Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

श्रमिक दिवसमा कविता वाचन

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in समाचार, साहित्य
0
श्रमिक दिवसमा कविता वाचन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कुमार श्रेष्ठ रामेछाप।
१३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस रामेछापमा एक कार्यक्रमका बीच मनाइयो । मन्थलीस्थित मन्थली नगरपालिकाको नगर सभा हलमा सम्पन्न प्रातःकालीन कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा साहित्यकार प्रा.डा.दिनेशराज पन्तको प्रमुख आतिथ्यता, साहित्यकार तथा समाजसेवी रामचन्द्र वियोगीको विशिष्ट आतित्थतामा सम्पन्न सो कविता वाचन कार्यक्रममा कविहरू अनीता थापा मगर, राजुविक्रम बस्नेत, सीपी आचार्य, नवीन गाउँले, लालबहादुर तामाङ, सिर्जना बस्नेत, युनिक विफा घिसिङ, कुमार यात्री, उद्धव अविचल, केशव अमोल, धन योञ्जन, पेशल आचार्य, रामचन्द्र वियोगीलगायत करिब १५ जना कवि तथा कवयित्रीहरूले विभिन्न शीर्षकका कविताहरू वाचन गरेका थिए । कार्यक्रममा विपीन भट्टराईले २ वटा लघुकथा सुनाए ।
समारोहमा लक्ष्मण भुजेल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष कैलाश खत्री र नेकपाका जिल्ला नेता आनन्द श्रेष्ठ लगायतका वक्ताले मजदुर दिवसको ऐतिहासिकता सम्बन्धमा सारगर्भित सन्देश दिए ।
सो कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै प्राडा दिनेशराज पन्तले भाषा र साहित्यका क्षेत्रहरूमा अहिले नेपालका मोफसल भनिने स्थानहरूले विभिन्न प्रकारका रचनात्मक सुकार्यहरूको थालनी गरेकोमा खुसी व्यक्त गरे । रामेछाप कला साहित्य प्रतिष्ठानका अध्यक्ष तथा कवि धन योञ्जनको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको स्वागत् मन्तव्य कवि उद्धव अविचल र धन्यवाद् ज्ञापन कवयित्री सिर्जना बस्नेतले गरेका थिए ।
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष धन योञ्जनले प्रमुख अतिथि प्राडा दिनेशराज पन्तलाई नेपाली ढाका टोपी लगाइदिएर सम्मान गरेका थिए ।
सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेख अदालत, तामाकोसी रेडियोका स्टेसन म्यानेजर युवराज श्रेष्ठ, गैसस महासंघका उपाध्यक्ष रत्नप्रसाद कडेँल, सामुदायिक जनशक्ति विकास कार्यक्रम, गोल्माटारका नवराज श्रेष्ठ र सामुदायिक विकास समाजका निर्देशक मिलनकुमार घिसिङ्लगायत उपस्थिति रहेको थियो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

युवाहरुको क्षमताको विकास गर्न युवाक्लब गठन कार्यक्रम सुरु

Next Post

भुकम्प पिडीत अझै पनि पिडामा – सरकारको लाल्चिपन स्पष्ट देखियो

Next Post
भुकम्प पिडीत अझै पनि पिडामा – सरकारको  लाल्चिपन स्पष्ट देखियो

भुकम्प पिडीत अझै पनि पिडामा – सरकारको लाल्चिपन स्पष्ट देखियो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.