सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा यथोचित सुधार आउन सकेको छैन। पछिल्लो समयमा केही सामुदायिक विद्यालयहरु गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएका छन्। तर समग्र राष्ट्रको कुरा गर्ने हो भने सरकारको शिक्षामा लगानी बालुवामा पानी भने झै भएको छ।यस्तो परिस्थितिलाई नजर अन्दाज गरेर सम्पूर्ण दोष सामुदायिक विद्यालयका शिक्षकहरू माथि थोपर्ने गर्दै आएको पाइन्छ ।
विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्न सरकारी र गैर सरकारी क्षेत्र समेतबाट विभिन्न प्रयासहरु हुँदै आएको छ। तथापि अपेक्षित उपलब्धि आउन सकेको छैन । यसको लागि सामुदायिक विद्यालयका शिक्षकहरूको मात्र दोष देख्नु उचित हुदैन। किनकि विद्यालय तिन तत्वहरु मिलि बनेको हुन्छ।यसमा अभिभावक, शिक्षक र विद्यार्थीहरु पर्दछन्। सचेत अभिभावक , दक्ष शिक्षक र अनुशासित विद्यार्थी भएमा शैक्षिक गुणस्तर आकाशको फल बन्दैन ।शैक्षिक गुणस्तरको कुरा गर्दा विद्यालयसँग सम्बन्धित तीन ओटै पक्षहरुको मूल्याङ्कन गरिनु पर्दछ। विद्यालय समाजको ऐना हो भनिन्छ । विद्यालयको भौतिक अवस्था ,शिक्षक ब्यवस्थापन र कक्षाकोठाका बालबालिकाहरुको शारीरिक अवस्था,पोशाकका साथै उनीहरूसँग भएको न्यूनतम शैक्षिक सामग्रीको उपलब्धताको अवलोकनले विद्यालय सेवा क्षेत्रको वास्तविक चित्रण गर्दछ। हाम्रो सामाजिक बनौटमा एकरुपता छैन।
संविधानले सवैखाले विभेदबाट मुक्त समाजको परिकल्पना गरे पनि आर्थिक अवस्था र शैक्षिकस्तरलाई विभेदमुक्त पार्ने कुरा सुदूर भविष्यको गर्वमा अवस्थित छ। गरिखाने वर्गका मान्छेहरूको साक्षरता दर न्यून रहेको पाइन्छ। पछिल्लो तथ्याङ्क अनुसार नेपालमा निरपेक्ष गरिवीको रेखा मुनी रहेको जनसङ्ख्या १८.७०प्रतिशत छ। सुदूर पश्चिम प्रदेशमा सवैभन्दा उच्च ३३.९०प्रतिशत र कर्णाली प्रदेशमा २८.९०प्रतिशत जनसंख्या निरपेक्ष गरिवीको रेखा मुनि रहेका छन्। त्यसैगरी बहु आयामिक गरिवीमा रहेका जनसंख्या २८.६० प्रतिशत छ। यो सङ्ख्या कर्णाली प्रदेशमा सबैभन्दा उच्च ५१.२० प्रतिशत र प्रदेश २ मा ४७.९० प्रतिशत रहेको छ ( कँडेल,०१९) । यो अवस्था रहनुको मुख्य कारणहरुमा कमजोर शैक्षिक अवस्था र परिवारको आकार ठूलो हुनु हो।
माथिको तथ्यलाई ह्रृदयङ्गम गर्दा सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरूको ठूलो संख्या गरिवीको रेखा मुनि रहेका गरिखाने वर्गका परिवारबाट आएका छन्। राम्रो आम्दानीको श्रोत भएका उच्च तथा मध्यम वर्गका शिक्षित अभिभावकहरुको रोजाइमा संस्थागत विद्यालयहरु पर्दछन्। यसरी गरिबी ,अशिक्षित र न्यून आय श्रोत भएका पारिवारिक पृष्ठभूमिका बालबालिकाहरु नै सामुदायिक विद्यालयमा भर्ना हुने गर्दछन्। शिक्षामा समान अवसरको नीतिले मूर्त रुप लिईसकेको छ। एकाध विद्यालय अपवादमा हुन सक्ला तर सवै विद्यालयहरुमा लैङ्गिक, आर्थिक,जातीय र धार्मिक विभेदको अन्त्य भएको पाइन्छ। भर्ना अभियानमा खोजि खोजि बालबालिकाहरुलाई विद्यालयमा भर्ना गरिन्छ। सवै बालबालिकाहरु मिलेर पढ्छन् , मिलेर खेल्छन् ,मिलेर खाजा खान्छन्। उनीहरुका विचमा कुनै किसिमको विभेदको आभाष पाइदैन। विद्यालयहरु बालमैत्रिपूर्ण वातावरणमा रुपान्तरित हुने क्रम बढ्दो छ।
त्यसैगरी मध्यान्हमा विदा मागेर घरको काममा जाने विद्यार्थी पनि नियमित हुने गर्दछन्। छुट्टी माग्दा नदिएमा उनीहरु भागेर जाने गर्दछन्। यस्ता विद्यार्थीहरु प्राय पढाइमा रुचि भएका तर घरायसी समस्यामा परेका हुन्छन्। कक्षामा एक तिहाइभन्दा बढि बालबालिकाहरुसँग न्यूनतम शैक्षिक सामग्री पनि हुँदैन।
यसरी शिक्षामा समान अवसर वा समानताको वातावरण तयार भएर भर्ना दर उच्च हुँदै जाँदा शैक्षिक गुणस्तर भने बढ्न सकिरहेको छैन। उदार कक्षोन्नतिका कारण विद्यमान सिकाइ उपलब्धी पनि विश्वासनीय मान्न सकिन्न। विद्यालय भर्ना भएका बालबालिकाहरु नियमित विद्यालयमा उपस्थित हुदैनन्। कक्षामा भर्ना भएका विद्यार्थीमध्ये औसतमा दैनिक उपस्थित हुनेको सङ्ख्या ५०/६० प्रतिशत हुने गर्दछ। हाजिर भएर पहिलो घण्टीमा विदा मागेर घरको काममा जाने विद्यार्थी पनि दैनिकजसो हुने गर्दछन्। त्यसैगरी मध्यान्हमा विदा मागेर घरको काममा जाने विद्यार्थी पनि नियमित हुने गर्दछन्। छुट्टी माग्दा नदिएमा उनीहरु भागेर जाने गर्दछन्। यस्ता विद्यार्थीहरु प्राय पढाइमा रुचि भएका तर घरायसी समस्यामा परेका हुन्छन्। कक्षामा एक तिहाइभन्दा बढि बालबालिकाहरुसँग न्यूनतम शैक्षिक सामग्री पनि हुँदैन। ठूला कक्षाका विद्यार्थीहरु घरको कामले गृहकार्य गर्न पाउदैनन् भने साना कक्षाका विद्यार्थीहरुलाई घरमा सिकाउने मान्छे नभएर गृहकार्य गर्दैनन्। यस्ता बालबालिकाहरु अशिक्षित र गरिव परिवारबाट आएका हुन्छन्। यो समुदाय विद्यालयमा हाजिर भए पछि पुग्छ भन्ने मान्यता राख्दछ। उनीहरुसँग निशुल्क पाठ्यपुस्तक बाहेक एउटा कापी र कलम पनि सँधै हुदैन। मुश्किलले किनेको एक जोर पोशाक धुएर सुकेन भने विद्यालय नआउने अवस्था सृजना हुन्छ।
केही अभिभावकहरु आफ्ना नानीहरुको पढाइ बुझ्न आफै कहिलेकाहि विद्यालय आउन गर्दछन्। केही अभिभावक विद्यालयले बोलाउदा आउने गर्दछन् भने केही अभिभावकलाई विद्यालयप्रति कुनै चासो नै हुदैन।
कक्षामा थोरै विद्यार्थीसँग मात्र राम्रो पोशाक , जुत्ता, झोला, आवश्यक मात्रामा कापी,कलम, पेन्सिल, औजार बक्स, क्याल्कुलेटर, डिक्सनरी, प्राक्टिस बुक हुने गर्दछ। यस्ता विद्यार्थीको सङ्ख्या एक चौथाइ भन्दा बढि हुदैन । यसरी सामुदायिक विद्यालयमा तीन किसिमका विद्यार्थी पढ्छन्। एकथरी फुर्सदमा विद्यालय जाने, एकथरी हप्तामा ३दिन विद्यालय जाने र नियमित विद्यालय जाने।अभिभावकहरुको अवस्था हेर्ने हो भने पनि त्यहि अवस्था देखिन्छ। केही अभिभावकहरु आफ्ना नानीहरुको पढाइ बुझ्न आफै कहिलेकाहि विद्यालय आउन गर्दछन्। केही अभिभावक विद्यालयले बोलाउदा आउने गर्दछन् भने केही अभिभावकलाई विद्यालयप्रति कुनै चासो नै हुदैन। संस्थागत विद्यालयमा पढ्ने बालबालिकासंग सवैमा आवस्यक शैक्षिक सामग्री , झोला , खाजा , पोशाक आदिमा समता पाइन्छ। सबैले गृहकार्य गरेका हुन्छन्। साना बालबालिकालाई अभिभावकहरु पुर्याउन र लिन जाने गर्दछन्। विद्यालय भित्र सवै समान पारिवारिक पृष्ठभूमिका जस्तै देखिन्छन्। सवैमा समभाव झल्किन्छ। सामुदायिक विद्यालयमा प्रवेशमा समानता भए पनि विद्यार्थी विचमा समताको अभाव छ। शैक्षिक प्रकृयामा सहभागितामा विसमता छ। जसले गर्दा शैक्षिक गुणस्तर चाहेर पनि उठ्न सकिरहेको छैन। हाम्रो जस्तो आर्थिक अवस्थामा असमानता समाजमा शिक्षामा समताको नीति अपनाए मात्र गुणस्तरिय शिक्षाको परिकल्पनाले साकार रुप लिन सक्छ।
हाम्रो जस्तो आर्थिक अवस्थामा असमानता समाजमा शिक्षामा समताको नीति अपनाए मात्र गुणस्तरिय शिक्षाको परिकल्पनाले साकार रुप लिन सक्छ।





