Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको हनन् कायमै रहेको इन्सेकको ठहर

Milan Ghimire by Milan Ghimire
May 4, 2020
in राष्ट्रिय समाचार, समाचार
0
अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको हनन् कायमै रहेको इन्सेकको ठहर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
बैशाख २२, नबराज पथिक

रामेछाप । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपालमा अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको हनन् कायम नै रहेको जनाएको छ । इन्सेकले अरुका आवाज उठाउनु पर्ने पत्रकारले आफ्नै आवाज उठाइरहनु पर्ने अवस्था आएको जनाएको छ।

इन्सेकका बागमती प्रदेश संयोजक कृष्ण गौतमद्वारा जारी विज्ञप्तिमा कोरोना संक्रमणको विषम परिस्थितिमा विश्व प्रेस स्वतन्त्रता दिवसको दिन पनि पत्रकारहरूले आफै पीडित भएको आवाज उठाउनु परेको उल्लेख छ ।
कोरोना भाइरसको राकथाम र नियन्त्रणका लागि सरकारले गरेको एक महिना भन्दाबढीको लकडाउन, सामाजिक दुरी कायम राखेर गर्नु पर्ने समाचार सम्प्रेषणको सङ्कटको घडीमा पत्रकार भौतिक रुपमा असुरक्षित भएको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्ति

साथै, सञ्चार गृहले नियमित पारिश्रमिक उपलब्ध नगराउँदा आर्थिक रूपमा पनि पत्रकारले आफूलाई सुरक्षित गर्नसक्ने अवस्था नरहेको बताइएको छ । लकडाउनका कारण आर्थिक गतिविधि बन्द हुँदा विभिन्न सञ्चारमाध्यम तथा जिल्लाबाट प्रकाशन हुने पत्रपत्रिकाको प्रकाशनसमेत बन्द भएको विज्ञप्तिमा ननाइएको छ ।


बागमती प्रदेशमा लकडाउनको अवस्थामा पनि कहिँ प्रहरी प्रशासनले, कहिँ जनप्रतिनिधि त कहिँ जिम्मेवार निकायले समाचार सङ्कलनका लागि कार्यस्थलमा खटिँदा पत्रकारलाई धम्की दिने, गिरफ्तार गर्ने लगायतका गतिविधि गरेको भन्दै इन्सेकले आपत्ति जनाएको छ ।
समाचार लेखेको, सम्प्रेषण तथा प्रकाशन भएकै कारण पत्रकारलाई चितवन, सिन्धुली, ललितपुर, काठमाडौँ लगायतका जिल्लामा मुद्दा दायर भएको, धम्की तथा दुव्र्यवहार भएको इन्सेकले जनाएको छ । यस्तै सर्वसाधारण नागरिकलाई समेत सामाजिक सञ्जालमा अभिव्यक्ति प्रकट गरेकै आधारमा गिरफ्तार तथा धम्की दिइएको भन्दै इन्सेकले त्यस्ता कार्य तत्काल रोक्न भनेका ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

लिखु तामाकोशीमा एक युवक झुण्डीएको अवस्थामा मृत फेला

Next Post

अमेरिकन आइडलको टप १० मा नेपाली युवा दिवेश

Next Post
अमेरिकन आइडलको टप १० मा नेपाली युवा दिवेश

अमेरिकन आइडलको टप १० मा नेपाली युवा दिवेश

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...