिड –१९ विरुद्धको लडाइँबारे विचार आदानप्रदान भएको छ।

उनीहरुबीच सोमबारभएको टेलिफोन संवादमा विश्वले अनुभव गरेको यसको प्रभाव र दुवै देशका सकारहरुले यसविरुद्ध चालेका उपायहरुबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सो अवसरमा राष्ट्रपति भण्डारीले चीनले कोभिड १९ रोकथाम र  नियन्त्रणका लागि चालेका सुदृढ कदम र विश्वका अन्य देशलाई यसविरुद्धको लडाइँमा गरेको सहयोगको प्रशंसा गरेको मन्त्रलायले जनाएको छ। राष्ट्रपति भ०डारीले चिनियाँ सरकार र जनताले नेपाललाई स्वास्थ सामग्री उपलब्ध गराएकामा  पनि सराहना गरिन्।

प्रत्युत्तरमा राष्ट्रपति सीले नेपालले कोरोना भाइरस फैलन नदिन गरेको शीघ्र र साहसी कार्यको प्रशंसा गर्दै यस सम्बन्धमा नेपाललाई सहयोग गरिने विश्वास दिलाए। चिनियाँ राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणपछि पुनः आफ्नो काममा फर्किएको खुशी व्यक्त गर्दै उनको सुस्वास्थ्य र सुखको पनि कामना गरेको मन्त्रालयको प्रेस विज्ञप्तिमा जनाइएको छ।

चिनियाँ राष्ट्रपतिले राष्ट्रपति भण्डारीलाई टेलिफोन संवादका लागि धन्यवाद दिँदै  कोरोना भाइरस महामारीका समय र कोरोनाबाट निधन भएकाहरुको श्रद्धाञ्जलिका लागिआयोजित राष्ट्रिय शोकसभामा  चिनियाँ सरकार र जनताप्रति व्यक्त गरेको ऐक्यबद्धता र समर्थनका लागि सराहना गरे

दुवै राष्ट्रपतिले दुई देशबीच विद्यमान उत्कृष्ट द्विपक्षीय सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै यसलाई आगामी दिनमा दुई देशका उच्चस्तरीय भ्रमणहरुमा गरिएका समझदारी र हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जालसँग सम्बन्धित परियोजनाहरुको कार्यान्वयनका माध्यमबाट अझ सुदृढ गर्ने सहमति पनि भएको छ।

दुवै राष्ट्रपति अवस्था सामान्य भएपछि ती आयोजनाहरुको शीघ्र कार्यान्वयन गर्ने विषयमा सहमत पनि भएका छन्।  टेलिफोन संवादमा चिनियाँ राष्ट्रपति सीको गत वर्ष अक्टोबरमा नेपालमा भएको सुखद् भ्रमणको  पनि स्मरण गरिएको थियो। रासस

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेकपाका नेताहरुको अनौपचारिक छलफल, आज सचिवालय बैठक

Next Post

९ लाखभन्दा धेरै काेराेना सङ्क्रमित निकाे भए

Next Post
गोकुल गंगामा विदेशबाट आएका ४१ जनाको रिपोर्ट नेगेटिभ

९ लाखभन्दा धेरै काेराेना सङ्क्रमित निकाे भए

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.