Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

थप एक लाख थान र्‍यापिड डाइग्‍नोस्टिक किट खरिद गरिने

जनता भ्वाइस by जनता भ्वाइस
April 30, 2020
in समाचार
0
थप एक लाख थान र्‍यापिड डाइग्‍नोस्टिक किट खरिद गरिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख १८,

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस (कोभिड १९) को परीक्षणको लागि अहिले प्रयोग गरिरहेको र्‍यापिड डाइग्नोस्टिक किट थप किन्‍न सम्झौता गरेको छ।

बुधबार मात्रै स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले १ लाख थान बराबरको नयाँ र्‍यापिड डाइग्नेस्टिक किट खरिदका लागि विद म्यानेजमेन्ट कम्पनीसँग सम्झौता गरेको हो। अब ल्याउन लागिएको नयाँ आउने किटले आइजिएम र आइजिजी दुवै पत्ता लगाउने बताइएको छ।

यसअघि मन्त्रालयले कोरोना भाइरसको परीक्षणको दायरा बढाउन सात करोड बराबरको ७५ हजार थान र्‍यापिड किट ल्याएको थियो। तर उक्त किटबाट गरिएको परिक्षणमा आइजिएम र आइजिजी छुट्याउन नसक्दा किटको विश्वसन यतामाथि प्रश्न उठिरहेको थियो।

हिजो मात्रै गरिएको कम्पनीले १५ १५ दिनसम्ममा नयाँ र्‍यापिड डाइग्नोस्टिक किट ल्याउने सम्झौता गरेको छ। स्रोतले भन्यो, ‘१५ दिनभित्रमा सामान ल्याउने गरी सम्झौता भएको छ।‘ अहिले ल्याबमा गरिने पीसीआर परीक्षणका लागि आवश्यक रिएजेन्ट देशभर अभाव भएको छ। कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएपछि सरकारले र्‍यापिड परीक्षणलाई सरकारले मुख्य प्राथामिकता दिइरहेको छ।

यसअघि ओम्‍नी बिजनेस कर्पोरेट इन्टरनेसनलले ल्याएको र्‍यापिड डाइग्नोस्टिक किटबाटै काम चलाउन दाताहरुलाई भनिएको छ। देशका १५ ठाउँमा अहिले पिसिआर परीक्षण भइरहेको छ। कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएपछि सरकारले र्‍यापिड परीक्षणलाई मुख्य प्राथामिकता दिइरहेको छ।

देशका १५ ठाउमा अहिले पिसिआर परीक्षण पनि भइरहेको छ। तर सोचेजति परीक्षण हुन नसकेको भन्दै आलोचना पनि भइरहेको छ।

thahakhabar

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नियमित पत्रकार सम्मेलन Live

Next Post

रामेछापबाट धुलिखेल पठाएको एकको रिपोर्ट नेगेटिभ

Next Post
सिन्धुलीमा २०९ जनाको र्यापिट डायग्नोस्टिक टेष्ट (आरडिटि) सम्पन्न

रामेछापबाट धुलिखेल पठाएको एकको रिपोर्ट नेगेटिभ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.