Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेकपाको स्थायी कमिटी बैठक २५ गते बस्दै

जनता भ्वाइस by जनता भ्वाइस
May 3, 2020
in समाचार
0
नेकपा सचिवालय बैठक सुरु,प्रचण्डको आसन फेरियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख २१,

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले स्थायी कमिटी बैठक डाकेको छ । वैशाख ८ मा ल्याइएका दुई विवादित अध्यादेशका कारण चर्किएको विवाद मथ्थर नभएको अवस्थामा नेकपाले वैशाख २५ गतेका लागि स्थायी कमिटी बैठक डाकेको हो। पार्टीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले स्थायी कमिटी बैठक डाक्नुपर्ने आवाज उठाउँदै आएका थिए।

शनिबार बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठक वैशाख २५ गतेका लागि डाकेको जानकारी पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएका छन्। 

‘शनिबारको बैठकले वैशाख २५ का लागि स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ’, उनले भने, ‘त्यसअगाडि वैशाख २४ गते सचिवालय बैठक बस्‍ने भएको छ।’

नेकपाको विवाद चर्किएपछि दुई सातायता निरन्तर संवाद चलिरहेको थियो। खुमलाटर, कोटेश्वर र बालुवाटारमा लगातार गुटगत सम्वाद र नेताहरुबीच वार्ता भएको थियो।

यस्तो अवस्था प्रधानमन्त्री ओली स्थायी कमिटी बोलाउने पक्षमा थिएनन्। गत वैशाख १० गते दाहाल-नेपाल समूहका २० नेताले तत्काल स्थायी कमिटी बैठक बोलाउन नेतृत्वलाई दबाब दिएका थिए।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

आज विश्व प्रेस स्वतन्त्रता दिवस

Next Post

आठ हजार नयाँ कर्मचारीको भर्ना रोकियो : प्रकाशनको तयारीमा रहेका केही विज्ञापन पनि रद्द गरिने

Next Post
आठ हजार नयाँ कर्मचारीको भर्ना रोकियो : प्रकाशनको तयारीमा रहेका केही विज्ञापन पनि रद्द गरिने

आठ हजार नयाँ कर्मचारीको भर्ना रोकियो : प्रकाशनको तयारीमा रहेका केही विज्ञापन पनि रद्द गरिने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.