Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

९ लाखभन्दा धेरै काेराेना सङ्क्रमित निकाे भए

जनता भ्वाइस by जनता भ्वाइस
April 28, 2020
in समाचार
0
गोकुल गंगामा विदेशबाट आएका ४१ जनाको रिपोर्ट नेगेटिभ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख १६,

काठमाण्डाै । विश्वका विभिन्न देशमा गरी काेराेना भाइरस (काेभिड १९) सङ्क्रमितमध्ये ९ लाखभन्दा धेरै निको भएका छन् ।

दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा ३० लाख ६० हजार जनाभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ९ लाख १९ हजार आठ सय ९४ जना निको भएकाे वल्डओमिटरले जनाएको छ ।

त्यस्तै १९ लाख २९ हजारभन्दा धेरैको उपचार भइरहेकाे छ । उपचार गराइरहेका मध्ये ५६ हजार दुई सय ८१ जना अर्थात् ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको छ । सङ्क्रमणका कारण अहिलेसम्म दुई लाख ११ हजारभन्दा धेरैको ज्यान गएको छ ।

ज्यान गुमाउने र सङ्क्रमित हुनेको सङ्ख्या सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा छ । अमेरिकामा मात्रै १० लाख आठ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा साढे ५६ हजारभन्दा धेरैको ज्यान गएको छ ।

यस्तै इटलीमा साढे २६ हजारभन्दा धेरै, स्पेनमा साढे २३ हजारभन्दा धेरै, फ्रान्समा २३ हजारभन्दा धेरै र बेलायतमा २१ हजारभन्दा धेरैको ज्यान गएको छ ।

भारतमा पनि सङ्क्रमितको सङ्ख्या बढ्दो छ । भारतमा अहिलेसम्म साढे २९ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ९ सयभन्दा धेरैको ज्यान गइसकेको छ । सात हजारभन्दा धेरै निको भएका छन् । एजेन्सि

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीबीच टेलिफोन संवाद

Next Post

कोरोना पछिको नेपालको रोडम्याप

Next Post
कोरोना पछिको नेपालको रोडम्याप

कोरोना पछिको नेपालको रोडम्याप

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.