Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

के थाहा आज नर्सलाई हेप्ने तपाईकी छोरी पनि भोलिको दिनमा नर्स नै पो बन्छिन् कि ?

जनता भ्वाइस by जनता भ्वाइस
June 1, 2020
in विचार
0
के थाहा आज नर्सलाई हेप्ने तपाईकी छोरी पनि भोलिको दिनमा नर्स नै पो बन्छिन् कि ?
0
SHARES
59
VIEWS
Share on FacebookShare on Twitter

कारोना भाइरस (कोभिड १९) का कारण विश्व कोरोना सँग लडिरहेको छ । कहिले जितुँला जितुँला जस्तो गर्छ भने कहिले हारुँला हारुँला जस्तो गर्छ । आशा गरौं, यो युद्ध हाम्रो देशले जितेरै छाड्नेछ । अहिलेको यो विषम् परिस्थितिमा सबै नेपालीहरु आफ्नै घरमा पूर्ण सुरक्षित रुपको एकान्तवास (लकडाउन) मा छन् । घरबाहिर ननिस्केदेखि कोरोना भाइरसको हितैसी नबन्ने कुरा सबैले बुझिसकेका छन् । तर आफूले चाहेर पनि घर भित्र बस्न नमिल्ने एक पेशा वा बाध्यताको सवाल उठाउन खोजेकी छु मैले यस आलेख मार्फत ।


‘नर्स’ विश्व परिवेशमा सम्मानित शब्द, नेपालमा अल्लि हेपिएको शब्द । नढाँटी भन्ने हो भने नर्स पेशा र नर्स व्यक्ति फरक अर्थ राख्ने पाटा हुन् । कुनै एक नर्ससँग कसैको संवाद बिग्रियो भने सिङ्गो नर्स पेशा प्रति औंलो उठाउन पाइँदैन । सबैलाई चेतना भया । आज हामी कोरोनाको यो प्रतिकूल मौसममा छौँ । सबै जनाले सोच्नुस् यो बेला देशमा एकजना पनि नर्स नभएको भए के हालत हुन्थ्यो । हुन त मैले मात्रै यो विषयमा बोलिरहनु पनि आवश्यक छैन किनकी विश्वलाई नै नर्स पेशा र यसको मानवीय धर्मको विषयमा आफ्नो अतुलनीय कार्य मार्फत फ्लोरेन्स नाइटिङ्गेलले प्रष्ट पारिसकेकी छिन् । आज पनि सम्पन्न मुलुकमा नर्सलाई भगवानकै एक अवतारका रुपमा लिइन्छ तर हाम्रो देशमा भने थोरै इज्जत भएपनि अलि धेरै घृणा हुने गरेको छ । आखिर किन त ?


‘छोरी बिग्रे नर्स’ यो अविकसित हाम्रो समाजमा प्रस्तुत भनाई चर्चित छ । थुइक्क ! मेरो समाज, जो रातदिन नखाई, नसुती, थकान नमानी बिरामीको हेरविचारमा खट्छ अझ उहीमाथि लाञ्छना ? हुन त हाम्रो समाज नै बैगुनी छ । यहाँ राम्रो काम गर्नेहरुलाई सम्मान गरिँदैन । हामी सबैलाई अवगत नै छ, विश्वमा कोरोनाको उपचारमा खट्ने धेरै नर्सहरुले ज्यान गुमाइसके । यस्तो आपतकालीन अवस्थामा पनि आफ्नो ज्यान परवाह नराखी रात दिन बिरामीको सेवामा खट्ने एउटा महान् सेवाको सिङ्गो परिचयको उदारहण हो नर्स शब्द । नर्सलाई विभिन्न अभियोग पनि लगाउने गरिएको पाइन्छ, जस्तो कि नर्स छुच्ची हुन्छन् । कुनै एक जना त्यस्ता हुनसक्लान, एक जनामा भएको सामान्य बैगुन के सबै नर्समा हुन्छ भन्ने छ ? जस्तोसुकै समस्या आए पनि सबै समस्यालाई छातीको पल्लो भागमा राखेर हाँसी हाँसी सेवा गर्ने चाहिँ नर्स हैनन् । अझ विभिन्नखाले बिरामीको असह्य भनाइलाई पनि एउटा महान् वाणी सम्झेर मुसुक्क मुस्कुराउनु पर्ने बाध्यकारी महान् नारी पनि त नर्स नै होला नि हैन र ?

छिमेकमा कसैले उपचार नपाएर मर्न नपरोस् भनेर नर्स पढ्यो । अनि यही काकाकुल समाज त्यही नर्सको पुरै खट्टा तान्न अग्रसर हुन्छ । यही हो “गुनले गुनलाई खान्छ तँलाई म खान्छु” भनेको ।


संसारका सबै मानिस चाहन्छन् आफूलाई रोग नगालोस् । कति महान् बिचार छ विवेकशील मान्छेसँग । सबैलाई थाहा छ, रोग लाग्यो भने दुःख पाइन्छ । त्यसैले धेरै मानिसहरु रोग नलागोस् भनेर सकेसम्म सावधानी अपनाउने गर्छन् । तर ठीक उल्टो सबै नर्सलाई थाहा छ, हामी हाम्रो पेशाकै कारण धेरै छिटो जिन्दगीको उत्तरार्धमा पुग्छौ । कारण, संक्रमितसँगको सिधा सम्पर्क, अनियमित खानपिन, आवश्यक आरामको कमी, प्रायः उभिरहनु पर्नै भएकाले खुट्टाको हड्डीमा समस्या । अब जो व्यक्तिलाई नर्स पेशासँग वितृष्णा छ, उहाँहरुले उत्तर दिनुस् । के कमजोरी छ बिचरा ! ऊ त्यो नर्समा ? बाबाको जग्गा धितो राखेर समाज सेवा गर्छु । छिमेकमा कसैले उपचार नपाएर मर्न नपरोस् भनेर नर्स पढ्यो । अनि यही काकाकुल समाज त्यही नर्सको पुरै खट्टा तान्न अग्रसर हुन्छ । यही हो “गुनले गुनलाई खान्छ तँलाई म खान्छु” भनेको ।

लाग्छ, अब त सरकार, समाजलाई प्राचिन सोच भएका सबैलाई धेरै पावर भएको चस्मा लगाइदिउँ ? जुन चस्माले नर्सलाई जीवित देवीको रुपमा ठम्याउन सकोस् ।


‘मानिस’, बस् शब्द एउटै छ । तर यसको परिभाषा धेरै लामो छ । उभिनु, हिँड्नु, खानु, रमाउनुले मात्र मानिस शब्दको परिभाषालाई विश्लेषण गर्न मिल्दैन । मानिस जो सफल जिन्दगी बिताउन चाहन्छ, ऊ कि त दाम कि त सम्मान चाहन्छ । अब फेरि फर्कौँ आज मैले उठान गरिरहेको पेशामा ।
नर्ससँग के छ त आज, दाम ? वा सम्मान ? यस्तो पनि जिन्दगी हुन्छ । आफूले गरेको पेशा प्रति सबैलाई सम्मान हुन्छ तर नर्सहरु मात्रै यस्तो जिन्दगी जिउँछन्, जो आफ्नो पेशाबाट हेपिएका हुन्छन् । अब कमाइको अर्थात् पारिश्रमिकको हिसाबले पनि नर्सहरु ठगिएका छन् । बोल्न कन्जुस्याई नगर्ने हो भने नर्सको श्रम शोषण गरिएको छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको नर्सको पारिश्रमिकलाई हाम्रो सरकार देख्दैन । लाग्छ, अब त सरकार, समाजलाई प्राचिन सोच भएका सबैलाई धेरै पावर भएको चस्मा लगाइदिउँ ? जुन चस्माले नर्सलाई जीवित देवीको रुपमा ठम्याउन सकोस् ।

यो सत्यतालाई कसैले कुल्चनु हुँदैन । नर्स पेशालाई सबैले सलाम र स्यलुट गर्न सिकौ, यो नै सकारात्मक मार्ग हुनेछ । के थाहा आज नर्सलाई हेप्ने तपाईकी छोरी पनि भोलिको दिनमा नर्स नै पो बन्छिन कि ?


बिट् मार्दा मार्दै । भनिन्छ नि, पृथ्वी गोलो छ । पालो सबैको आउँछ । आफ्नो कर्तव्यबाट पछि नहट्नेहरुको एक दिन अवश्य जीत हुन्छ । मलाई पनि पूर्ण विश्वास छ, यो कुलीन भनाउँदो समाजले पनि एक दिन ‘नर्स ’ भन्ने शब्दलाई माथिल्लो लेभलको इज्जत गर्नेछ । हुन त आज पनि समाजमा विस्तारै नर्स प्रतिको सकारात्मक हेराई नभएको त हैन । जति हुनुपथ्र्यो, त्यति चाहिँ नभएको पक्का हो । धेरै बुबा आमा आफ्नी छोरी नर्स भएकोमा गर्व पनि गरिरहनु भएको छ । नर्सकै कारण धेरै मानिसहरुले पुनर्जन्म पाएका छ । यो सत्यतालाई कसैले कुल्चनु हुँदैन । नर्स पेशालाई सबैले सलाम र स्यलुट गर्न सिकौ, यो नै सकारात्मक मार्ग हुनेछ । के थाहा आज नर्सलाई हेप्ने तपाईकी छोरी पनि भोलिको दिनमा नर्स नै पो बन्छिन कि ?

लेखक , नेपाली सेना स्वास्थ बिज्ञान संस्थान नर्सिङ महाविद्यालय
बि एस्सि नर्सिङ दोस्रो बर्षमा अध्ययनरत हुनुहुन्छ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

असार १ गतेबाट पठनपाठन सुरु गर्नु-शिक्षा मन्त्रालय(विज्ञप्तिसहित)

Next Post

क्वारेन्टिनमा बस्नेहरु बगैचा निर्माणमा व्यस्त

Next Post
क्वारेन्टिनमा बस्नेहरु बगैचा निर्माणमा व्यस्त

क्वारेन्टिनमा बस्नेहरु बगैचा निर्माणमा व्यस्त

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.