बैशाख ,२२
काठमाडौँ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले एक हप्ता लकडाउन थप्न सिफारिस गर्ने भएको छ ।
समितिको सोमबारको बैठकमा लकडाउन एक हप्ता थप्नेबारे निर्णय भएपनि संक्रमणको अवस्था अनुसार केही ठाउँमा खुकुलो पार्न मन्त्रीहरुले सुझाव पनि दिएका छन् । सरकारले पछिल्लो पटक थप गरेको लकडाउन अवधि बैशाख २५ गते राती सकिँदै छ ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा नै समन्वय समितिको बैठक बसेर लकडाउनबारे थप निर्णय हुनेछ ।