साँच्चै यति बेला सरकारलाई निकै ठुलो चुनौती छ।एकातर्फ कोरोनाले बिश्वमा महामारी नै फैलिएको अबस्था छ।त्यसको असर नेपालमा पनि आजभन्दा भोलि भन्दा भयावह बन्दै गएको छ ।अर्कोतर्फ छिमेकीले मौकामा चौका दाउ हान्नु पर्छ भनेर सिमाना हस्तक्षेप गरिरहेको छ ।सरकारलाई मात्रै नभएर नेपाली राजनैनिक अवस्थामा नै उथलपुथल हुने अवस्था सृजना भएको देखिन्छ ।नेपालको सार्वभौमसत्ता माथि धक्का पुर्याएको छ।सामान्य छैन जति हेर्दा सहज छ त्यति सजिलो छैन स्थिति । हिजोका इतिहासमा शासकहरुको गरेको कमजोरले अहिलेको सरकारलाई निकै कठिन अबस्था छ।
हुन त हिजोका दिनमा पनि यिनै नेताहरुको नै कमजोरी देखिन्छ सिमानाको बिषयमा।हिजोका कालखण्डमा शासकहरुले जनतामाथि दमन गरेका थिए र जनताको अधिकार खोसेका थिए बोल्नेसम्म साहस थिएन ।बोल्यो कि पोल्यो भन्ने खाले शासन थियो ।सबै बोल्न डराउथे पहुँच वाला र शासकले जे गर्यो त्यसैलाई मान्नु पर्ने बाध्यता पनि थियोे ।अहिलेको व्यवस्था भनेको त्यस्तो छैन।देश जनताको हातमा छ शासन जनताको छ।घरघरमा सिंहदरबार देखावटिका लागि भए पनि पुगेकै छ।जनताले चाहे जस्तो शासन फेरिन पनि सक्छ ।हुन त हिजोका कालखण्डमा पनि थियोे तर त्यति बेलाका शासकले सत्यको पक्षमा आवाज उठाउनेलाई पनि दण्डित गर्थे र डराउनु पर्ने अवस्था थियोे ।
सायद बुझेका होलान तर पनि बुझेर बुझ पाचएका पक्कै हुन।हिजो के भयो के के गल्ति भए को को बाट भन्ने तर्फ अब नलागौ ,सबैले आ आफ्ना गल्ति सुधार्न जरुरत अबका दिनमा ।
अाज त्यस्तो अवस्था भने छैन।देशमा लोकतान्त्र छ ,अधिकार जनताको हातमा छ तसर्थ देशका माथिल्लो अोदाहमा बसेर राजनीति गरिरहेका नेताहरुले के बुझ्नु जरुरी छ भने जनता नै शक्ति हो जनताको जति शक्ति भन्दा ठूलो अरु केही हुदैन भन्ने बुझ्नु पर्छ ।सायद बुझेका होलान तर पनि बुझेर बुझ पाचएका पक्कै हुन।हिजो के भयो के के गल्ति भए को को बाट भन्ने तर्फ अब नलागौ ,सबैले आ आफ्ना गल्ति सुधार्न जरुरत अबका दिनमा ।
सम्माननिय प्रधानमन्त्री ज्यू पहिला तपाईंको यो साहसलाई सलाम छ ।हामी सबै तपाईंको साथमा छौ।तपाईंको नेतृत्वको सरकारले लिपुलेक ,कालापानी ,लिम्पियाधुरा सहितको नेपालीको नयाँ नक्शा सावर्जानिक गर्दा देशमै उमंग छाएको छ ।उता छिमेकी मुलुक भारतमा भने हंगामा मच्चिएको छ ।यतिबेला कुनै पनि नेतृत्व वर्गहरु पक्ष विपक्षमा छैनन् ।तपाईंको यो साहसिक कदमलाई सबैले स सम्मान साथ दिएका छन् ।
सम्माननिय प्रधानमन्त्री ज्यू हिजो जस्तै समुन्द्रमा पानीजहाज कुदाउँछु भने जस्तै नहोस् त्यो बोली।तुइन बिस्थापित तर्छु भने जस्तै कथा नहोस् ।पानी जहाज कुदाउनु पर्दैन समुन्द्रमा फेरि एक दशक तुइन नै प्रयो गर्नेछन् जनताले। कोरोना भाइरस महामारी रोगको पनि सामना गर्छन्।
तपाईंलाई ठुलो चुनौती पनि छ र यौटा अवसर पनि हो ,द लिडर ,बन्ने।फेरि यस्तै साथ नहोला पनि सबै दल र जनताको ।अन्तिम बिन्दुमा पुगेको छ सिमानाको विवाद , यहि बेला भुमि फिर्ता गराउन सके इतिहास रचिनेछ तपाईंको पनि।होला हिजोका दिनमा तिनै शासकहरुसँग मिलेर तपाईंले पनि गल्ति गर्नु भयो होला ।तपाईंले संसद भवनमा नेपाली भुमि फिर्ता गर्छु ,गरेरै छाड्छु भन्ने अभिव्यक्तिले तपाईंलाई र तपाईंको नेतृत्वको सरकारलाई साथ दिएका छन्।
सम्माननिय प्रधानमन्त्री ज्यू हिजो जस्तै समुन्द्रमा पानीजहाज कुदाउँछु भने जस्तै नहोस् त्यो बोली।तुइन बिस्थापित तर्छु भने जस्तै कथा नहोस् ।पानी जहाज कुदाउनु पर्दैन समुन्द्रमा फेरि एक दशक तुइन नै प्रयो गर्नेछन् जनताले। कोरोना भाइरस महामारी रोगको पनि सामना गर्छन्।मात्रै चिन्ता जनतालाइ यतिबेला छिमेकीका कालापानीका सेना फिर्ता जान्छन् कि जाँदैनन्? लिपुलेक हुँदै चिनसम्म जोडिएको सडक नेपालको हुन्छ कि हुँदैन?
तर त्यहाँका जनताले “हामी नेपाली होइनौं, हाम्रो देश भारत हो ।” भन्दिए भने विश्वमञ्चमा नेपालले मुख देखाउन सक्छ ?। लिम्पियाधुरा हाम्रो हो भन्ने राज्यले त्यहाँका जनतालाई तिमीहरू नेपाली हौ भन्न कहिले गए ?
१९९५ सालमा लिम्पियाधुरा क्षेत्रका नागरिकले बाली बुझाएको प्रमाणका आभारमा २०१५ सालको आमनिर्वाचनको मतदाता नामावली आधारमा र २०१८ सालको सोही क्षेत्रमा जनगणना भएकोे आधारमा नेपाली भुमि फिर्ता हुन्छ कि भन्ने चिन्ता छ। तर यी तथ्य र प्रमाण हुँदा हुँदै पनिभारतीय पक्षले भनिसक्यो कि, कालापानीदेखि उताका जनताले भारतीय आधारकार्ड प्राप्त गरिसकेका छन । “हामी नेपाली हौं । हाम्रो देश नेपाल हो । हामी भारतीय नागरिकता लिन्नौं ।” भनेर त्यहाँका जनताले किन भन्न सकेनन होला ? आफ्नो देश (नेपाल) प्रति किन अपनत्व जताउन सकेनन होला ? किन देशै त्याग्ने मन बनाए होलान ? यी प्रश्नको जवाफ राज्यको सुविधा पचाएर बस्ने तपाईंहरुसित छ जवाफ? यी प्रश्नको जवाफ पाउन त लिम्पियाधुराकै जनता भएर सोच्नुपर्नेछ ।भोलि कदम कदाचित त्यो भूगोल नेपालले पायो रे मानौँ ।
अर्को कुरा भारतमा बसेर रोजगारी गर्दै आएका लाखौं युवा आफ्नो माटोका निम्ति रोजगार त्याग्न तयार भएका छन् गोर्खा सैनिकका केही जवानले देशको रक्षाका निम्ति आफ्नो ज्यान दिन तयार भएका ट्विट सार्वजनिक भएका छन्।दुई छाक खान दिएर बर्षौ कसैलाई पाल्न सकिने रहेछ तर कसैले आफ्नो भुमिमा कुदृष्टि लगाउदा सहन सकिने रहेनछ भन्ने अभिव्यक्त आइरहेका छन।
तर त्यहाँका जनताले “हामी नेपाली होइनौं, हाम्रो देश भारत हो ।” भन्दिए भने विश्वमञ्चमा नेपालले मुख देखाउन सक्छ ?। लिम्पियाधुरा हाम्रो हो भन्ने राज्यले त्यहाँका जनतालाई तिमीहरू नेपाली हौ भन्न कहिले गए ? माटोको असाध्यै चाह गर्ने हाम्रा शासकहरूले त्यो माटोमा बस्ने जनतालाई आफ्नो भनी स्वीकार्न नचाहने आजसम्मको चरित्रको पछिल्लो कडी नबनोस् लिम्पियाधुरासम्मको दाबी । अनि आफ्नै पार्टीभित्रको चरम असन्तुष्टि र विरोध छल्नका लागि प्रधानमन्त्रीज्युले उठाएको कदम नठहरियोस् लिपुलेकको मुद्दा ।
अर्को कुरा भारतमा बसेर रोजगारी गर्दै आएका लाखौं युवा आफ्नो माटोका निम्ति रोजगार त्याग्न तयार भएका छन् गोर्खा सैनिकका केही जवानले देशको रक्षाका निम्ति आफ्नो ज्यान दिन तयार भएका ट्विट सार्वजनिक भएका छन्।दुई छाक खान दिएर बर्षौ कसैलाई पाल्न सकिने रहेछ तर कसैले आफ्नो भुमिमा कुदृष्टि लगाउदा सहन सकिने रहेनछ भन्ने अभिव्यक्त आइरहेका छन।कुनै रोगले मरियोस्,भोकै मरियोस् तर कसैको थिचोमिचोमा बस्न नपरोस् भनेका छन् नेपाली जनताले।लड्नु परे लड्न तयार छौ देशको निम्ति मर्न हामी पनि तयार छौ भनेका छन्।हिजोसम्म सारा जनता चुप थिए,बाध्यता थियोे ,अाज भोकले। मर्छौ ,रोगले मर्छौ तर स्वाभिमानी भएर बाँच्छौ भनेकाछन् जनताले।
सम्माननिय प्रधानमन्त्री ज्यू हिजो २०७२ को महा भुकम्प पछि भारतले गरेको नाकाबन्दिमा पनि यस्तै साथ दिएका थिए ।जनताले ,चिउरा खाए ,चाउचाउ खाए केही छाक भोकै पनि बसेर भनेका थिए जनताले भारतसँग नझुकौ।हो अाज पनि त्यसरी नै साथ दिएका छन् कोरोना भाइरससँगको लडाइ छँदैछ लडिरहेका छन् सरकारको लकडाउनलाइ पुर्ण रुपमा साथ दिएकै छन् भोकभोकै बसेर पनि।सारा व्यापार अस्तव्यस्त पारेर बाँझो वारि खन्न तिर लागिरहेका छन् जनता।अब अतिक्रमण भुमि फिर्ताको लडाई लड्नु पर्छ भनेका छन।।हामी नेपाली स्वाभिमान बेच्दैनौ पसिना बेच्छौ, माटो बेच्दैनौ माटोमा अन्न फलाएर बेच्छौ,आमा बेच्दैनौ आमाका सपना साकार पार्छौ भनेर पाठ सिकाइ दिउँ अनि बल्ल हामी साँच्चै सगरमाथाका देशका मान्छे भनौला अनि भनौला वीर गोर्खाली हौ भनेर।
अन्तमा राष्ट्रियताको मुद्दामा हामी हाम्रो देशसित, सरकारसित, प्रधानमन्त्रीसित छौँ । तर, भौगोलिक एकतासंगै यो देशमा जनताको भावनात्मक एकता झन बढी हुनुपर्छ भन्नेमा हामी स्पष्ट छौं ।लिम्पियाधुराका जनतालाई भावनात्मक एकतामा बाँध्नु पर्छ भन्ने लाग्छ।भूगोल फिर्ता भयो भने त्यहाँका जनता फिर्ता हुन्नन कि भन्ने डर, भूगोल नै फिर्ता भएन भने सधैंभरि हाम्रो भूमि भारतले कब्जा गरेको पीडा, आक्रोश र आत्मग्लानीमा ज्यूनुपर्ला भन्ने डर छ।फेरि पनि यो समस्याको समाधान गतिलो र छरितो कूटनीतिक उपायबाटै सम्भव छ ।कुटनैतिक पहल नै सबैभन्दा राम्रो कदम हो भारतसँग दुश्मनि पनि ठिक छैन र मित्रताको बहानामा थिचोमिचो पनि सह्य छैन हामीलाई ।छिमेकीसित पहिले जस्तै सुमधुर सम्बन्ध कायमसँगै अघि बढ्नुहोस् ।
जय नेपाल
जय देश
नारायण काँईलो





