Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

काेराेना भाइरस : विश्वभर ९ लाख ५२ हजारभन्दा बढी निको,३१ लाखभन्दा धेरै सङ्क्रमित,

जनता भ्वाइस by जनता भ्वाइस
April 29, 2020
in समाचार
0
उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टी,३२ पुग्यो संख्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख १७,

काठमाण्डाै । विश्वका विभिन्न देशमा कोरोना भाइरस (काेभिड १९) सङ्क्रमितको सङ्ख्या ३१ लाख नाघेको छ । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा ३१ लाख ३५ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको वल्डाेमिटरले जनाएकाे छ ।

सङ्क्रमितमध्ये ९ लाख ५२ हजारभन्दा बढी निको भएका छन् । १९ लाख ६४ हजारभन्दा बढीकाे उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये ५७ हजार तीन सय सात जना अर्थात ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डाेमिटरले जनाएको छ । अहिलेसम्म दुई लाख १७ हजारभन्दा बढीकाे ज्यान गएको छ ।

ज्यान गुमाउने र सङ्क्रमित हुनेको सङ्ख्या सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा छ । केही दिनयता दैनिक ज्यान गुमाउनेको सङ्ख्यामा कमी आएको अमेरिकामा गएको २४ घण्टामा भने झण्डै दोब्बरले बढेको छ । त्यहाँ थप २४ सय २८ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या ५९ हजार नाघेको छ । यस्तै १० लाख २५ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार अमेरिकामा १३ सय ८४ जनाको ज्यान गएको छ ।

इटलीमा भने ज्यान गुमाउनेको सङ्ख्या मङ्गलबारकाे भन्दा केही बढेको छ । मङ्गलबार तीन सय ३३ जनाको ज्यान गएको इटलीमा गएको २४ घण्टामा थप तीन सय ८२ जनाको ज्यान गएको छ । त्यहाँ सङ्क्रमितको सङ्ख्या पनि बढेर दुई लाख एक हजार नाघेको छ ।

स्पेन र फ्रान्समा भने दैनिक ज्यान गुमाउनेको सङ्ख्या घटेको छ । यी दुई देशमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म साढे २३ हजारभन्दा बढीकाे ज्यान गएको छ । स्पेनमा दुई लाख ३२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा फ्रान्समा एक लाख ६५ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएकाे छ ।

यसैगरी अहिलेसम्म साढे २१ हजारभन्दा बढीकाे ज्यान गएको बेलायतमा गएको २४ घण्टामा थप पाँच सय ८६ जनाले ज्यान गुमाएका छन् । बेलायतमा एक लाख ६१ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ ।

जर्मनीमा सङ्क्रमितको सङ्ख्या एक लाख ५९ हजार नाघेको छ । यसैगरी कोरोनाको उद्गम देश चीनमा ८२ हजार आठ सय ३६ जनामा कोरोना पुष्टि भएकोमा चार हजार ६ सय ३३ जनाको ज्यान गएको छ । ७७ हजार पाँच सय ५५ जना निको भएका छन् ।

यस्तै भारतमा ३१ हजार तीन सय ६० जनामा कोरोना पुष्टि भएकोमा एक हजार आठ जनाको ज्यान गएको छ । त्यहाँ गएको २४ घण्टामा ६९ जनाको ज्यान गएको वल्डाेमिटरले जनाएको छ । सात हजार सात सय ४७ जना भने निको भएका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

जरिवाना रकम कोरोना कोषमा जम्मा गरिने

Next Post

नेपालमै कोरोना भाइरस निर्मुल गर्ने औषधी तयार

Next Post
नेपालमै कोरोना भाइरस निर्मुल गर्ने औषधी तयार

नेपालमै कोरोना भाइरस निर्मुल गर्ने औषधी तयार

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.