Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सरकारको नीति तथा कार्यक्रम जेठ २ गते

जनता भ्वाइस by जनता भ्वाइस
May 7, 2020
in समाचार
0
सरकारको नीति तथा कार्यक्रम जेठ २ गते
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
  बैशाख २५

काठमाण्डौ । आगामी आर्थिक वर्षको लागि सरकारको नीति तथा कार्यक्रम जेठ २ गते आउने भएको छ । राष्ट्रिय सभाले बनाएको कार्यतालिका अनुसार जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम संसदमा वाचन गर्नुहुने छ ।

नीति तथा कार्यक्रममा बजेटका प्राथमिकता र सिद्धान्त समावेश हुन्छन् । नीति तथा कार्यक्रमको बारेमा संसदमा छलफल भइसकेपछि जेठ पाँच गते प्रधानमन्त्रीले जवाफ दिने र नीति तथा कार्यक्रम पारित हुने तालिका रहेको छ । 

नीति तथा कार्यक्रमपछि प्रिबजेट छलफल गर्नु उपयुक्त हुने भएपनि बजेट जेठ १५ मा पेश गर्नैपर्ने चापका कारण वैशाख २८ गतेबाटै प्रि बजेट छलफल हुने नेम्वाङले जानकारी दिनुभयो।

यस्तै शुक्रबारदेखि बजेट अधिवेशन सुरु हुँदैछ । यही अधिवेशनमा प्रि-बजेट छलफल हुने, ३ दिन प्रतिनिधिसभामा  र २ दिन राष्ट्रियसभामा बजेटबारे छलफल हुनेछ । संघीय सरकारको बजेट जेठ १५ गते प्रस्तुत हुनेछ ।

संविधानमै १५ जेष्ठमा बजेट ल्याउनुपर्ने व्यवस्था छ । बजेट आउनु १५ दिनअघि नै प्रीबजेट छलफल सकिसक्नुपर्ने व्यवस्था छ । १३ वैशाखमा आर्थिक सर्वेक्षण प्रस्तुत हुने तय भएको संघीय संसदको सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो। file-photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

संघीय संसद अन्तर्गतका ४ सय ४१ जनाको स्वाब संलकन

Next Post

वाग्मती प्रदेशका उद्योग, पर्यटनमा ‘लकडाउनले परेको असरको समीक्षा गर्न निर्देशन

Next Post
वाग्मती प्रदेशका उद्योग, पर्यटनमा ‘लकडाउनले परेको असरको समीक्षा गर्न निर्देशन

वाग्मती प्रदेशका उद्योग, पर्यटनमा ‘लकडाउनले परेको असरको समीक्षा गर्न निर्देशन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.