वैशाख २९,
रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि आधा करोड भन्दा बढी खर्च गरेको छ । पालिकाले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि ५८ लाख ५६ हजार ९७ रुपैयाँ खर्च गरेको हो । पालिकाले कोरोना भाइरस संक्रमण भए यता चैत्र महिना देखि बैशाख २४ गते सम्म सो रकम खर्च गरेको बताएको छ ।
पालिकाले कोरोना रोकथामका लागि भन्दै चैत्र महिनामा नै १० लाखको कोरोना कोष स्थापना गरेको थियो । सोमबार जनता भ्वाइसंग कुरा गर्दै पालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद सुवेदीले ५८ लाख ५६ हजार ९७ रुपैयाँ खर्च भै सकेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो–”हामीले गत बैशाख २४ गते सम्म ५८ लाख ५६ हजार ९७ रुपैयाँ खर्च गरिसकेका छौँ । नपुग् रकम समेत विभिन्न शिर्षकबाट ब्यवस्थापन गरिसकेका छौँ ।”
उहाँका अनुसार चैत्र महिनामा पालिकाले बन्दाबन्दीमा काठमाडौंमा अलपत्र परेका १७ सय नागरिकहरुलाई पालिका भित्र्याउने शिर्षकमा २१ लाख २६ हजार ९ सय ५० रुपैयाँ खर्च गरेको र ३२ लाख ५२ हजार १ सय ४७ रुपैयाँ विभिन्न शिर्षकमा खर्च भएको बताउनु भएकोछ । यो खर्च करिब एक महिनाको हो । फाइल फोटो