Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेकपा सचिवालय बैठक आज साँझ ५ बजे बस्दै

जनता भ्वाइस by जनता भ्वाइस
April 29, 2020
in समाचार
0
नेकपाका नेताहरुको अनौपचारिक छलफल, आज सचिवालय बैठक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख १७,

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच हिजो दिउँसो भएको भेटपछि सचिवालय बैठक डाकिएको हो।

अस्तिदेखि सचिवालय बैठक बस्ने भनिएपनि नेताहरु गुटगत छलफलमा व्यस्त भएपछि बैठक अनिश्चित बनेको थियो। बैठक आज बेलुकी ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सचिवालय सदस्य एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जानकारी दिए।

उनकाअनुसार बैठकले आन्तरिक विवादबारे छलफल गर्नुका साथै स्थायी कमिटीको बैठक बोलाउनेछ। ‘सचिवालय बैठकले तुरुन्तै स्थायी कमिटीको बैठक बोलाउँछ’, नेता खनालले थाहा खबरलाई भने, ‘अहिले देखिएका सबै विवाद स्थायी कमिटीबाटै समाधान गर्नुपर्छ।’

प्रधानमन्त्री ओलीले भने स्थायी कमिटी बैठक बोलाउन आनाकानी गर्दै आएका छन्। यसअघि २० जना स्थायी कमिटी सदस्यले पार्टीका अध्यक्षद्वयलाई पत्र लेखी तत्काल स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए।

वैशाख ८ मा प्रधानमन्त्री ओलीले पार्टीसँग सल्लाह नै नगरी दुईवटा विधेयक ल्याएसँगै नेकपा विवादको भूमरीमा फसेको हो। अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्ष ओलीबाट कम्तीमा पनि प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एउटा पद खोस्ने रणनीतिमा छन्।

तर ओलीपक्ष भने माधव नेपाल समूहलाई फकाएर अघि बढ्न लागिपरेको छ। त्यसो नहुँदा संसदीय दलमा बहुमत पु¥याउने कसरत पनि ओली पक्षले गरिरहेको छ। thahakhabr

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

हिन्दी गीतको भिडियोमा अभिनेत्री रिस्ता बस्नेत (भिडियोसहित)

Next Post

चितवनकी ६३ वर्षीया महिलाको तेस्रो रिपोर्ट पनि पोजेटिभ

Next Post
गोकुलगंगामा ४ जनाको रिपोर्ट नेगेटिभ

चितवनकी ६३ वर्षीया महिलाको तेस्रो रिपोर्ट पनि पोजेटिभ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.