Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अबका आवश्यकता भोजन, औषधि र लत्ताकपडा

जनता भ्वाइस by जनता भ्वाइस
May 24, 2020
in विचार
0
अबका आवश्यकता भोजन, औषधि र लत्ताकपडा
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

‘विदेशमा भएका नेपाली दाजुभाइहरू डरलाग्दो रूपले स्वदेश फर्किने दिनको व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेका छन् । तिनीहरू देशमा फर्केपछि रोजगारीका लागि मारामार त पर्छ नै अर्कोतर्फ तिनीहरूको स्थायी र सघन उपस्थितिले विद्यमान् खाद्य चक्रमा पार्ने असरको यतिखेर कल्पना समेत गर्न सकिँदैन ।’
‘नेपालको मात्र होइन विश्वकै सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक, शैक्षिक र व्यावहारिक शैली र तौरतरिकाहरू कोरोना महामारीसँगै एकाएक फेरिएका छन् र ती कोरोनाकोे महामारीपछि पनि फेरिएरै रहने छन् ।’

तर भयो के भने ‘आग लागी झुपडी डेढ घडी भद्रा’ स्वास्थ्य सामग्री किन्ने बेलामा स्वास्थ्य मन्त्रालय र देशको पूरै सरकार नानीदेखिको बल लगाएर नानाभाँतीका ससाना खिच्रिङ्मिचिङ् भ्रष्टाचारका तुरुपमा अल्मलिनाले मुलुकमा तोकिएको समयमा ओखती आउन सके

‘अब नेपालको पानी, नेपालका खानी, नेपालीको बानी र नेपाली युवाको जवानी देशले तौलीतौलीकन प्रयोग गरेन भने नेपालका आगामी दिनहरू चौपट हुने छन् ।’
‘महामारीमा पुराना राजनीतिक शक्तिहरूको कार्यशैलीले जनतालाई के एहसास् भयो भने वर्तमान समयमा क्रियाशील सबै राजनीतिक पार्टीका नेता÷नेतृहरू सामान्य समयका लागि मात्रै शासनका लागि ठीक रहेछन् ।

व्यापक र भरपर्दो पूर्वाधार तयार गर्न सकेन, तर भयो के भने ‘आग लागी झुपडी डेढ घडी भद्रा’ स्वास्थ्य सामग्री किन्ने

नेपालमा कोरोनाले भर्खरभर्खर प्रभाव पार्दैका दिनहरूमा सरकारले चाहेको भए देशैभरिका सबै स्कुल र क्याम्पसमा सुविधासम्पन्न क्वारेन्टिनका लागि गतिलो व्यवस्था, देशभरिका सबै सरकारी र निजी अस्पतालहरूमा पिसिआर र आरडिटी जाँचका लागि व्यापक र भरपर्दो पूर्वाधार तयार गर्न सकेन, तर भयो के भने ‘आग लागी झुपडी डेढ घडी भद्रा’ स्वास्थ्य सामग्री किन्ने बेलामा स्वास्थ्य मन्त्रालय र देशको पूरै सरकार नानीदेखिको बल लगाएर नानाभाँतीका ससाना खिच्रिङ्मिचिङ् भ्रष्टाचारका तुरुपमा अल्मलिनाले मुलुकमा तोकिएको समयमा ओखती आउन सकेन । जसले गर्दा महामारीलाई भनेजस्तो तरिकाले कोरोनाको ट्याकल गर्न सकिएन ।’

सरकारले माघ र फागुन २ महिनालाई बेवास्ता वरी समय बर्बाद गर्ने काम ग¥यो । जसका कारण कोरोना संक्रमण पहिलो, दोस्रो र तेस्रो चरणमा प्रवेश गरिसकेको अवस्था छ । अहिले बन्दाबन्दीको करिब २ महिना बित्न

‘भारतमा कोरोनाको प्रकोप बिस्तारै बढेका बेला हामीले दक्षिणतिरको हाम्रो सिमालाई कडाइ गरेर मात्र देशमा भित्रिन चाहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई देशमा भित्र्याउन सकेको भए अहिलेजस्तो गरी यो कोरोनाको संक्रमण समुदायमा छिरिसक्ने थिएन । सरकारमा बसेका मानिसहरूले रोकथामका लागि ‘राइट मेन राइट प्लेस’ गर्न सकेनन् या मानेनन् । गल्ती यहीँ भयो । अब नेपालले केही हप्तामै कोरोना कहरबाट निकै ठूलो मूल्य चुकाउनु पर्दछ ।’
यी र यस्तैयस्तै कुराकानीका बीच सरकारले माघ र फागुन २ महिनालाई बेवास्ता वरी समय बर्बाद गर्ने काम ग¥यो । जसका कारण कोरोना संक्रमण पहिलो, दोस्रो र तेस्रो चरणमा प्रवेश गरिसकेको अवस्था छ । अहिले बन्दाबन्दीको करिब २ महिना बित्न लाग्दैछ । एक प्रकारले नेपाली जनमानसमा निराशा र हताशाको ग्राफ यो बन्दाबन्दीले बढाएको छ । मानिसहरू अहिले विभिन्न कोण प्रतिकोणहरूबाट कोरोना कहरका बारे देशीय र विश्व स्तरमा विश्लेषण गर्न थाली सकेका छन् ।

अर्थतन्त्रलाई चलायमान बनाउने आर्थिक टुल्सहरू कृषि, ठूला बेपार, उद्योग, पर्यटन, होटल, यातायात, स्कुल, कलेज, कार्यालयहरू, बैँक, सहकारी संस्था, न्यायलय, सेयरबजार, ससाना बेपारका कर्महरू र वित्तीय संघसंस्थाहरू समेत सबै ओथारो

यो कोरोना महामारीको विश्वव्यापी प्रकोपबाट हामीले उन्मुक्ति कसरी पाउँछौं ? उन्मुक्ति पाएका दिन जब हामी विना पैसाको खल्ती बजारमा जान्छौं अनि हामीले कसरी आफ्नो दैनन्दिन व्यवहार चलाउँछौं ? यी प्रश्नहरू अहिले निम्न र मध्यम वर्गीय नेपालीका अघि भोको सिँहझैँ गरी डुक्रिएको अवस्था छ । जसको उत्तर अर्थमन्त्री लगायत कसैसँग पनि छैन । छिमेकी भारतले पहिलो चोटी निम्न वर्गका जनतालाई र दोस्रोचोटी मध्यम वर्गलाई समेत समेटेर आर्थिक राहतको प्याकेज ल्यासक्यो जसले गर्दा त्यहाँका जनता खुसी भए र केही भए पनि आर्थिक चोटको घाउमा मलम लाग्यो । नेपालमा भने भारतले गरे जति पनि हाम्रो देशले जिम्मेवार भएर गर्न सकेन । यतिखेर हाम्रो समग्र अर्थतन्त्रलाई चलायमान बनाउने आर्थिक टुल्सहरू कृषि, ठूला बेपार, उद्योग, पर्यटन, होटल, यातायात, स्कुल, कलेज, कार्यालयहरू, बैँक, सहकारी संस्था, न्यायलय, सेयरबजार, ससाना बेपारका कर्महरू र वित्तीय संघसंस्थाहरू समेत सबै ओथारो बसेका छन् ।

जनता बन्दाबन्दीमा घरभित्रै बसेर आफ्नो ऊर्जा खेर फालिरहेका छन् भने सरकार बन्दको विकल्प बन्द नै भनेजस्तो गरेर कोरोना संक्रमणको एकमात्र अचुक उपाय बन्दलाई लिई अघि बढिरहेछ ।
जतिजति बन्द लम्बिदैँछ उतिउति जनतामा घोर निराशा र कुण्ठाले बास गर्दै छ । गरिबको चुलो निभिसक्यो । कूल उत्पादनले अबका केही महिना धाने पनि लामो समय धान्नै सक्दैन । खेती लगाउने समय आउन लाग्यो । यसको कसैलाई मतलव छैन ।

नेपालको पानी, खानी, बानी र युवाको जवानीलाई अधिकतम् रुपले प्रयोग गर्न सक्ने कार्यक्रमहरू समावेश भएको बजेट ल्याउनु प¥यो,

अर्थतन्त्रको चक्रलाई घुमाउनका लागि जनतालाई घरभित्र थुनेर मात्र हुँदैन । भारतले केही राज्यमा विभिन्न तरिकाले उद्योग, बेपार र कार्यालयहरू खोलिसक्यो भने रेल र बसका सेवाहरू पनि खोलिदिएको छ । उसले रेल र बस खोलिदिए पछि बाध्य भएर हाम्रो दक्षिणी सिमानामा मानिसहरूको बाक्लो उपस्थिति बढ्दै गएको छ । हामी भारतबाट आउने नेपालीहरूलाई पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म हाम्रो करिब १८ सय किलोमिटरको लामो र खुला बोर्डरमा रोक्नै सक्दैनौ ।

जो कोही चेतनशील नेपालीलाई सजिलैसँग अत्याउने गर्दछ । यो अवस्थाबाट पार पाउनका लागि देशले अहिले बजेटको तर्जुमा गरिरहेकै


हुन त अहिले नेपालको दक्षिणी सीमानामा सरकारले सशस्त्र प्रहरीलाई खटाएको छ । त्यसले सिमापारबाट देशमा भित्रिने नेपाली र नेपालबाट बाहिरिने भारतीयहरूलाई नियमन गर्ने काम गरेको छ । तर खुला र व्यवस्थित सीमा नहुनाले अहिले नेपालमा भारतबाटै आएका नेपालीहरूले ह्वारह्वार्ती कोरोना कहर बढाएको अवस्था छ । यो घाम जत्तिकै छर्लङ्ग छ ।
जनस्वास्थ्यविद् डा.मिलन पाण्डे भन्नुहुन्छ ।

‘जेठ र असारमा कोरोनाको प्रक्रोप झनै बढेर जानेछ । त्यो बेलामा हामीले सामाजिक दूरीलाई कायम राख्दै खेती किसानीका कामहरू अघि बढाएनौ भने आउँदो साल हामी भोकमरीको चपेटामा पर्नेछौं । हामीले अब जीवन चलाउनका लागि भए पनि ससाना बेपार, उद्योग, कलकारखाना र समाजका अन्य गतिलाई चलायमान बनाउनु पर्दछ ।’

  • बन्दाबन्दीका बीचमा देशैभरि बढेका देखिएका आपराधिक घटनाहरू, मानिसहरूको अकल्पनीय रूपमा देशैभरि देखिएका बढ्दा आत्महत्याका घटनाहरू र अर्थतन्त्रको क्रमशः खुम्चिदो ग्राफले जो कोही चेतनशील नेपालीलाई सजिलैसँग अत्याउने गर्दछ । यो अवस्थाबाट पार पाउनका लागि देशले अहिले बजेटको तर्जुमा गरिरहेकै बेलामा खासगरी निम्न लिखित कार्यहरूमा ध्यान दिनु अति आवश्यक देखिन्छ ।
  • सबै प्रकारका फजुल सरकारी र गैह्र सरकारी खर्चहरूको कडाइका साथ कटौति गर्ने,
  • कृषिलाई निर्वाहमुखी पेसाबाट बाहिर ल्याएर निर्यातमुखी पेसामा परिवर्तन गर्नु प¥यो,
  • कृषि पेसामा युवाहरूलाई प्रोत्साहन र हौसलाका विभिन्न इन्सेन्टिभ कार्यहरू गर्नु गराउनु प¥यो,
  • शिक्षा, स्वास्थ्य र सार्वजनिक यातायातजस्ता बहुधा गरिब र निमुखा वर्गहरू जोडिने र अधिक प्रयोग गरिने वस्तुहरू राज्यको नियन्त्रणमा हुनु प¥यो । अहिलेको स्थितिमा स्वास्थ्य, शिक्षा र सार्वज्निक यातायातमा राज्य कति निरिह र पङ्गु रहेछ भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग देखियो,
  • नेपालको पानी, खानी, बानी र युवाको जवानीलाई अधिकतम् रुपले प्रयोग गर्न सक्ने कार्यक्रमहरू समावेश भएको बजेट ल्याउनु प¥यो,
  • कोरोनाले हातधुने, स्यानिटाइजर लगाउने, भौतिक दूरी कायम राख्ने (जसलाई हामीले नजानेर सामाजिक दूरी भनेका छौं) र मास्क संस्कृतिको प्रयोग थालेका छौं । साँच्चै भन्ने हो भने यी सबै स्वास्थ्यसँग सम्बन्धित वस्तुहरूको हाम्रो देशमा कस्तो अभाव रहेछ भन्ने कुराको निःसंकोच जानकारी दिलायो,
  • सरकार जनतालाई घरबन्दीमा सीमित राखेर सिडियोका मातहतमा आफूखुसी सत्ताका र शक्तिका आडमा पास बाँडेर एकाएक रोगलाई समुदाय स्तरमा ओराल्न उद्यत्त भयो, तिघ्रेमुङ्ग्रे, टोले डन र काला बजारीहरूले सरकारी अकर्मण्यताको पूरै फाइदा उठाए भनेर सांसद रामनारायण विडारीले संसदमा पटकपटक प्रश्न उठाएका थिए तर सरकारले सुन्ने काम गरेन,

प्रशासनिक, व्यापारिक, सेयर बजार, सिनेमा, सडक यातायात, हवाई यातायात र होटल तथा पर्यटन क्षेत्रमा गरिने काम कारबाहीमा डिजिटलाइजेसनका कार्यहरू अख्तियार गर्ने,यसरी क्रमशः हामीले यो लामो, निरश र भयलाग्दो बन्दाबन्दीबाट उम्केपछि जीवनलाई चलाउनका लागि गरिने कार्यहरूमा जतिसक्दो मात्रामा निर्वाहमुखी, विकासमुखी र साधारण जीवनशैली शुरू गर्नु पर्ने छ । त्यसको थालनीका लागि मानिसहरूले अहिले बन्दाबन्दीका समयमा घर बसेकै बेलामा योजनाहरू बनाउन थालिहाल्नु पर्ने भएको छ । सबैमा चेतना होस् ।

  • बजेटमै व्यवस्था हुनु प¥यो कि आगामी केही वर्ष र दिनहरूमा नेपालीले खाद्यान्न, ओखतीमुलो र लत्ताकपडामा मात्र खर्च गर्ने, फजुल र अनावश्यक खर्च कुनै पनि क्षेत्रमा नगर्ने,
  • विदेशबाट आयात गरिने मोटर, गाडी, टेलिभिजन, कम्प्युटर, मोबाइल, घडी र अन्य विलाशिताका सामग्रीहरूको पूर्णरुपमा आयातमा बन्देज लगाउने जसका लागि भन्सार दर समेत उच्च वृद्धि गर्ने,
  • सबै प्रकारका कृषि कार्यका लागि राज्यले हावाबाट, सूर्यको प्रकाशबाट र ससाना खोला खोल्सीबाट बिजुली निकाल्ने कार्यलाई बढावा दिनका लागि बजेटमै निश्चित प्रकारका कर छुटको व्यवस्था गर्ने,
  • विद्यालय, महाविद्यालय र विश्वविद्यालयहरूमा रेडियो, टिभी र अनलाइनबाट हुने खालका दूर शिक्षण प्रविधिलाई बढावा दिने, जसका लागि देशैभरि स्थापित कम्तिमा हाइस्कुलहरूमा विद्युतीकरण, इमेल इन्टरनेटको व्यवस्थाका लागि नेपाल टेलिकमलाई वार्षिक रुपमा सरकारी तवरबाट एकमुष्ठ बजेटको व्यवस्थापन गरी कार्य गर्ने,

जय देश !

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

हामी नेपाली स्वाभिमान बेच्दैनौ पसिना बेच्छौ, माटो बेच्दैनौ माटोमा अन्न फलाएर बेच्छौ

Next Post

रामेछापमा थप एकमा आरडिटी पोजेटिभ : संख्या ६ पुग्यो

Next Post
रामेछापबाट कोरोनाको आशंकामा एक महिलाको स्वाब धुलिखेल पठाईयो

रामेछापमा थप एकमा आरडिटी पोजेटिभ : संख्या ६ पुग्यो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.