Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विद्यार्थी राजनीति किन ?

जनता भ्वाइस by जनता भ्वाइस
June 6, 2020
in विचार
0
विद्यार्थी राजनीति किन  ?
0
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

शिक्षा हाम्रो जीवनको अभिन्न अंग हो । शिक्षाको मुख्य काम भनेको देशका नागरिकहरुलाई शिक्षित बनाउनु हो। अन्याय, अत्याचार, सामन्ति पुँजीवादी कुरीति र कुसंस्कारका विरुद्धको संघर्षलाई सचेत ढंगले अगाडि बढाउन, शोषणलाई अन्त्य गर्न मानवीय जीवनमा औपचारिक रूपमा होस् या अनौपचारिक रुपमा होस् शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ। ‘जसको शक्ति उसको भक्ति’ गर्ने चलनले हुँदा खाने र हुने खानेहरूको बीचमा शिक्षा प्राप्त गर्ने सवालमा गहिरो खाडल रहेको छ ।

समाजलाई रुपान्तरण, अन्याय, अत्याचार, शोषण, दमन, कुसंस्कार तथा कुरीति, सिंगो मानव जगतलाई मुक्ति गर्नको लागि आधारभूत रुपमा चाहिने भनेको शिक्षा नै हो। तसर्थ शिक्षा राजनीतिसँग जोडिनु पर्दछ। वास्तवमा भन्ने हो भने शिक्षा र राजनीति एक सिक्काको दुई पाटा जस्तै हुन् । यसको बीचको सम्बन्ध र अन्तरनिर्भरता अन्योन्यश्रित रहेको हुन्छ । हाम्रो समाजमा अझै पनि युवा विद्यार्थीहरुले राजनीति गर्नु हुँदैन भन्ने परम्परावादी सामन्ती चिन्तन रहेको छ । तर साँच्चिकै वास्तविकता के हो भने राजनीति युवा विद्यार्थीहरुले नै गर्नु पर्दछ । किनकी विद्यार्थी भनेका भविष्यका कर्णधार हुन् भने समाज रुपान्तरणका वाहक र संचालक शक्ति भनेका युवा विद्यार्थी नै हुन् । शिक्षामा स्वतन्त्रता, आधुनिकता र व्यवहारिक जस्ता कुरा केवल एउटा कागजको पानामा मात्रै सीमित छन् । यही शिक्षा प्रणाली, दक्ष र जनशक्तिको निर्मान गर्नु पर्ने शिक्षा क्षेत्र उत्पादन प्रणालीसँग असम्बन्धित् हुँदा सामन्ती संरचनामा आधारित यो बुर्जुवा शिक्षाबाट दक्ष जनशक्ति युवाहरु वैदेशिक रोजगारीमा खाँडी मुलुकमा विदेशीन बाध्य भएका छन् र काठको बाकसमा फर्किने गरेका छन् ।

२१ औँ शताब्दीमा पनि १७/१८ औँ शताब्दीको लेखा काल्पनिक घटनाहरुको मिश्रित् पाठ्यक्रमलाई समावेश गरेर छापिएका उत्पादन प्रणालीसँग असम्बन्धित् वर्तमान शिक्षा प्राप्त गरेर सर्टिफिकेट पाउनु बाहेक अर्को केही उपलब्धि छैन। यसको मुख्य जड वर्तमान शिक्षा सामन्ती संरचनामा सीमित हुनु र राजनीतिसँग असम्बन्धित रहनु हो । त्यस कारण विद्यार्थी जीवनलाई समाज रुपान्तरणको लागि धारिलो हतियार बनाउँदै, विद्धमान सामन्ती संरचना भित्रको बुर्जुवा शिक्षालाई नष्ट गर्दै,  मानिसको दैनिक जीवन पद्दतिसँग मिल्ने व्यवहारिक र प्रयोगात्मक शिक्षा प्रणाली वर्तमानको अनिवार्य आवश्यकता हो ।

अन्याय, अत्याचार, शोषण, दमन, कुसंस्कार र कुरीतिलाई चिर्दै सभ्य समाजको निर्माण गर्ने कार्य वास्तवमा हामी युवा विद्यार्थीहरुले नै गर्नु पर्दछ । समाज परिवर्तन गर्ने तागत र क्षमता युवाहरुसँगै भएकोले समाजमा युवा विद्यार्थीहरुले राजनीति लाग्नु हुँदैन भन्ने सोच र भम्रलाई बदल्ने हो भने युवा विद्यार्थीहरुलाई राजनीतिक परीक्षण र अध्ययन अनिवार्य हुन्छ । युवा विद्यार्थीहरुले राजनैतिक चेतनाले प्रबुद्द भएर अनुशासित रूपमा राजनैतिक संघर्षमा भाग लिनु, प्रगतिशील आन्दोलनलाई उचाईमा पुर्याउन, गलत चिजको भण्डाफोर गर्नु, साम्यवादी समाजको स्थापनाको लागि संघर्ष गर्नु, सामान्तवादी शोषणको जालोलाई उखेलेर मिल्काउनु हामी युवा विद्यार्थीहरूको अनिवार्य कार्य हो ।

२१ औँ शताब्दीमा पनि १७/१८ औँ शताब्दीको लेखा काल्पनिक घटनाहरुको मिश्रित् पाठ्यक्रमलाई समावेश गरेर छापिएका उत्पादन प्रणालीसँग असम्बन्धित् वर्तमान शिक्षा प्राप्त गरेर सर्टिफिकेट पाउनु बाहेक अर्को केही उपलब्धि छैन।

विद्यार्थी जीवनमा औपचारिक रूपमा विद्यालयहरूमा गएर सिक्नु मात्र प्रयाप्त नभई मानिसले सबै भन्दा बढी ज्ञान आफ्नो जीवनको अनुभवबाट सिकेको हुन्छ । औपचारिक होस् या अनौपचारिक शिक्षा आर्जन गरे पनि विद्यार्थी जीवनमा राजनीतिक संघर्षमा भाग लिन सकिएन भने त्यो जीवन अधुरो, अपुरो रहनेमा कुनै शंका रहन्न । यसरी राजनीति र शिक्षा एक अर्कासँग जोडिएका सवालहरू हुन् । समाजमा घट्ने घटनाहरु के कसरी घट्दछन्, समाज रुपान्तरणको बाटो के हो, वर्तमान सामन्ती समाजको अन्त्य के कसरी हुन्छ, मानव समाजको सबै भन्दा उत्तम शसन, व्यवस्था साम्यवादी समाजमा हुने अन्याय, अत्याचार, शोषण, दमनलाई अन्त्य गर्नको लागि हाम्रो भूमिका के हुन्छ त्यस प्रकारको ज्ञानको लागि हामीले अनिवार्य रुपमा प्रगतिशील साहित्य तथा विचारको अध्ययन गर्न अनिवार्य छ ।

तर वास्तवमा राजनीति नै सबै समस्या समाधानको एक मात्र विकल्प हो र राजनैतिक समाधानको बिना अरू कुनै पनि समस्याको समाधान हुन सक्दैन ।

अहिलेका सचेत युवा विद्यार्थीहरु समस्याहरु प्रति आँखा चिम्लेर बस्नु कदापि पनि सहि हुने छैन । त्यसकारण सबै प्रकारका समस्याहरुको समाधानको लागि सबै भन्दा पहिले युवा विद्यार्थीहरु नै राजनीतिको नशाले मात्तिनु पर्छ । समाजमा देखिन्ने विभिन्न प्रकारका व्यक्तिगत स्वार्थहरुलाई सामाजिक स्वार्थमा रुपान्तरण गर्नु पनि युवा विद्यार्थीहरुको एतिहासिक कार्यभार हो । राजनीतिबाट भाग्न खोज्ने, राजनीतिलाई घृणा गर्ने चलन पनि विद्यार्थीहरूमा रहेको छ । विद्यार्थीहरूसँग राजनीतिक चेतनाको अभाव भएकोले नै उनीहरूले त्यस प्रकारको विचारहरू गर्ने गर्दछन् । तर वास्तवमा राजनीति नै सबै समस्या समाधानको एक मात्र विकल्प हो र राजनैतिक समाधानको बिना अरू कुनै पनि समस्याको समाधान हुन सक्दैन ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

यो मालिक गणतन्त्र

Next Post

कोरोना संक्रमणबाट नेपालमा १२ औं ब्यक्तिको मृत्यु

Next Post

कोरोना संक्रमणबाट नेपालमा १२ औं ब्यक्तिको मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.