बैशाख २३,
काठमाडौं । शिक्षा मन्त्रालयले अनलाइन कक्षाको रुपमा शुल्क नअसुल्न निर्देशन दिएको छ । केहि विद्यालयले अनलाइन कक्षाको नाममा बैंक खातामा पैसा जम्मा गर्न भनेका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले सबै विद्यालयलाई निर्देशन दिएको हो ।
यस्तै नयाँ भर्ना नलिन पनि मन्त्रालयले परिपत्र गरेको छ । शिक्षा मन्त्रालयले सबै कुराको सुक्ष्म मूल्यांकन गरेकोले मन्त्रालयको निर्णयपछि मात्रै भर्ना लिन अनुरोध गरेको छ ।
यस्तै माध्यामिक तहसम्मका विद्यालयले एक महिनाको शुल्क नलिन सरकारले पटक पटक दिएको निर्देशन पालना गर्न पनि मन्त्रालयले ध्यानाकर्षण गराएको छ ।