Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

किताबलाई कम्प्युटरमा अटाउनु पर्ने हो तर हामी कम्प्युटरलाई किताबमा अटाउन खोजिरहेका छौं

Kumar Shrestha by Kumar Shrestha
May 29, 2020
in विचार
0
किताबलाई कम्प्युटरमा अटाउनु पर्ने हो तर हामी कम्प्युटरलाई किताबमा अटाउन खोजिरहेका छौं
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कम्प्युटरको युगको बोलावाला चल्दैछ । त्यो पनि लेटेस्ट् ।
कम्प्युटरलाई यस्तै सिस्टमसँग सम्बन्ध राख्ने एन्ड्रोइड, प्याड र ट्याबले स्थान लिइरहेका छन् । हिजोका दिनमा प्रयोग हुने प्mलपीवाला सिस्टमबोर्ड र सिआरटी मोनिटरहरु आज संग्राहलयमा सुरक्षित छन् । तिनीहरुको अस्तिव यतिबेला भ्रमणदलका अवलोकनकर्ताहरुलाई देखाउनका लागि मात्रै प्रयोग हुने अवस्थामा छ ।
तर इतिहासले विगतलाई सम्झाउँछ, त्यो विगत हो जसको कारण आज हामी हाम्रा हरेक कामलाई यन्त्रवत् बनाइरहेका छौं । आज कम्प्युटरको जमानालाई मान्छेले अत्यन्तै धेरै ‘क्यास’ गर्न सफल भएको छ । दैनिक जनजीवन, उद्योग, व्यापार, खोज, अनुसन्धान, शिक्षा, स्वास्थ्य लगायत अन्य धेरै धेरै क्षेत्रहरुमा यसको प्रयोगको आकार बढेको छ ।

शिक्षकलाई चलाउन नआएका इलेक्ट्रोनिक डिभाइसहरु विद्यार्थीहरु सहजै चलाउन सक्छन् ।यहाँनेर ‘गुरु गुण ही रहेगया, चेला सख्खर बनगया’ भन्ने हिन्दी उखान चरितार्थ हुन्छ ।


यो मेशिनरी युगको बेलामा विद्यालयको पठनपाठन संरचनामा पनि कम्प्युटरको अनिवार्यता दिन प्रतिदिन बढ्दैछ । विभिन्न ‘एप्स’ बनेका छन् । जसका कारण सुविधा सम्पन्न स्थानका बालबालिकालाई ‘अवसर’ भएको छ भने दूर दराजकालाई ‘अभिषाप’ ।
यस्तै पठनपाठनका क्षेत्रमा आएका नयाँ नयाँ प्राविधिलाई सबै तह र तप्काका शिक्षकले प्रयोगमा ल्याउँन नजान्दा विद्यार्थीलाई सिकाउनु पर्ने प्रविधिजन्य शिक्षण सामग्री बोकाको मुखमा कुभिण्डो बनेको छ । कतिपय अवस्थामा विद्यालयमा भएको ल्यापटप वा अन्य कुनै डिभाइस शिक्षकले चलाउन नजान्दा विद्यार्थीसँग नै सिक्नुपर्ने अवस्था छ ।
एकातर्फ शिक्षकको प्रविधिसीपमा त्यो अवस्था छ भने विद्यार्थी शिक्षक भन्दा निकै अगाडि छन् । शिक्षकलाई चलाउन नआएका इलेक्ट्रोनिक डिभाइसहरु विद्यार्थीहरु सहजै चलाउन सक्छन् ।
यहाँनेर ‘गुरु गुण ही रहेगया, चेला सख्खर बनगया’ भन्ने हिन्दी उखान चरितार्थ हुन्छ ।


हालका दिनहरुमा अधिकांश विद्यालयमा कम्प्युटर क्लास सन्चालन गर्नु पर्ने बाध्यता छ । सरकार वा अन्य कुनै संघ संस्थाले विद्यालयहरुलाई कम्प्युटर दिएको छ । तर त्यहाँ दक्ष जनशक्तिको अभावका कारण कम्प्युटरलाई कतिपय स्थानमा त कम्तिमा कपडाले छोपेर राखिएको छ त कतिपय स्थानमा धुलोले जात नचिनिने भएको छ ।
कम्प्युटरमा प्रयोग हुने ‘माउस’ कम्प्युटर कसरी चलाउने भन्ने कुरै छोडौं, माउस भन्नासाथ शिक्षकहरुको दिमागमा पहिल्यै ‘मुसा’ को आकार याद आउँछ । जो घर या खेतमा खेतीबाली नष्ट गर्ने मुसाको रुपबाट कम्प्युटर माउसको स्केच बनाउने शिक्षकहरु समेत अधिकाँश छन् । यस्तो हुनु शिक्षकको मात्र दोष होइन ।

जो घर या खेतमा खेतीबाली नष्ट गर्ने मुसाको रुपबाट कम्प्युटर माउसको स्केच बनाउने शिक्षकहरु समेत अधिकाँश छन् । यस्तो हुनु शिक्षकको मात्र दोष होइन ।


समयसँगै आएको प्राविधिको परिवर्तन हो । त्यही परिवर्तनसँगै पुराना शिक्षकलाई अपडेटमा राख्न नसक्नु राज्यको पनि दोष हो । भौगोलिक, आर्थिक, मानसिक रुपले सबै शिक्षक समयानुकूल अपडेट रहन सकिरहेका छैनन् । शिक्षक अपडेट छैनन् भन्दैमा विद्यार्थी लाई सिकाईबाट बन्चित राख्न मिल्दैन ।
अहिले यो कोभिड १९ को कारण भइ रहेको लकडाउनमा अनलाइन कक्षा संचालको कुरा पनि निकै गर्मी बहसमा आएको थियो । खै, त्यो कसरी सम्भव हुने कुरा होला र ? चाहेको बेला फोन नलाग्ने ठाउँमा छन् कतिपय विद्यार्थी भाइबहिनीहरु । फोन लागिहाले पनि बारीको डिल खोज्दै, अग्लो डाँडा खोज्दै हिँड्नु पर्ने तीतो यथार्थ छ हाम्रो । बदलिँदो प्रविधिमा अपडेट नभएका शिक्षक–शिक्षिकाहरुबाट अब कस्तो प्राविधिक शिक्षाको आशा गर्ने ?


विश्वका धेरै देशहरुमा प्राविधिक शिक्षा एकदमै तेजिलो भएर अगाडि बढेको छ । हाम्रो देशमा पनि त्यस्तै प्राविधिक शिक्षाको अनुशरण गर्नुपर्ने त हो तर हामी प्रविधिमा कस्तो र कुन कारण पछि छौं त्यो पनि त ख्याल गर्नु पर्ला ? अर्काले घोडा चढेको देखेर आफू धुरी चढ्ने नक्कल गर्न खोज्नु कतिसम्मको मुर्खता हो ।
कमाइ ठूलो हो कि उपलब्धी ? हामी कतै कम्प्युटरलाई किताबमा अटाउन खोजिरहेका त छैनौं ? किताबलाई कम्प्युटरमा अटाउनु पर्ने हो तर हामी कम्प्युटरलाई किताबमा अटाउन खोजिरहेका छौं । मुठीभरका विद्यार्थी र शिक्षकका पहुँचमा मात्र रहेको प्रविधिमैत्री शिक्षा देशभरका विद्यालयमा यस्तै हालतमा पुर्याउन खोज्नु कति जायज हो ? समयले विष्लेशण गर्ला ।

यही प्राविधिले विश्वलाई आज मान्छेको हातमा अटाएको छ । संसारका हरेक कुरा नजिक बनाएको छ । काम छिटो छरितो बनाएको छ । हर कुराको जानकारी लिन दिन सजिलो भएको छ । नजिकलाई टाढा बनाएको छ टाढालाई नजिक बनाएको छ ।


यही प्राविधिले विश्वलाई आज मान्छेको हातमा अटाएको छ । संसारका हरेक कुरा नजिक बनाएको छ । काम छिटो छरितो बनाएको छ । हर कुराको जानकारी लिन दिन सजिलो भएको छ । नजिकलाई टाढा बनाएको छ टाढालाई नजिक बनाएको छ ।
प्राविधिलाई समुचित प्रयोग र बुझ्न अनि सिक्न सक्दा संसारमा समायोजन हुन त्यत्ति गार्हो नपर्ला । हामी भने सानो सानो कुराको निहँुमा घर भित्रै अल्झेर कुवालाई नै वृहद् संसार सम्झिरहेका छौं । प्राविधिको विकासका चुनौतिलाई सामना गर्न सके देशमा दक्ष जनशक्ति बढ्ने थियो । विकासको गतिमा तिव्रता आउने थियो ।

जति मुखले बोल्न सजिलो छ, त्यत्ति व्यवहारमा ल्याउन सजिलो छैन । त्यसैले बुझेर आवश्यक मात्रामा प्रयोग गर्न सिकौं र सिकाऔैं ।
(लेखिका लामिछाने, सिन्धुली जिल्लाको एक माध्यमिक विद्यालयकी शिक्षिका हुन्)

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

सामुदायिक वनका पदाधिकारी नै तस्करीमा संलग्न छन् (अडियोसहित)

Next Post

एकान्तबास की शिक्षा

Next Post
एकान्तबास की शिक्षा

एकान्तबास की शिक्षा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.