यतिबेला नेपाल सहित विश्व समुदाय कोरोना भाइरस (कोभिड १९) को महामारीसँग जुधिरहेको छ । । सम्भव भए सम्म सबै जना घर भित्र आफ्नो परिवारसँग बसिरहेका छन् । हुनेखाने र हुँदा खाने जस्तो परिवार भए पनि कोभिड १९ को प्रकोप छल्न घर भित्र छन् ।
नेपाली विभेदपूर्ण समाज, अझ आर्थिक रुपमा आप्mनो र अर्काको आकास जमिनको फरकपनालाई यहाँ हुँदा खाने र हुनेखाने वर्गको परिवारमा घरका महिलाहरुले कसरी मीठो मसिनो खुवाउलान् ? आफ्नो घरमा मिठो मसिनो खानेकुरा छ छैन भन्ने कुराको हेक्का नै नराखी केही पुरुषहरु आफू चाहिँ विश्व थेग्ने जिम्मा लिएको जसरी कुर्सीमा बसेर आदर्शका गफ जोतिरहेका भेटिन्छन् । आफूलाई दुनियाँकै निकै आर्दशवादी समाजसेवी हूँ जस्तो रवाफ देखाएर बसिरहेको अवस्था छन् ।
आफूले लगाएको कपडा अरुले धोइदिनु पर्ने वास्तविकतामा यो समाजका अधिकांश पुरुषहरु छन्
समाजमा संसारका आधा आकास महिलाहरुको सन्दर्भमा अहिलेका पुरुषहरूले सहयोग र त्यागको नाममा खान खान मल, मुत्र भन्दा त्याग गर्न भन्दा बाहेक अरु केही नसक्नेहरुको गफ निकै चोटिलो र रसिलो बन्ने गरेको छ । यो हद् सम्म कि आफूले लगाएको कपडा अरुले धोइदिनु पर्ने वास्तविकतामा यो समाजका अधिकांश पुरुषहरु छन् । वस्तवमा यो पुरुषहरुको अक्षमता होइन, यो सिधा या घुमाउरो रुप, जेबाट भएपनि समाजका नारीहरु प्रति गरिएको अपहेलना र हिंसा हो ।
एक छाक खाना आफ्नो हातले बनाएर खान नसक्नेहरु यस समाजका केही पुरुषपात्रहरुले महिला हिंसाको विरुद्धमा हामी बोल्नु पर्छ भन्ने कुर्लिने गरेको देख्दा लाग्छ, महिला हिंसाको विरुद्धमा समाजलाई क्लियर पार्ने टेण्डर यिनै पुरुषहरुले लिएका होलान् । कुरा र प्रवृत्ति देख्दा सुन्दा निकै मिठो हाँसो लाग्छ ।
श्रीमान् पात्र, छोरा पात्र या अन्य कोही पुरुष होस्, आफू चाहिँ दिनभर तास खेल्ने र जाँड रक्सी खाने गरेको देखेर गाली गर्दा निर्घात् कुट्टाई समेत खाए
तीतो यथार्थ यो हो कि यही समाजको त्यही पुरुष हो, जो ‘अहिले यो लकडाउनले गर्दा महिला हिंसा बढेको छ’ भनेर फोनमा साथीहरुसँग गफ लडाउँदै गरिरहेको भेटिन्छ । तर वास्तविकतालाई सतहमै हेर्ने हो भने पनि उनीहरुका आमा, दिदीबहिनी र श्रीमती मरुन्जेल दाना न पानी काम गरेर आउँदा त्यो एउटा श्रीमान् पात्र, छोरा पात्र या अन्य कोही पुरुष होस्, आफू चाहिँ दिनभर तास खेल्ने र जाँड रक्सी खाने गरेको देखेर गाली गर्दा निर्घात् कुट्टाई समेत खाएका छन् ।
दिनभर कुर्सीमा बसेर कलम चलाउने अनि सरकारको पैसा खाने पुरुषले आफ्नो घरको श्रीमतीले घामपानी नभनी खेतबारीमा काम गर्दा उठेका ठेला, भान्सामा काम गर्दा फुटेर कालो भएका हात मैलिएका कपडा देखेर आफ्नी श्रीमती फोहोरी बुढी देख्छ
यी नै पुरुषहरु हुन्, आइमाई भए पछि आइमाईको स्थानमा बस्नु पर्छ भन्छन् । हो, महिलाले आफ्नो औकात देखाउन नसकेर नै महिला माथि हिंसा भएको हो किनकी दुर्गा, काली जसरी अन्यायको विरुद्धमा पुरुषसँग लड्नु पर्छ अनि मात्र महिलाको औकात थाहा हुन्छ भने यही समाजका पुरुषहरुको विरुद्धमा लडे त्यसैगरी यतिबेला अन्यायको विरुद्धमा महिलाहरु अझ जुझारु बन्न जरुरी छ । दिनभर कुर्सीमा बसेर कलम चलाउने अनि सरकारको पैसा खाने पुरुषले आफ्नो घरको श्रीमतीले घामपानी नभनी खेतबारीमा काम गर्दा उठेका ठेला, भान्सामा काम गर्दा फुटेर कालो भएका हात मैलिएका कपडा देखेर आफ्नी श्रीमती फोहोरी बुढी देख्छ ।
मेरै कारण त्यस्तो हुन नसकेकी हो भन्ने एक प्रतिशत पनि सम्झदैन । अर्काकी श्रीमतीको हरेक नखरा राम्रो लाग्ने पुरुषलाई आफ्नी श्रीमतीले गर्ने मायाले किन छुँदैन ?
अनि अरुले सुखले राखेकी अर्काकी श्रीमती खुब राम्री देख्छ । तर त्यो भन्दा राम्री मेरी श्रीमती पनि छे, मेरै कारण त्यस्तो हुन नसकेकी हो भन्ने एक प्रतिशत पनि सम्झदैन । अर्काकी श्रीमतीको हरेक नखरा राम्रो लाग्ने पुरुषलाई आफ्नी श्रीमतीले गर्ने मायाले किन छुँदैन ?प्रसङ्गबस्, कुनै कुरामा आवाज उठाउन खोज्दा पोथी बासेको सुहाउँदैन भन्छन् । अनि बिर्सन्छन् भाले छिप्पिएर बासेपछि आयु सकिन्छ भन्ने । अर्काकी श्रीमतीलाई रानी भन्छ, अनि आफूलाई राजा सम्झिन्छ । तर आफ्नी श्रीमती दास बनाउँछ र वास्तवमा आफू दासको बूढो दासै भएको पत्तो पाउदैन् । सबै पुरुषलाई यस्तो स्वभावका भनेको होइन जो यस्तो हुनुहुन्छ आफै म म भन्नुस् । अनि आफूले आफ्नो घरमा कत्तिको हिंसा गरेको छु या छैन आत्म मूल्याङकन गर्नुस् ।
एकातिर कोरोनाको प्रकोपको चपेटा अर्कोतिर आफू माथिको श्रीमान, सासुससुरा लगायातबाट हुने हिंसा अनि अभाव भित्र बसेर गर्नु पर्ने बालबच्चाको स्याहारसुसार, यो प्रताडना महिलाहरुले कति समय झेल्नु पर्ने हो । आखिर महिला पनि त मान्छे हो । उसलाई पनि त भोक लाग्छ, तिर्खा लाग्छ । आम मानवीय संवेगहरु ऊ सँग पनि त पुरुषहरुलाई जस्तै हुन्छ । या कुरा यो मानव सभ्यतामा पुरुषहरुले बुझ्नेदिन कहिले आउला ?
आफ्नी छोरीको बुढो (ज्वाइँ) छोरीलाई माया गर्ने सहयोग गर्ने, छोरीले जे भन्यो त्यही मान्ने होस् भन्ने आमाहरु आफ्नो छोराले बुहारीको एउटा मात्र कुरा सुनेर
यो समाजको संरचनाबाट हरेक कुराबाट पीडित हुनु परेको छ महिला । अनि आफ्नी छोरीको बुढो (ज्वाइँ) छोरीलाई माया गर्ने सहयोग गर्ने, छोरीले जे भन्यो त्यही मान्ने होस् भन्ने आमाहरु आफ्नो छोराले बुहारीको एउटा मात्र कुरा सुनेर सहयोग गर्न खोज्दा स्वास्नीको कुरा सुनेर हामीलाई भुल्यो हिजोसम्म छोरो थियो आज मोरो भयो भन्ने आमाबाको पनि कमी छैन । न त महिलाले महिलाको सम्मान गर्न सकेको छ ।
न त पुरुषले नै महिलालाई सम्मान गर्न सकेको छ । अहमताले आफ्नो स्वर्ग जस्तो घर बिगारेर सबैलाई पीडामा बस्न बाध्य भएको परिवार यो नेपाली समाजमा कमी छैन । कोरोनाको त्रास एकातिर अनि अर्कोतिर घरेलु हिंसा खपेका महिला दिदिबहिनी न्यायको लागि आवाज उठाउँदा यही भएको घर पनि बिग्रन्छ कि भनेर पिल्सिएर बसेका छन् । वास्तविकतामा पुरुषहरुले गर्ने गरेको महिला हिंसा त छँदैछ । तर महिलाहरुले महिलाको हिंसा गरेको प्रष्ट प्रमाणहरु पनि छँदैछन् । आधा आकास महिला र बाँकी आकास पुरुष भएर यो संसारको गरिमालाई अझ भन्दा प्रकृतिको सुन्दर सिर्जना मानव सभ्यतालाई उत्कर्षमा पुर्याउनु पहिलो दायित्व समाजका पुरुषहरुको हो भने दोस्रो दायित्व महिलाहरुको पनि हुन आउँछ ।