वैशाख २५,
रामेछाप । रामेछाप जिल्लामा आज रातीदेखी लागुहुने गरि बाहिरी जिल्लाबाट ल्याउने तरकारी, फलफुल, माछामासु, अण्डा, कुखुराको चल्ला कुखुरा, सबै पूर्णरुपमा बन्द गरेको छ । बिहिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो नियम लागु गरेको हो । यस अघि पनि यो नियम लागु गरेको प्रशासनले सोही निर्णयलाई निरन्तरता दिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत भास्कर दाहालले हस्ताक्षर गरेको सुचनामा – हरियो तरकारी, फलफुल, माछामासु, अण्डा, कुखुराको चल्ला कुखुरा, बिहिबार राती १२ : ०० बजेबाट जेष्ठ २ गते राती १२ :०० बजेसम्मका लागि जिल्लामा त्यस्ता वस्तु नभित्रयाउने भनेको हो ।