Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अझै एक साता पानी पर्ने

जनता भ्वाइस by जनता भ्वाइस
May 5, 2020
in समाचार
0
आज पहाडी क्षेत्रका केही ठाउँमा चट्याङ र हावाहुरी सहित पानी पर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख २३,

काठमाडौं । नेपालमा एकैसाथ पाँचवटा वायु प्रणाली सक्रिय बनेको छ । पाँचवटै प्रणाली सक्रिय हुँदा अझै एक साता वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा यति बेला पश्चिमी वायु, स्थानीय वायुका साथै नेपालको पूर्वी भू–भागमा वर्षा गराउने न्यून चापीय प्रणाली कायम रहेको छ । त्यस्तै बङ्गालको खाडीबाट नेपाल प्रवेश गरेको जलवाष्पयुक्त वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव पनि उत्तिकै सक्रिय बनेको छ। 

पूर्वमनसुन (प्रिमनसुन) को समयमा लगातार वर्षा गराउन यिनै पाँच वायु प्रणाली कारक रहेकाले वैशाखको सुक्खा याममा पनि पानी परिरहेको  मौसमविद् प्रतिभा मानन्धर बताउनुभयो । ‘अहिले नेपालमा चारैतिर वायु नै वायुको प्रभाव परेको छ, जसका कारण पानी पर्ने क्रम निरन्तर झैं हुने देखिएको छ उहाँले भन्नुभयो ।

पश्चिमी वायुको प्रभाव रहँदै गर्दा अन्य वायुले पनि साथ दिएकाले वर्षा मौसममा झैं वर्षा भइरहेको उहाँको भनाइ छ । मौसममा आएको उतारचढाव रहेकाले सचेत रहन महाशाखाले गरिएको छ । महाशाखाको अनुसार यस वर्षको प्रिमनसुनको समय गएका वर्षभन्दा फरक रहेको छ । यो मौसममा अनुमान गरे अनुसार पानी नपर्ने, मौसममा परिवर्तन नहुने क्रम विगतमा धेरै देखिएको थियो तर यसपटक अनुमान गरेभन्दा फरक हिसाबले पानी परेको मौसमविद् मानन्धरको भनाइ छ । 

नेपालमा आगामी जुन १० देखि मनसुन भित्रने महाशाखाले जनाएको छ । यो हरेक १० वर्षमा परिवर्तन हुने गर्छ । प्रिमनसुन सकिँदै गर्दा पूर्वीय वायु सक्रिय हुने र बङ्गालको खाडीलगायतका क्षेत्रबाट भारत हुँदै नेपालमा मनसुन भित्रन्छ। फाइल फोटो

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नयाँ भर्ना नलिन मन्त्रालयको परिपत्र

Next Post

थप ७ जनामा देखियो कोरोनाभाइरस संक्रमण, संक्रमितको संख्या ८२ पुग्यो

Next Post
ओखलढुंगामा भारतबाट फर्केर होम क्वारेन्टाइनमा बस्दा मृत्यु भएका व्यक्तिमा कोरोना नभएको पुष्टि

थप ७ जनामा देखियो कोरोनाभाइरस संक्रमण, संक्रमितको संख्या ८२ पुग्यो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.