वैशाख २४,
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले प्रेस स्वतन्त्रता र सूचना प्रवाहामा स्थापित अन्तर्राष्ट्रिय मूल्य मान्यता र नेपालको संविधानले प्रत्याभूत गरेको हकको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बतानुभएको छ ।
पाँचौँ पकारिता दिवसको अवसरमा पत्रकार र सञ्चारकर्मीलाई शुभकामना व्यक्त गर्दै मन्त्री खतिवडाले आमसञ्चार क्षेत्र चौथो अंगको भूमिकामा खरो उत्रिने अपेक्षासमेत व्यक्त गर्नुभएको हो ।
उहाँले लोकतान्त्रिक व्यवस्था कायम गर्न र गराउन पत्रकारिता क्षेत्रले खेलेको भूमिकाको सरकारले उच्च मूल्याङ्कन गरेको भन्दै सूचना प्रवाहमा निष्पक्ष, सन्तुलित, व्यवसायिक, जिम्मेवार र उत्तरदायी भई भूमिका निर्वाह सुझाव दिनुभएको छ ।
सरकारले गोरखापत्र स्थापना भएको दिनलाई राष्ट्रिय पत्रकारिता दिवसको रुपमा मनाउँदै आएको छ । १९५९ साल वैशाख २४ गतेदेखि गोरखापत्रको प्रकाशन सुरु भएको थियो । फाइल फोटो