Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

चुनावको बेला भनेका ३० वटा प्रतिबद्धताहरुमा २९ वटा पुरा गरेको छु- वडाध्यक्ष बोहोरा (भिडियो सहित)

जनता भ्वाइस by जनता भ्वाइस
July 2, 2020
in टिभि, फिचर, राष्ट्रिय समाचार
0
चुनावको बेला भनेका ३० वटा प्रतिबद्धताहरुमा २९ वटा पुरा गरेको छु- वडाध्यक्ष बोहोरा (भिडियो सहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


असार १८, जनता भ्वाइस संवाददाता, रामेछाप
मन्थली नगरपालिका वडा नं. १० का वडाध्यक्ष भरतबहादुर बोहोराले आफूले चुनावको समयमा मतदाताहरुका माझ प्रतिबद्धता पत्र नै बनाएर घोषणा गरेका ३० वटा काममा २९ वटा पुरा गरिसकेको जानकारी दिएका छन् । शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी लगायतका ३० वटा प्रतिवद्धतामा २९ वटा पुरा गरिसकेको बताउँदै वडामा रहेको स्वास्थ्य चौकीमा नै नागरिकहरुका लागि एक्सरे मेशिनको व्यवस्था गर्ने भनिएकोमा कानुनी तथा प्राविधिक कारणले आफूले सोक काम गर्न नसकेको बताएका हुन् । त्यस्तै बोहोराले आफ्नो वडामा चालु आर्थिक वर्षमा लक्षित कार्यक्रमहरु सम्पन्न भइसकेको जानकारी दिएका छन् ।

बोहोराले चैत भन्दा अघि नै भौतिक निर्माणका कार्यक्रम सकिएको र लकडाउनको अवस्थाबाट केही सहज भएपछि अन्य बाँकी बचेका कार्यक्रम समेत सम्पन्न भएको जानकारी दिएका हुन् । मन्थली नगर उपप्रमुख मायाकुमारी कार्कीको नेतृत्वमा भएको अनुगमनले आफूले गरेको काम प्रभावकारी भएको प्रतिक्रिया दिएको बोहोराले जानकारी दिएका छन् ।


‘तपाईंको वडामा लक्षित वर्गको स्तरोन्नतिका लागि के कस्ता कार्यक्रमहरु चालु आर्थिक वर्षमा गर्नुभयो ? भन्ने जनता भ्वाइसको जिज्ञासामा बोहोरा भन्छन्, ‘आफूहरुले लक्षित वर्ग अझ विशेषगरी महिला र बालबालिकाहरुका लागि भनेर त्यस्तो ठूलो ‘भोल्यूम’ मा छुट्टै कार्यक्रम बनाएकै छैन । थोरै थोरै रकम छुट्याएकोमा हामीले त्यसको पनि कार्यक्रमहरु गरिसकेका छौं ।’
प्रायः वडाध्यक्षहरुलाई वडाको विकास निर्माणको कार्यमा आफ्नै डोजरको प्रयोग गर्ने र आफ्नै पोल्टोमा रकम भुक्तानी गर्ने आरोप लाग्ने गरेको छ ।


यस्तै आरोप यस वडाका वडाध्यक्षलाई पनि लाग्ने गरेको थियो । सोही सन्दर्भमा जनता भ्वाइसले जिज्ञासा राख्दा बोहोराले प्रष्टोक्ति दिए, ‘म हिजो जनप्रतिनिधि नहुँदा पनि निर्माण व्यवसाय क्षेत्रमा काम गरेको हूँ । म जनप्रतिनिधि भएपछि पनि मैले मेरो वडामा डोजर लगाएको छु । तर नगरपालिकाले दिएको मापदण्ड अनुसारको नै दररेटमा निर्माण कार्यमा लगाएको छु । बाहिरको डोजर ल्याएर काममा लगाउँदा प्रतिघण्टा ६ हजारको दरमा लाग्ने हुनाले मैले प्रतिघण्टा ४ हजार ५ सयको दरमा खनेको हूँ । मेरो डोजर यतिबेला लिखु तामाकोसी गाउँपालिकामा समेत चलेको छ । यसको अर्थ म त्यहाँको अध्यक्ष त होइन ?’ उनले प्रतिप्रश्न गरे ।


जहाँकहीँ पनि माध्यमिक विद्यालयहरु संचालन हुन नसक्ने ठाउँमा भएका माविहरुलाई घटाउनु पर्ने बोहोराको धारणा रहेको छ । बोर्डिङ स्कूलहरुको कारण सामुदायिक विद्यालयहरुमा बालबालिकाको चाप कम भएको तर्फ इङ्गित गदेै बोहोरा भन्छन्, ‘बाठाटाठाहरुले बोडिङ् स्कूलमा बच्चाहरुलाई पढाउने तथा गाउँका लाटालुटीहरुले मात्रै सामुदायिक विद्यालयमा बालबालिकाहरु पढाउँदा शिक्षामा गुणस्तरीयता आउन नसकेको हो । वडाका नागरिकहरुले आफ्ना बालबच्चालाई बोडिङ्मा लगेर पढाउँछु भन्दा मैले त्यहाँ नलैजाऊ भनेर कानुन लगाउन सक्दिन ।’


गाउँका सोझासिधा अभिभावकका छोराछोरीहरुको विद्यालय तथा घरमा समेत समग्रमा पठन संस्कृतिको विकास गराउनका लागि आफूसँग कार्यक्रमहरु रहेको तथा विद्यालयको गुणस्तरीयता नभएर बालबालिकाहरुको शिक्षामा गुणस्तरीयता आउन नसकेको नभएको बोहोराको जिकिर रहेको छ ।
बाँकी भिडियोमा…

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सफल जीवन र यौन

Next Post

बाटो विस्तारले ढलेका रुखहरुको व्यवस्थापन अलपत्र, D.F.O.भन्छन् सडकले नै व्यवस्थापन गर्नुपर्छ (भिडियो सहित)

Next Post
बाटो विस्तारले ढलेका रुखहरुको व्यवस्थापन अलपत्र, D.F.O.भन्छन् सडकले नै व्यवस्थापन गर्नुपर्छ (भिडियो सहित)

बाटो विस्तारले ढलेका रुखहरुको व्यवस्थापन अलपत्र, D.F.O.भन्छन् सडकले नै व्यवस्थापन गर्नुपर्छ (भिडियो सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.